काठमाडौं- इन्टर्न चिकित्सकको निर्वाह भत्ता लगायतका माग राखेर अनशनरत डिल्ली हरिजन र सरकारबीच सहमति भएको छ। सहमतिसँगै उनले ५ दिनदेखिको अनसन तोडेका छन्।
सरकार र हरिजनबीच तीन बुँदे सहमति भएको छ। सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव जयराम अधिकारी नेतृत्वको वार्ता टोली र हरिजन पक्षबीच सहमति भएको हो।
सहमतिअनुसार एमबीबीएस, बीडीएसलगायत एकवर्षे इन्टर्नसिपमा स्वास्थ्य सेवाको आठौँ तहको प्रारम्भिक तलबमानको ५० प्रतिशत बराबर निर्वाह भत्ता उपलब्ध गराउने विषयमा चिकित्सा शिक्षा आयोगको बैठकमा पेस गरिनेछ। यस्तै अन्य मागहरुका विषयमा आयोगले काम अगाडि बढाइरहेको सम्बोधन हुने र अनसन अन्त्य गर्ने सहमति भएको छ।
हरिजन गत साउनमा पनि अनशन बसेका थिए। सरकारले माग सम्बोधन गर्ने भन्दै साउन २२ गते उनीसँग सम्झौता गरेको थियो।