मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज १०, २०८३
Sat, Sep 26, 2026
शनिबार, असोज १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
सेती प्रादेशिक अस्पतालमा मानसिक रोगको ओपीडी सेवा पुनः सञ्चालन
अस्पताल प्रशासनले बुधबार सूचना जारी गर्दै मानसिक रोग विशेषज्ञ चिकित्सकको अभावमा विगत केही महिनादेखि सेवा बन्द रहेको जनाएको हो। हाल छात्रवृत्ति करारअन्तर्गत मानसिक रोग विशेषज्ञ चिकित्सक अस्पतालमा हाजिर भएसँगै २०८३ साल साउन २६ गतेदेखि मानसिक रोगको ओपीडी सेवा नियमित सञ्चालनमा आएको अस्पतालले जनाएको छ।
मंगलबार, साउन २६, २०८३
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
यहाँ मैले स्वास्थ्य सेवा दिन मात्र सिकिनँ; स्वास्थ्य समस्याको पछाडि लुकेका आर्थिक, सामाजिक, पारिवारिक र भौगोलिक कारण बुझ्न पनि सिकेँ।कुनै गाउँको स्वास्थ्य सुधार्न एउटा स्वास्थ्य संस्था पर्याप्त नहुन सक्छ। त्यसका लागि परिवारको साथ, समुदायको सहभागिता, स्थानीय सरकारको प्रतिबद्धता र स्वास्थ्यकर्मीको निरन्तर प्रयास आवश्यक हुन्छ।
मंगलबार, साउन २६, २०८३
प्रधानमन्त्री शाहलाई औषधि उत्पादक संघका अध्यक्ष अधिकारीको खुला पत्र
नेपाल औषधि उत्पादक संघ (एपोन) ले सरकारी औषधि खरिद प्रक्रियामा निष्पक्षता कायम गर्न र स्वदेशी निजी औषधि उद्योगहरूलाई समान अवसर दिलाउन माग गर्दै सम्माननीय प्रधानमन्त्रीलाई खुला पत्र पठाएको छ।
सोमबार, साउन २५, २०८३
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
`हाम्रो उद्देश्य एउटै हो- दुर्घटनामा परेका नागरिकले समयमै उपचार पाऊन् र उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य होस्,´ मन्त्री मेहताले भनिन्।
सोमबार, साउन २५, २०८३
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या
केही मानिसका लागि इनर्जी ड्रिंक्सले तत्काल ऊर्जा दिएको महसुस हुन सक्छ। तर थकानको वास्तविक कारण पहिचान गर्न सकेमा छोटो समयका लागि गरिने उपाय दीर्घकालीन बानी बन्नबाट रोक्न सकिन्छ। वास्तविक ऊर्जा क्यानबाट आउँदैन । आफ्नो स्वास्थ्यको राम्रो हेरचाहबाट आउँछ।
सोमबार, साउन २५, २०८३
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
मेडिकल रेकर्ड अधिकारीहरुले चिकित्सा अभिलेख तथा स्वास्थ्य तथ्यांकको व्यवस्थापन र विश्लेषण गर्छन, त्यसैको आधारमा स्वास्थ्य सूचना निर्माण गर्दछन् त्यसकारण उनीहरु तथ्यांकविद् हुन्। अस्पतालमा आएका विरामीको रोगको निदानको आधारमा रुग्णता र मृत्यु तथ्यांकको प्रवृति र ढाँचा नियमित अनुसन्धान गर्दछन् त्यसकारण उनीहरु स्वास्थ्य अनुसन्धानकर्ता हुन्।
सोमबार, साउन २५, २०८३
स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय: नेपालमा ज्ञान निर्माण र प्रकाशनको बहस
नेपालको स्वास्थ्य अनुसन्धान बारे गम्भीर बहस अगाडि राख्नुपर्छ: “हामीले अनुसन्धान गरिरहेका छौँ, तर त्यो अनुसन्धानमा कसको आवाज बोलिरहेको छ?” र अर्को बहस अझ महत्वपूर्ण छ: “हामीले ज्ञान उत्पादन गरिरहेका छौँ, तर त्यो ज्ञानले कसको जीवन परिवर्तन गरिरहेको छ?” यी दुई प्रश्नको उत्तर खोज्ने ढिला गर्नु हुदैन र यो प्रयासनै नेपालमा स्वास्थ्य अनुसन्धानलाई सामाजिक न्यायसँग जोड्ने महत्वपूर्ण सुरुवात हुन सक्छ।
सोमबार, साउन २५, २०८३
डा. सुवर्ण गिरीको शैक्षिक यात्रा : गाउँको सरकारी विद्यालयदेखि एमबीबीएसमा पाँच गोल्ड मेडलसम्म
