काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालको निर्देशक परिवर्तन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोशी अस्पतालको निर्देशकमा डा रामनारायण चौधरीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
अस्पतालका कार्यरत बाल रोग विशेषज्ञ डा चौधरीलाई निर्देशकको जिम्मेवारी दिएसँगै डा रुना झालाई स्वास्थ्य मन्त्रालयमा ल्याउने निर्णय भएको छ।
मन्त्रालयको प्रशासन महाशाखा स्रोतका अनुसार डा चौधरीले पत्र भने बुझिसकेका छैनन्।