काठमाडौं - महिला चिकित्सकहरूलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले एक विशेष वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। नेपाल चिकित्सक संघ र कामना सेवा विकास बैंक लिमिटेडको सहकार्यमा आयोजित यस कार्यक्रमको सहजीकरण चार्टर्ड एकाउन्टेन्ट अनुपमा संग्रौलाले गरेकी थिइन्।
कार्यक्रममा महिला डाक्टरहरूलाई वित्तीय ज्ञान, आर्थिक आत्मबल र भविष्यमा सही वित्तीय निर्णय लिन आवश्यक पर्ने व्यावहारिक सीपहरूको बारेमा विस्तृत जानकारी गराइएको थियो। व्यस्त पेशागत जीवनका साथै व्यक्तिगत र पारिवारिक आर्थिक व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित रहेको आयोजकले जनाएको छ।
चिकित्सा क्षेत्रमा क्रियाशील महिलाहरूको व्यक्तिगत तथा व्यावसायिक आर्थिक सबलीकरणतर्फ यो कार्यक्रम एक अर्थपूर्ण र महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ।
-1791470121.jpeg)
-1791470120.jpeg)
-1791470120.jpeg)