डा. गिरीको चिकित्सकीय यात्रामा एउटा व्यक्तिगत अनुभवले गहिरो प्रभाव पारेको छ। करिब दुई वर्षअघि आमाको क्यान्सर उपचारका लागि उनी भारत पुगे। त्यहाँ उनले चिकित्सकका रूपमा मात्र होइन, बिरामीका आफन्तका रूपमा पनि स्वास्थ्य प्रणालीलाई नजिकबाट बुझ्ने अवसर पाए।
सोमबार, साउन २५, २०८३
निर्वाचन सकियो, अब संस्था बलियो बनाउने सहकार्यको समय हो
सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा पनि संयमित र जिम्मेवार बनौँ। आलोचना गरौँ, तर आरोप–प्रत्यारोप र अनावश्यक विवाद नबढाऔँ। अब हामी सबैको काँधमा थप जिम्मेवारी छ। निर्वाचन सकियो। अब प्रतिस्पर्धा होइन, सहकार्यको समय हो। व्यक्ति होइन, संस्था बलियो बनाउने समय हो। समूह होइन, सम्पूर्ण चिकित्सक समुदायका लागि काम गर्ने समय हो।
आइतबार, साउन २४, २०८३
दुई थोपा विषले सिंगो पोखरी विषाक्त बनाउँछ : पलाँता अस्पतालको घटनाले दिएको एउटा गम्भीर सन्देश
केही व्यक्तिको गल्तीलाई आधार बनाएर सम्पूर्ण समाजको चरित्र चित्रण गर्नु न त न्यायसंगत हुन्छ, न त जिम्मेवार। संसारका विकसित भनिएका शहरहरूमा पनि स्वास्थ्य संस्था, विद्यालय वा सार्वजनिक सम्पत्तिमाथि आक्रमण हुने गरेका छन्। तर त्यस्ता घटनाका आधारमा सिंगो शहर वा समुदायलाई असभ्य घोषणा गरिँदैन। दोषी व्यक्ति पहिचान गरिन्छ, अनुसन्धान हुन्छ र कानुनअनुसार कारबाही गरिन्छ। यही मापदण्ड कालिकोटका हकमा पनि लागू हुनुपर्छ।
आइतबार, साउन २४, २०८३
स्तनपान सप्ताह सन्दर्भ : स्तनपानबाट सुरु हुन्छ बच्चाको भविष्य
परिवारले साथ दिनुपर्छ। स्वास्थ्यकर्मीले सही ज्ञान दिनुपर्छ। अस्पतालले अनुकूल वातावरण बनाउनुपर्छ। कार्यस्थलले सुविधा दिनुपर्छ। स्थानीय सरकारले लगानी गर्नुपर्छ। राज्यले नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।
आइतबार, साउन २४, २०८३
विश्व स्तनपान सप्ताह २०८३: स्वस्थ सुरुआतका लागि स्तनपानमैत्री वातावरण आवश्यक
स्तनपान केवल आमाको व्यक्तिगत जिम्मेवारी होइन; यो परिवार, समुदाय, स्वास्थ्य संस्था, रोजगारदाता र सरकार सबैको साझा दायित्व हो। सरकारको नीति वा आमाको इच्छाशक्ति मात्र पर्याप्त हुँदैन। परिवारको साथ, स्वास्थ्य संस्थाको दक्ष परामर्श, कार्यस्थलको अनुकूल वातावरण, समुदायमा आधारित सहयोग तथा राज्यको प्रभावकारी नीति र कार्यान्वयनले मात्र आमालाई आत्मविश्वासका साथ शिशुलाई स्तनपान गराउन सहज बनाउँछ।
आइतबार, साउन २४, २०८३
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा नाबालिगको डिम्ब निकालिएको घटनामा आरोपित प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माले प्रहरीसमक्ष बयान दिएकी छिन्। उनले प्रहरीसँगको बयानमा आफ्नो बचाउ गर्दै आफूलाई किशोरी नाबालिग भएको विषयमा कुनै जानकारी नभएको दाबी गरेकी छन्।
आइतबार, साउन २४, २०८३
५० वर्षपछि पिसाबमा रगत देखिए क्यान्सरको जोखिम
युरोलोजीले मिर्गौलामा पिसाब बन्नेदेखि पिसाबको नली हुँदै पिसाब थैली र बाहिर निस्कने प्रक्रियासँग सम्बन्धित सम्पूर्ण समस्याको उपचार गर्ने उनले बताए । नेपालमा सबैभन्दा बढी देखिने युरोलोजीसम्बन्धी समस्यामध्ये मिर्गौलाको पत्थरी र उमेर बढ्दै गएपछि पुरुषमा देखिने प्रोस्टेटको समस्या प्रमुख रहेको उनको भनाइ छ ।
आइतबार, साउन २४, २०८३
चिकित्सक–नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
कालीकोटको पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि हातपात तथा अस्पतालमा तोडफोड भएको घटनापछि स्वास्थ्य सेवा ठप्प भएको छ। घटनामा संलग्न आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
