काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले देश र स्वास्थ्य क्षेत्र राजनीतिक प्रभाव तथा प्रलोभनबाट मुक्त हुनुपर्ने बताएकी छिन्।
मन्त्रालयले आयोजना गरेको वित्तीय व्यवस्थापन सम्बन्धी गोष्ठीमा मन्त्री गौतमले देशमा सुशासन कायम हुनुपर्ने बताउँदै प्रणाीहरु सुदृढ हुनुपर्ने र समताको आधारमा व्यक्तिले आ आफ्नो कर्मक्षेत्रमा जुट्न पाउनुपर्ने उल्लेख गरिन्।
करिब दुई महिनादेखि यी सबै प्रभावबाट मुक्त रहेको भन्दै उनले यो अवस्थामा पनि काम गर्न नसके कहिले गर्ने ? भनेर प्रश्न गरिन्।
‘यसमा राजनीतिक प्रभाव, प्रलोभन र अन्य गतिविधिहरु नहोस् भन्ने हो। त्यसको सुरुवात हामी आफैँ किन नगर्ने ?’ उनले भनिन्, ‘अहिले विगत दुई महिनादेखि तपाईहरुलाई कुनै पनि किसिमको अवाच्छित प्रभाव परेको त छैन। यस्तो अवस्थामा पनि हामीले काम गरेर देखाउन सकेनौ भने कहिले देखाउने त ?’
सबै कर्मचारीहरलाई आ आफ्नो ठाउँबाट सुशासन कायम गर्न, भ्रष्टाचार नगर्न र देश विकासको लागि काम गर्न उनको आग्रह छ।