काठमाडौँ- टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा डा रुना झा नियुक्त भएकी छन्। स्वास्थ्य मन्त्री डा सुधा गौतम शर्माले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै डा झालाई प्रयोगशालाको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेकी हुन्।
यसअघि डा झा कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत थिइन्। उनको सरुवा भएसँगै कोशी अस्पतालमा प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन (एघारौँ तह) का डा राम नारायण चौधरीलाई नयाँ प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।
यता, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसअघि निर्देशकका रूपमा कार्यरत डा रञ्जनराज भट्टलाई भने आफ्नै दरबन्दीअनुसार प्रयोगशालामै कामकाज गर्ने गरी व्यवस्थापन गरिएको छ।
डा झासँग राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा निर्देशकका रूपमा यसअघि पनि काम गरिसकेकी छिन्।