मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमै उत्कृष्ट
१३६ पालिका रहेको मधेशमा शीर्ष पाँचमा सर्लाही जिल्लाको पालिका परेको छ । लालबन्दी नगरपालिकाले उत्कृष्ट स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरेर प्रथम स्थान प्राप्त गरेको छ । लालबन्दी नगरपालिकाले ९९.०३ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको हो । दोश्रो हरिपुर नगरपालिका, तेश्रो विष्णुपुर गाउँपालिका, चौथो हरिवन नगरपालिका र पाँचौ बसबरिया गाउँपालिका भएको छ । स्वास्थ्य कार्यालयतर्फ पर्सा जिल्ला प्रथम, सर्लाही जिल्ला द्वितीय र महोत्तरी जिल्ला तृतीय स्थान प्राप्त गरेका छन् ।
सोमबार, मंसिर ८, २०८२
जेनेरिक नाममा मात्र औषधि सिफारिस गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशन
प्रतिष्ठानले एक सूचना जारी गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा चिकित्सकहरुले औषधि सिफारिस गर्दा जेनेरिक नाममा मात्र सिफारिस गर्न निर्देशन दिएको हो।
सोमबार, मंसिर ८, २०८२
एन्टिमाइक्रोबियल रेसिस्टेन्स किन भयावह बन्दै गएको छ?
एन्टिमाइक्रोबियल रेसिस्टेन्स बढ्दै जाँदा एन्टिबायोटिकको प्रभाव घट्दै जान्छ, जसले गर्दा पछि-पछिका कडा औषधिहरू छान्नुपर्ने हुन्छ। यस्तो औषधि प्रयोग गर्दा साइड इफेक्ट पनि बढी हुन्छ, उपचार असफल हुन सक्छ, प्रतिरोधी जीवाणु अझ फैलिन सक्छ, उपचार खर्च बढ्छ, विकल्प सीमित हुन्छ, संक्रमण दीर्घकालीन बन्छ, र मृत्युको जोखिम समेत बढ्छ।
सोमबार, मंसिर ८, २०८२
चितवनमा घट्न सकेन प्रकोप तथा महामारीजन्य रोगको जोखिम
अहिले पनि यहाँ स्क्रब टाइफस, डेंगी, गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण, एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस (पेट र आन्द्रामा हुने सुजन/संक्रमण) को जोखिम घट्न नसकेको हो।
सोमबार, मंसिर ८, २०८२
धनगढीमा नेशनल बाथरोग सेन्टरको नवौं शाखा सञ्चालन
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष मुडभरीले बाथरोगका उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य भएको बताए। उनले भने, 'स्थानीय स्तरमै विशेषज्ञ सेवा पाउनु धनगढीवासीका लागि ठूलो राहत भएको छ। आर्थिक रूपमा कमजोर बिरामीलाई सहुलियत तथा निःशुल्क सेवाको व्यवस्था गर्न सेन्टरले गर्नुपर्छ।'
सोमबार, मंसिर ८, २०८२
राप्ती प्रतिष्ठानमा प्राथमिक स्वास्थ्य सेवामा पीएचडी कार्यक्रम सञ्चालन गर्ने तयारी
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी कुनै पनि विधामा स्नातकोत्तर उत्तीर्ण गरेका विद्यार्थीका लागि पीएचडी कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। हालसम्म प्रतिष्ठानमा चिकित्साशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन व्यवस्था रहे पनि पीएचडी कार्यक्रम सम्बन्धित विश्वविद्यालयले तयार गर्नुपर्ने भएकाले त्यसतर्फ पहल थालिएको एमडिजिपी डा. के.के. राईले जानकारी दिए।
सोमबार, मंसिर ८, २०८२
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