आइतबार, साउन २४, २०८३
वैद्यखानाले गति लिएकोमा गर्व गर्दै पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सरकारलाई दिए ६ सुझाव
आइतबार सामाजिक सञ्जालमार्फत पौडेलले आफू स्वास्थ्यमन्त्री हुँदा अघि सारेका नीति, योजना र कार्यक्रमकै जगमा वैद्यखानाले गति लिन थालेको दाबी गरे। उनले असल नीतिको निरन्तर कार्यान्वयनबाट मात्रै स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सुधार सम्भव हुने उल्लेख गरेका छन्।
आइतबार, साउन २४, २०८३
नेपाल नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड
नेपाल नेत्र ज्योति संघले समानतामूलक र जनकेन्द्रित आँखा स्वास्थ्य सेवामार्फत लाखौं मानिसको दृष्टि पुनर्स्थापना गर्न महत्वपूर्ण भूमिका खेलेको छ। संघको निरन्तर प्रयासले नेपालमा रोकथाम गर्न सकिने अन्धोपन घटाउन उल्लेखनीय योगदान पुगेको डब्लुएचओले जनाएको छ।
आइतबार, साउन २४, २०८३
क्यान्सर पीडित श्रीमतीलाई पिठ्युँमा बोकेर अन्तिम यात्रामा निस्किनुपर्ने अवस्था किन आयो?
दिनको करिब तीन बजेको थियो। अफिसबाट खाजा खाने समयमा बाहिर निस्किएको थिएँ। त्यसै बेला फेसबुकमा एउटा समाचार देखेँ, 'क्यान्सरपीडित श्रीमतीलाई पिठ्युँमा बोकेर सुनकोशी पुगेका वृद्ध, सँगै नदीमा हाम फालेर बेपत्ता।'
आइतबार, साउन २४, २०८३
पलाँता अस्पतालमा चिकित्सक र नर्समाथि दुर्व्यवहार र तोडफोडमा संलग्न तीन जना पक्राउ
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार २०८३ साल साउन २२ गते अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि अभद्र व्यवहार गर्नुका साथै अस्पतालमा अनधिकृत रूपमा प्रवेश गरी सामानहरू तोडफोड गरेको घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिइएको हो।
शनिबार, साउन २३, २०८३
मानसिक सामाजिक अध्यात्मिक स्वास्थ्य आजको आवश्यकता
आयुर्वेदलाई केवल दर्शनसँग तुलना गरेर न्युरोट्रान्समिटर र हर्मोनसम्बन्धी तथ्यहरूलाई मात्र सही ठान्नु उपयुक्त हुँदैन। आयुर्वेदका ज्ञान र सिद्धान्तहरूको अनुशरण गर्दै सोचाइमा सकारात्मकता, कर्ममा उत्कृष्टता र व्यवहारमा सौम्यता विकास गर्ने यात्रामा व्यक्ति, समाज, राष्ट्र र विश्वलाई अभिप्रेरित गर्नु नै आजको आवश्यकता हो।
शनिबार, साउन २३, २०८३
अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
प्रशासनका अनुसार मैना बमका १४/१५ वर्षका दुई छोराहरू अस्पतालको ओपिडी अगाडि बसेर अस्पतालको वाइफाइ जोडेर मोबाइलमा भिडियो गेम खेलिरहेका थिए। डा. रैन र नर्स गिरीले उनीहरूलाई बाहिर गएर मोबाइल चलाउन भनेका थिए।
शनिबार, साउन २३, २०८३
डाक्टर बाबु-छोराको आदर्श र कर्पोरेट स्वार्थ देखाउने फिल्म ‘अरमान’ (युट्युब लिंकसहित)
अमिताभ बच्चन, अनिल कपुर, प्रिटी जिन्टा र ग्रेशी सिंह को सशक्त अभिनय र शङ्कर-अहसान-लोयको उत्कृष्ट सङ्गीत रहेको ‘अरमान’ एउटा पारिवारिक ड्रामा मात्र होइन, यो स्वास्थ्य सेवाको आदर्श र व्यावसायिक यथार्थ देखाउने सशक्त चलचित्र हो।
शनिबार, साउन २३, २०८३
औषधिको गुणस्तरदेखि बजार अनुगमनसम्म : प्रदेशस्तरीय संरचना बिना प्रभावकारी नियमन असम्भव
स्पष्ट कानुनी आधार, पर्याप्त बजेट, दक्ष जनशक्ति, आधुनिक प्रविधि, विश्वसनीय परीक्षण प्रणाली, प्रभावकारी अनुगमन तथा संघ, प्रदेश र स्थानीय तहबीच सुदृढ समन्वय सुनिश्चित गर्न सके मात्र औषधि नियमन प्रणाली प्रभावकारी बन्न सक्छ।
शनिबार, साउन २३, २०८३
