काठमाडौं - नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका छन्।
काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले आजदेखि कार्यभार सम्हालेका हुन्। हालै भएको निर्वाचनबाट डा कुन्जाङ शेर्पा निर्वाचित भएका छन्।
यस्तै, सदस्यहरुमा डा छविलाल पन्थी, डा सारिका गोइत, डा दिपेन्द्र पाण्डे, डा योविन यादव, डा अस्मिता पोख्रेल, डा सम्राट पराजुली, डा रविन बस्नेत र डा नीना राई निर्वाचित भएका थिए।