काठमाडौं - नेपाल चिकित्सक संघले निजामति कर्मचारी (सिभिल) ले एमडी/एमएस/एमडीएस उत्तीर्ण गरेका चिकित्सकलाई आठौँ तहमा नियुक्ति दिन लागेको भन्दै आपत्ति जनाएको छ।
एमडी/एमएस/एमडीएस उत्तीर्ण गरेका चिकित्सकलाई नवौँ तहमा नियुक्ति दिनुपर्नेमा आठौँ तहमा दिन लागेको भन्दै संघले आपत्ति जनाएको हो।
सिभिल अस्पतालले विभिन्न पदमा करार सेवामा पदपूर्तिका लागि सूचना जारी गरेको थियो। जसमा एमडी/एमएस/एमडीएस उत्तीर्ण गरेका चिकित्सकलाई आठौँ तह सरह माग गरिएको थियो।
सरकारले एमबीबीएस उत्तीर्ण गरेका चिकित्सकलाई आठौँ र एमडी/एमएस/एमडीएस गरेका चिकित्सकलाई नियुक्ति प्रदान गरिनुपर्ने कुरा उल्लेख गरिसेकेको संघले जनाएको छ। तर एमडी/एमएस/एमडीएस गरेका चिकित्सकलाई आठौँ तहमा नियुक्ति दिनाले उच्च शिक्षा हासिल गरेका चिकित्सकहरुको अपमान हुनुका साथै अन्याय समेत हुने संघको बुझाई छ।
सरकारले तोकेको नियम विपरित सार्वजनिक गरिएको सूचना तत्काल सच्याउन संघले माग गरेको छ। उक्त माग पुरा नभए कडा कदम अपनाउन बाध्य हुने संघले चेतावनी समेत दिएको छ।