काठमाडौं- बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेसको आठौँ संस्करण जनकपुरमा सम्पन्न भएको छ। अक्टोबर २ र ३ मा आयोजित कग्रेसमा आठ देश तथा तीन महादेशबाट प्राप्त ५५ वटा अनुसन्धानका एब्स्ट्र्याक्टमध्ये ४९ वटा प्रस्तुति भएका थिए।
कंग्रेसमा १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत गरिएका थिए। छनोट भएका अनुसन्धानमध्ये ४४ वटा पोस्टर र पाँच वटा ओरल प्रस्तुतिका लागि थिए। स्तन क्यान्सरसम्बन्धी अनुसन्धान सबैभन्दा बढी रहेको र करिब २० प्रतिशत एब्स्ट्र्याक्ट यसै विषयमा केन्द्रित रहेको सम्मेलनका कन्फ्रेन्स डाइरेक्टर डा. विनय शाहले बताए। टाउको तथा घाँटीको क्यान्सरसम्बन्धी अनुसन्धान करिब ११ प्रतिशत थिए।
दुई दिनसम्म चलेको कांग्रेसमा क्यान्सरको प्रारम्भिक पहिचान, उपचार, बाल क्यान्सर, महिला क्यान्सर, रक्त क्यान्सर, पाचन प्रणाली, मूत्र तथा प्रजनन प्रणाली, टाउको तथा घाँटी र फोक्सोको क्यान्सरलगायत विषयमा केसमा आधारित छलफल र ट्युमर बोर्ड शैलीमा प्रस्तुति भएका थिए।
कंग्रेसमा महिला क्यान्सरअन्तर्गत स्तन, डिम्बाशय, पाठेघरको मुख र पाठेघरको क्यान्सरबारे विशेषज्ञहरूले प्रस्तुति दिएका थिए। त्यस्तै, पाचन प्रणाली तथा मूत्र र प्रजनन प्रणालीका क्यान्सरमा पनि ट्युमर बोर्ड शैलीको छलफल गरिएको थियो।
कंग्रेसको विशेष सत्रका रूपमा ‘मिडिया म्याटर्स : हेल्थ, ट्रुथ एन्ड पोलिसी’ शीर्षकमा स्वास्थ्य पत्रकारितामाथि संवाद गरिएको थियो। स्वास्थ्य सूचना प्रवाह, तथ्य र भ्रम, स्वास्थ्य पत्रकारिताको भूमिका तथा स्वास्थ्य नीति र सञ्चारमाध्यमबीचको सम्बन्धबारे पत्रकार तथा स्वास्थ्य क्षेत्रका प्रतिनिधिबीच छलफल भएको थियो।
-1791532100.JPG)
-1791532098.JPG)


-1791532097.JPG)
-1791532097.JPG)
-1791532098.JPG)
कंग्रेसमा नेपालसहित भारतलगायत विभिन्न देशका अनुसन्धानकर्ताले आफ्ना अनुसन्धान प्रस्तुत गरेका थिए। क्यान्सर उपचारमा पहुँच विस्तार, नयाँ अनुसन्धानका निष्कर्ष र उपचारका पछिल्ला अभ्यासबारे अनुभव आदानप्रदान गर्दै कांग्रेस सम्पन्न भएको आयोजकले जनाएको छ।