काठमाडौं - गएको एक वर्षमा कान्ति बाल अस्पतालमा २ लाख २३ हजार ९३७ बालबालिकाले उपचार सेवा लिएका छन्।
गत आर्थिक वर्षमा आकस्मिक उपचार सेवा तर्फ ५४ हजार ९९४ र ओपिडीमा १ लाख ६८ हजार ९४३ जनाले सेवा लिएको अस्पतालले जनाएको छ। जसमा अनलाइन मार्फत् ओपिडी टिकट लिनेको संख्या ५४१ जना छन्।
सोही अवधिमा अस्पतालले ७१४ मेजर सर्जरी, १ हजार ३३७ माइनर तथा १ हजार ७९ इन्टरमिडियट सर्जरी गरेको छ।
पछिल्लो २ वर्षमा अस्पतालमा रहेका युनिटहरुले सबै प्रकारको बिरामी हेर्ने व्यवस्था, अनलाइन टिकट काट्ने प्रबन्ध, अब्जरबेसन वार्डमा २२ बेड थप, पिआईसियू, एनआइसियूमा बेड विस्तार लगायतका काम गरेको अस्पतालले जनाएको छ। उपचारका लागि आउने बिरामीहरुलाई फर्काउन नपरोस् भन्ने उद्देश्यका साथ काम गरिरहेको अस्पतालले जनाएको छ।