यो प्रतिष्ठानलाई नेपालको नमूना मेडिकल युनिभर्सिटी बनाउन सकिन्छ। यसका लागि ऐन–नियमावली संशोधन गर्ने क्रममा छौँ। अब छिट्टै नियमावली पनि संशोधन हुन्छ। सबैको सहमति भयो, राजनीतिक समझदारी भए यो प्रतिष्ठान मेडिकल युनिभर्सिटी बन्न कसैले रोक्न सक्दैन।
सोमबार, मंसिर ८, २०८२
चिकित्सक संघको अध्यक्षका लागि डा. मंगल रावलको उम्मेदवारी घोषणा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावलले नेपाल चिकित्सक संघको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। संघको आगामी मागमा हुने नयाँ नेतृत्वको निर्वाचनमा अध्यक्ष पदका लागि डा रावलले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन्।
आइतबार, मंसिर ७, २०८२
बयालपाटा अस्पतालमा सफल अपरेशनपछि उज्यालिएका अनुहार
शहरका ठूला अस्पतालमा यस्तो जटिल भास्कुलर, टेन्डन मर्मत, माइक्रोसर्जरी र उपचारको लागत ४–५ लाख रूपैयाँसम्म पुग्न सक्छ। तर बयालपाटा प्रादेशिक अस्पतालमा खत्रीले सहजै उपचार पाए। धेरै बिरामीले खर्चको डरले अस्पताल आउन हिच्किचाउने अवस्थामा यो सफल शल्यक्रिया चिकित्सकीय उपलब्धि मात्र होइन, गुणस्तरीय उपचार पाउन सकिने महत्वपूर्ण प्रेरणा बनेको छ।
आइतबार, मंसिर ७, २०८२
मुगुमा कर्णाली स्वास्थ्य प्रतिष्ठानको विशेषज्ञ सेवा, २०० जनाको निःशुल्क उपचार
दुर्गममा बसेर निरन्तर सेवा दिने चिकित्सकहरूले कठिनाइलाई जितेर जनताको जीवन रक्षा गरिरहेको उल्लेख गर्दै उपकुलपति रोकायाले उनीहरुको उचित सम्मान, प्रोत्साहन र सुरक्षा प्रदान गर्नु सरकारको प्राथमिक जिम्मेवारी हुनुपर्नेमा जोड दिए।
आइतबार, मंसिर ७, २०८२
नेपालमा पनि मनाइयो चौँथो विश्व अकुपंचर दिवस
चाइनीज मेडिसिन डाक्टर्स सोसाइटी, नेपाल अकुपंचर मोक्सिब्युसन र अकुप्रेसर संघले संयुक्त रुपमा यो दिवस मनाएका हुन्।
आइतबार, मंसिर ७, २०८२
नेपाल शल्य चिकित्सक समाजको १६ औँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
शल्य चिकित्सा विज्ञानको विकास, नयाँ प्रविधिको प्रयोग र राष्ट्रिय सर्जरी सेवाको सुदृढीकरणबारे व्यापक सम्मेलनमा छलफल भएको थिथो।
आइतबार, मंसिर ७, २०८२
स्वास्थ्य मन्त्री डा गौतम र जापानी राजदूत माइदा तोरुबीच शिष्टाचार भेट, जापानमा रहेका नेपालीको स्वास्थ्यबारे छलफल
मन्त्री डा गौतमले जापानले विगतदेखि नै नेपालप्रति देखाउँदै आएको सहयोगप्रति विशेष आभार प्रकट गरिन्र भूकम्पदेखि कोभिड–१९ महामारीसम्मका चुनौतीपूर्ण क्षणमा जापानले उपलब्ध गराइ आएको सहयोग, साथै कान्ति बाल अस्पताल, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको भौतिक पूर्वाधार निर्माणमा पुर्याएको योगदानप्रति उनले धन्यवाद व्यक्त गरिन्।
आइतबार, मंसिर ७, २०८२
रोजगारीका लागि देश छाड्ने नर्सहरु वर्षेनी बढ्दै, हालसम्म विदेशिए ५२ हजार नर्स
नेपाल नर्सिङ काउन्सिलको २०५९ सालदेखिको तथ्यांक नियाल्ने हो भने हालसम्म ५२ हजार २ सय ५५ नर्सले रोजगारीका लागि देश छाडेका छन्।
आइतबार, मंसिर ७, २०८२
तथ्यपरक नीतिनिर्माणमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका
भावी दिनहरूमा विशेष गरी नयाँ स्वास्थ्य चुनौतीहरूको उदय र प्रविधिको प्रयोग बढ्दै जाँदा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भूमिका अझ महत्त्वपूर्ण बन्ने देखिन्छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन २०४७ तथा राष्ट्रिय स्वास्थ्य नीति २०७६ अनुसार, परिषद्लाई संघीय परिप्रेक्ष्यमा रुपान्तरण गर्न अनुसन्धानमा लगानी वृद्धि गर्दै आधुनिक प्रयोगशालागत पूर्वाधार निर्माण र दक्ष जनशक्ति व्यवस्थापन गर्नु अत्यावश्यक देखिन्छ।
आइतबार, मंसिर ७, २०८२
किष्ट र भारतको मेदान्तबीच सेवा विस्तारका लागि सहकार्य सम्झौता
हालै किष्ट शिक्षण अस्पतालले अन्तर्राष्ट्रिय स्वास्थ्य मान्यता एनएबिएच (NABH) प्राप्त गरेको थियो। मान्यता प्राप्त गरेको एक वर्षभित्रै अस्पतालले अन्तर्राष्ट्रिय सहकार्यको नयाँ पहल अघि बढाएको हो।
शनिबार, मंसिर ६, २०८२
चेतना खुलाउने ‘सिङनाओ खाइछ्याओ’ अकुपञ्चर विधि
औंलाको टुप्पामा हुने यी चिङ बिन्दुहरूको सोझै मस्तिष्कसँग सम्बन्ध रहेको हुन्छ । दैनिक रूपमा यी औंलाको टुप्पाहरूको व्यायाम गर्दा, मस्तिष्कमा रक्त प्रवाह बढ्छ ।
शनिबार, मंसिर ६, २०८२
डोल्पाको स्वास्थ्य विडम्बना
हामी डोल्पालीका विडम्बना पनि कति–कति! सामान्य स्वास्थ्य सेवा पाउन पनि घण्टौँ हिँड्नै पर्ने, यहाँ बिरामीको कहिले हेलिकप्टर कुर्दाकुर्दै ज्यान जान्छ त कहिले एम्बुलेन्सको अभावमा भाडाका गाडीसँग भाडा घटाउन हात जोड्दै।
शनिबार, मंसिर ६, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ?
ऐतिहासिक कागजातहरूको विश्लेषणबाट थाहा भयो कि केही महिलाहरूको उमेर हरेक बच्चा जन्मसँगै झन्डै छ महिनासम्म घटिरहेको थियो। सबैभन्दा कठिन परिस्थितिमा बाँच्ने महिलाहरूमा यसको प्रभाव झनै गहिरो देखियो।
शनिबार, मंसिर ६, २०८२
स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा: मधेशका महिलामा रक्तअल्पता बढ्दो
गोष्ठीमा स्वास्थ्य मन्त्रालयका सचिव ओमप्रसाद अर्याल, स्वास्थ्य तालिम केन्द्र बाराका निर्देशक डा. राजीवकुमार झा, प्रदेशका आठै जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख, फोकल पर्सन तथा अन्य स्वास्थ्यकर्मीहरुको सहभागिता थियो।
शुक्रबार, मंसिर ५, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनालाई जोड
गत वर्षको तुलनामा सरकारले अनुदान केही कम गरिदिए पनि प्रतिष्ठानले आफ्नै सेवा गुणस्तरका आधारमा आम्दानी वृद्धि गर्न सफल भएको छ। गत वर्ष ५७ करोड १९ लाख सरकारी अनुदान पाएको प्रतिष्ठानले यसपटक ३६ करोड ९५ लाख मात्र प्राप्त गरेको छ। तर उल्टै, आन्तरिक आम्दानी भने गत वर्षको १ अर्ब १३ करोडबाट उल्लेखनीय रूपमा बढेको देखिन्छ।
शुक्रबार, मंसिर ५, २०८२
'बुढ्यौली'तिर लागेका नेताले 'अवकाश' लिएर स्वस्थ रहन अपाउनुपर्ने १० उपाय
आन्दोलनको नेतृत्व जेन-जेडलेगरे पनि यसको आवाज बेबी बुमरका रामदेखि अल्फा पुस्ताकी सीताको सम्मिलित हुटहुटी हो। यसको म्यान्डेट स्पष्ट छ- नयाँ, सक्षम व्यक्तिहरू राजनीति र निर्णायक भूमिकामा आउनु; पुराना पार्टीका पहिलो तथा दोस्रो पुस्ताका नेताहरूले सम्मानपूर्वक अवकाश लिनु र अवकाशपछि यी दश अर्थपूर्ण उपायहरू अपनाएर व्यक्तिगत जीवन र राष्ट्र दुवैमा सबैभन्दा ठूलो योगदान पुर्याउनु।
शुक्रबार, मंसिर ५, २०८२
दन्तविहीन अवस्थामा कस्तो दाँत राख्ने?
