काठमाडौं- एसइई परीक्षाको नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरू अब के पढ्ने भन्ने तनावमा हुन्छन्। कतिपय विद्यार्थीहरुहरुलाई कुन ग्रेड ल्याउँदा के पढ्न पाइन्छ भन्ने थाहा नहुन पनि सक्छ। या त कुन ग्रेड ल्याउँदा प्राविधिक विषयतर्फ के पढ्न मिल्छ भन्ने समेत जानकारी नहुन सक्छ।
एसईईपछि प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतका कलेजहरुमा स्वास्थ्यका के-के विषय पढ्न पाइन्छ? कुन विषय पढ्न कति खर्च लाग्छ? स्वास्थ्यखबरले यी विषयमा सिटिइभिटीका कर्मचारीसँग बुझेको छ।
सिटिइभिटीका कर्मचारीहरुका अनुसार एसईईपछि स्वास्थ्य तर्फ नर्सिङ, फार्मेसी, हेल्थ साइन्स (एच ए), ल्याब, रेडियोग्राफी, अफ्थाल्मिक साइन्स, आम्ची साइन्स, आयुर्वेद र सामान्य चिकित्सा, एक्यूपंक्चर, एक्यूप्रेसर र मोक्सिबस्टन, फिजियोथेरापी, होमियोप्याथी, डेन्टल हाइजिनिस्ट, डेन्टल ल्याब, आयुर्वेदा फार्मेसी, मिडवाइफरी र योग तथा प्राकृतिक चिकित्साका विषयमा पढाइ हुन्छ।
सिटिइभिटीले हालसम्म प्रमाणपत्र तह नर्सिङ, फार्मेसी र हेल्थ साइन्स (एच ए) विषयको शुल्क निर्धारण गरेको छ भने अरु विषयको शुल्क निर्धारण गर्ने प्रक्रियामा रहेको छ।
प्रमाणपत्र तह नर्सिङ कार्यक्रम (पिसिएल नर्सिङ)
तीन वर्षे प्रमाणपत्र तह नर्सिङ कार्यक्रम पढ्नको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसइई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जिपिए) न्यूनतम २ प्राप्त गरेको वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी/ प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ।यो विषयको लागि खाना र बस्न बाहेक सिटिइभिटीले ४ लाख ७५ हजार शुल्क तोकेको छ।
पिसिएल इन हेल्थ साइन्स (एचए)
यसका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसइई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जिपिए) न्यूनतम २ प्राप्त गरेको वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी/ प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ। सिटिइभिटीले एच एको लागि तीन वर्षको खाना र बस्न बाहेक ४ लाख ४० हजार शुल्क तोकेको छ।
फार्मेसी
नर्सिङ र एच ए जस्तै फार्मेसी पनि तीन वर्षे कोर्स हो। यसको लागि पनि मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसइई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जिपिए) न्यूनतम २ प्राप्त गरेको वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी/ प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ। फार्मेसीको तीन वर्षको पढाइको लागि सिटिइभिटीले ३ लाख ३७ हजार ८०० शुल्क तोकेको छ।
अन्य विषय
माथिका तीन वटा कोर्स बाहेक सिटिइभिटीले अन्य कुनै पनि कोर्सको लागि निश्चित शुल्क तोकेको छैन। अन्य डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्य सम्बन्धी सम्पूर्ण कार्यक्रमहरू जस अन्तर्गत ल्याब, रेडियोग्राफी,अफ्थाल्मीक साइन्स,आम्ची साइन्स, आयुर्वेद र सामान्य चिकित्सा,एक्यूपंक्चर, एक्यूप्रेसर र मोक्सीबस्टन, फिजियोथेरापी,होमियोप्याथी,डेन्टल हाइजिनिस्ट, डेन्टल ल्याब,आयुर्वेदा फार्मेसी, मिडवाइफरी र योग तथा प्राकृतिक चिकित्सा पढाई हुन्छ। यी सबै कोर्सहरू तीन वर्षे हुन्।
यी सबै विषय पढ्नको लागी मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसइई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जिपिए) न्यूनतम २ प्राप्त गरेको वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी/ प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेको हुनुपर्छ।
पुरुष नर्सिङ
मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसइई परीक्षामा अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जिपिए) न्यूनतम २ प्राप्त गरेको वा परिषदबाट सञ्चालन हुने कार्यक्रमसँग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी/ प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अङ्क प्राप्त गरेका पुरुष विद्यार्थीहरूले नर्सिङ पढ्न चाहेको अवस्थामा सिटिइभिटीले स्वीकृत कोटाको १५ प्रतिशत पूर्ण शुल्कीय कोटा पुरुष परिक्षार्थीहरुलाई छुट्टाएको छ।
पूर्ण शुल्कीय लक्षित वर्ग कोटा
यो कोटामा अपाङ्ग, पूर्व कमैया हलिया, पिछडिएको दुर्गम क्षेत्र, दलित, महिला, आदिवासी-जनजाति, मुस्लिम, मधेसी र जनआन्दोलन जनयुद्ध मधेस आन्दोलनका द्वन्द्व पीडित विस्थापित बेपत्ता सहिद परिवार घाइते वा निजको सन्तति वर्गका लक्षित समूहको लागि तपसिलमा उल्लेख भए बमोजिमको सङ्ख्यामा पूर्ण शुल्कीय लक्षित वर्ग कोटा निर्धारण गरिएको छ।
२० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा २ जना
३० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा ३ जना
४० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा ४ जना
४० भन्दा माथि स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा ५ जना
यस लक्षित वर्गमा सामुदायिक, सरकारी वा निजी विद्यालयहरूमा अध्ययन गरेका परीक्षार्थीहरू सहभागी हुन पाउनेछन्।
लक्षित वर्ग समूह अन्तर्गत दलित समुदायका महिला,मुस्लिम समुदायका महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, मधेसी दलित, थारु, मुस्लिम, पिछडिएको क्षेत्रका व्यक्ति, अपाङ्गता भएको व्यक्ति, सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाहरूको परिवार र द्वन्द पीडितहरूले निःशुल्क छात्रवृत्तिको लागि आवेदन दिन सक्नेछन्।