पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिन र निर्देशक नियुक्त भएका छन्। प्रतिष्ठानका उपकुलपति प्रा.डा. नारायण सिंह गुरुङले डिनमा डा. डेविड श्रेष्ठ र निर्देशकमा डा. झपिन्द्र पोखरेललाई नियुक्त गरेका हुन्।
उपकुलपति प्रा.डा. गुरुङले नवनियुक्त डिन डा. श्रेष्ठ र निर्देशक डा. पोखरेललाई नियुक्ति पत्र प्रदान गरेका छन्।
नवनियुक्त पदाधिकारीहरूले प्रतिष्ठानको शैक्षिक तथा प्रशासनिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्य सेवा र शिक्षाको गुणस्तर अभिवृद्धिमा योगदान गर्ने अपेक्षा गरिएको छ।