पूर्ण वा आंशिक दन्तविहीनता केवल सौन्दर्यको समस्या मात्र होइन, शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि ठूलो प्रभाव पार्ने अवस्था हो। प्रोस्थोडोन्टिक उपचार विधिहरूको सहायताले यस्ता समस्याबाट राहत पाउन सकिन्छ। समयमै उपचार गराउँदा दीर्घकालीन स्वास्थ्य, आराम र आत्मविश्वासमा उल्लेखनीय सुधार हुन्छ।
शुक्रबार, मंसिर ५, २०८२
यस वर्ष २१ जिल्ला शीतलहर र २८ जिल्ला हिमपातबाट बढी प्रभावित हुने
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शितलहर र हिमपातको पूर्वतयारी तथा प्रतिकार्य राष्टिय कार्ययोजना २०८२ सार्वजनिक गर्दै प्रभावित हुने जिल्लाको प्रक्षेपण गरेको हो।
शुक्रबार, मंसिर ५, २०८२
मेडिकल काउन्सिलको रिक्त सदस्यमा डा बुढाथोकी र डा झा नियुक्त
नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमध्ये दुईजनाको नियुक्ति गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्रीस्तरीय निर्णयमार्फत डा. प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई काउन्सिल सदस्यमा नियुक्त गरेकी हुन्।
शुक्रबार, मंसिर ५, २०८२
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा
बालबालिकाको उपचारका लागि छुट्टै विशिष्टीकृत अस्पताल रहेको अवस्थामा ज्येष्ठ नागरिकलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा दिन छुट्टै ज्येष्ठ नागरिक विशिष्टीकृत अस्पताल निर्माण गर्नुपर्नेमा डा. रमेश कंडेल जोड दिन्छन्।
शुक्रबार, मंसिर ५, २०८२
नेपाली औषधि उद्योगको एक सिंहावलोकन
उत्पादन विस्तारको माग, डब्ल्युएचओ-जिएमपी मान्यता प्राप्त एकाइ निर्माणको अवसर, सरकारको नीति समर्थन, घरेलु तथा विदेशी बजारमा निर्यात सम्भावना, र पिपिपी मोडेलमा प्राविधिक तथा वित्तीय सहकार्य जस्ता पक्षहरूले लगानीकर्तालाई आकर्षित गर्ने आधार तयार पारेका छन्। गुणस्तरीय औषधिमा बढ्दो मागले दीर्घकालीन लाभदायी भविष्य सङ्केत गर्दछ। सम्भावना र चुनौती एकअर्काका पर्याय हुन्।
शुक्रबार, मंसिर ५, २०८२
सधै विवादित औषधि ऐनको ‘दफा ११’
२०५७ सालमा भएको संशोधनमा पनि व्यवसायीहरुले विरोध जनाएका थिए। त्यो बेला औषधि व्यवस्था विभागको महानिर्देशक अस्फाक सेख थिए। उक्त व्यवस्था सच्याउनुपर्ने माग सहित विरोध गरेपछि विभागले ‘औषधि दर्ता नियमावली २०३८’ मा द्रष्टव्य राख्दै पुरानै व्यवस्था कायम हुने निर्णय गरेको थियो।
बिहीबार, मंसिर ४, २०८२
मेडिकल काउन्सिलको उपाध्यक्षका उम्मेदवार डा कालुसिंह खत्रीले लिए नाम फिर्ता
उनले दुई कार्यकाल काउन्सिलमा सदस्यका रुपमा काम गरेका छन्। उनले फिर्ता लिएसँगै उपाध्यक्षका तीन उम्मेद्वार डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापाबीच प्रतिष्पर्धा हुनेछ।
बिहीबार, मंसिर ४, २०८२
गेटामा ६०० शय्याको अस्पताल र यसै वर्षदेखि एमबीबीएस सुरु गर्न माग गर्दै शिक्षामन्त्री पुनलाई ज्ञापनपत्र
कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ६०० शय्याको अस्पताल सञ्चालन र यही शैक्षिक सत्रबाट एमबीबीएस कार्यक्रम सुरु गर्न माग गरिएको छ। विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हो।
बिहीबार, मंसिर ४, २०८२
Previous
84
85
86
87
88
Next
सर्च गर्नुहोस्
×
Search