विराटनगर- कोशी प्रदेश सरकारमा मन्त्री परिषद् हेरफेर गरिएको छ । मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा एमाले र नेपाली कांग्रेसबाट ५–५ जना नयाँ मन्त्री नियुक्त गरेका छन् ।
नवनियुक्त १० जनामध्ये २ जना राज्यमन्त्री रहेका छन् । यससँगै कोशी प्रदेशको मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । पुनर्गठनपछि सरकारलाई थप प्रभावकारी र सन्तुलित बनाउने उद्देश्य रहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा मान बहादुर लिम्बु स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा नियुक्त भएका छन् ।