इन्टर्न चिकित्सक डिल्लि हरिजन र सरकारबिच ५ बुँदे सहमति, अनशन अन्त्य
चिकित्सा शिक्षाको एमबीबीएस तथा बीडीएस अध्ययनरत इन्टर्न चिकित्सकहरूका माग सम्बोधन गर्ने गरी सरकारी वार्ता टोली र अनशननरत इन्टर्न चिकित्सक डिल्लि हरिजनबिच ५ बुँदे सहमति भएको छ। सहमति भएसँगै साउन २२ गते शुक्रबारदेखि डिल्लि हरिजनले जारी राखेको अनशन अन्त्य भएको छ।
शुक्रबार, साउन २२, २०८३
ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता
ह्याम्स अस्पताल नेपालका अग्रणी बहुविशेषज्ञ अस्पतालहरूमध्ये एक हो। अत्याधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको उपचार प्रणालीमार्फत अस्पतालले मुटु तथा रक्तनली रोग, न्युरो साइन्स, क्यान्सर, अर्थोपेडिक्स, युरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, क्रिटिकल केयरलगायत विभिन्न जटिल रोगहरूको निदान, उपचार तथा शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ।
शुक्रबार, साउन २२, २०८३
गेटा विश्वविद्यालयको शैक्षिक कार्यक्रमका लागि चारवटा प्रादेशिक अस्पताल दिइनुको अर्थ
अत्तरियाबाट धनगढी यात्रा गर्ने क्रममा अत्तरिया बजारबाट झण्डै २ किलोमिटरको दुरीमा रहेको गेटामा सुन्दर विशाल र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय लेखिएको बोर्ड देख्दा जोकोहीलाई पनि गर्व महशुस हुन्छ, त्यसमा पनि सुदूरपश्चिम बासीको त झन गर्वले छाती फुलेर आउँछ। यसरी बाहिरी रुपमा हेर्दा विशाल भवन र भौतिक पूर्वाधारहरु देख्दा कतिपयलाई लाग्ला कि विश्वविद्यालय सञ्चालनमा आइसक्यो अर्थात एमबीबीएस लगायतका कक्षा सञ्चालन भइसके ! तर यथार्थता त्यस्तो छैन ।
शुक्रबार, साउन २२, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने
बैठकमा गाभीले आगामी अवधिका लागि नेपाललाई ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ। प्रस्तावित सहयोगअन्तर्गत नेपालले भने १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषयमा पनि छलफल भएको छ।
शुक्रबार, साउन २२, २०८३
आईसीयूमा रहेका आन्दोलनरत इन्टर्न डाक्टरको माग तत्काल सम्बोधन गर्न सांसद खुस्बु ओलीको आग्रह
उनले इन्टर्न चिकित्सकले समान भत्ता, श्रम ऐनअनुसार कार्यघण्टा र चिकित्सकहरूको मासिक भत्तासम्बन्धी प्रतिवेदन कार्यान्वयनको माग राख्दै आन्दोलन गरिरहेको उल्लेख गर्दै उनीहरूमध्ये एक जना गम्भीर अवस्थामा पुगेको बताइन्।
शुक्रबार, साउन २२, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
अपरेशन थिएटरभित्र शान्त स्वभाव, सूक्ष्म निर्णय क्षमता र टोलीगत नेतृत्वका लागि परिचित प्रा.डा. अमात्य अब प्रशासनिक नेतृत्वको अग्रपंक्तिमा उभिएका छन्। बिरामीको जीवन सुरक्षित राख्ने जिम्मेवारीबाट सुरु भएको उनको यात्रा अब नेपालको मुटु उपचार प्रणालीलाई अझ सुदृढ बनाउने जिम्मेवारीमा रूपान्तरण भएको छ।
शुक्रबार, साउन २२, २०८३
सांसद प्रा.डा. चन्द्रमोहन यादवको प्रश्न- ‘ढल्केबरको ट्रमा सेन्टर कहाँ हरायो?’
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद यादवले २०७७ सालदेखि विभिन्न सरकारले ढल्केबरमा राष्ट्रियस्तरको समर्पित ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढाएको स्मरण गराउँदै अहिले उक्त योजनाबाट सरकार पछि हटेको देखिएको बताए। उनले यस्तो निर्णय नीतिगत निरन्तरताविपरीत भएको भन्दै यसले राज्यप्रतिको जनविश्वास कमजोर पार्ने चेतावनी दिए।
शुक्रबार, साउन २२, २०८३
Previous
13
14
15
16
17
Next
सर्च गर्नुहोस्
×
Search