मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, कात्तिक २८, २०८३
Sat, Nov 14, 2026
शनिबार, कात्तिक २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मस्तिष्कले शरीरको विपरीत भाग नियन्त्रण गर्नुको रहस्य के हो?
यो अध्ययनले मस्तिष्कको देब्रे भागले शरीरको दाहिने भाग र दाहिने भागले देब्रे भाग नियन्त्रण गर्नुको रहस्य बुझ्न विकासवादी दृष्टिकोणबाट नयाँ आधार प्रस्तुत गरेको छ। यद्यपि यो अनुसन्धानले उक्त व्यवस्थाको उत्पत्तिबारे अन्तिम निष्कर्ष दिएको नभई थप अध्ययनका लागि एउटा सम्भावित व्याख्या अघि सारेको हो।
आइतबार, कात्तिक २२, २०८३
किताबदेखि कार्यस्थलसम्म : प्रोफेसर मार्क क्विरिनेनसँगको अविस्मरणीय भेट
यसले मलाई एउटा कुरा फेरि सम्झायो- ज्ञानको यात्रा कहिल्यै समाप्त हुँदैन। हामीले विद्यार्थी हुँदा पढेका व्यक्तित्वहरू पनि निरन्तर अनुसन्धान, अनुभव र अभ्यासबाट आफ्नो ज्ञानलाई अगाडि बढाइरहेका हुन्छन्। त्यसैले शिक्षकका रूपमा हाम्रो जिम्मेवारी पनि केवल पाठ्यक्रम पूरा गर्नु होइन। विद्यार्थीहरूमा प्रश्न गर्ने बानी विकास गर्नु, अनुसन्धानप्रति रुचि जगाउनु र जीवनभर सिकिरहने संस्कार निर्माण गर्नु हो।
आइतबार, कात्तिक २२, २०८३
गण्डकी आयुर्वेद अस्पतालको भिडियो प्रतियोगितामा प्रियङ्का चौधरी प्रथम
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत सञ्चालित अस्पतालले आयुर्वेद तथा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको थियो। अस्पतालले प्रतियोगितामा विजयी हुने सबैलाई बधाईसमेत दिएको छ।
शनिबार, कात्तिक २१, २०८३
ममता काफ्ले बेपत्ता प्रकरण : नरेश भट्टले अदालतमा भने– कानुनीभन्दा पनि नैतिक अपराध गरेजस्तो लाग्छ
नेपालमा जन्मिएको विवरण गलत भएको विषयमा उनले त्यसलाई झुट नभई आफू हुर्किएको संस्कृति र चलनका रूपमा व्याख्या गरेका थिए। कुनै गलत मनसायले त्यसो नगरेको उनको दाबी थियो। उनले नागरिकता आवेदनमा आफ्नो जन्ममिति सन् १९८७ फेब्रुअरी उल्लेख गरेको पनि पुष्टि गरेका छन्।
शनिबार, कात्तिक २१, २०८३
कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
नेपालले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा अनुकूलनका प्रयासमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्तर्राष्ट्रिय सहकार्य, वित्तीय सहयोग र नीतिगत प्रतिबद्धता आवश्यक रहेको विषयलाई सम्मेलनमार्फत उठाउने तयारी गरेको छ।
शनिबार, कात्तिक २१, २०८३
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न
प्रतिष्ठानको अन्कोलोजी डिभिजनको तत्वावधान, वीपीकेआइएचएस् स्टुडेन्टस् अन्कोलोजी विंग्सको संयोजकत्व, हेल्थ भोलुन्टियर्स ओभरसिजको सहयोग तथा नेपाल हस्पिस केयर सेन्टर, धरानको आयोजनामा उक्त कार्यशाला कात्तिक १९ र २० गते सञ्चालन गरिएको थियो।
शनिबार, कात्तिक २१, २०८३
२७औँ राष्ट्रिय आरोग्य दिवस: प्रकृतिको सानिध्य र आयुर्वेदीय जीवनशैली
कुनै पनि एउटा चिकित्सा पद्धति आम नागरिकमा देखिने फरक फरक किसिमका स्वास्थ्य समस्याहरू व्यवस्थापन गर्न अपुरो भएको हामी सबैले महसुस गरेको विषय हो। त्यसैले विभिन्न काल खण्डमा विभिन्न अनुसन्धान कर्ताहरूले अनुसन्धान गरेका चिकित्सा विधाहरू र योग ध्यानलाई समय सापेक्ष बनाउँदै अग्न बढ्न सकेमा रोग न्यूनीकरण र नागरिक स्वास्थ्य प्रवर्द्धनमा टेवा थपिने छ। जय धन्वन्तरि जय आरोग्य दिवस।
शनिबार, कात्तिक २१, २०८३
आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरि: ऐतिहासिक, दार्शनिक र वैज्ञानिक परिप्रेक्ष्य
नेपालको औषधीय वनस्पति सम्पदा र आयुर्वेदसम्बन्धी परम्परागत ज्ञानलाई दिगो संरक्षण, वैज्ञानिक अनुसन्धान, गुणस्तरीय उत्पादन र सर्वसुलभ स्वास्थ्य सेवासँग जोड्न सके यस क्षेत्रले जनस्वास्थ्य र अर्थतन्त्र दुवैमा योगदान पुर्याउन सक्छ। आयुर्वेद र आधुनिक चिकित्सालाई प्रमाण, सुरक्षा र बिरामीको हितका आधारमा परिपूरक रूपमा अघि बढाउनु नै धन्वन्तरिप्रतिको सार्थक सम्मान र आरोग्य दिवसको व्यावहारिक उपलब्धि हुनेछ।
शनिबार, कात्तिक २१, २०८३
डा. गोविन्द केसीसँग सरकारको ६ बुँदे सहमति, २५औँ सत्याग्रह अन्त्य
सरकार र डा. केसीबीच २०८३ कार्तिक २१ गते बिहान भएको सहमतिमा चिकित्सा शिक्षा सुधार, मेडिकल कलेजको सिट निर्धारण, विश्वविद्यालयका पदाधिकारी नियुक्ति तथा सरकारी मेडिकल कलेज स्थापना लगायतका विषय समेटिएका छन्।
शनिबार, कात्तिक २१, २०८३
डा. गोविन्द केसीको माग पूरा नभए कठोर कदम चाल्ने विषयमा छलफल
डा. केसीका मागहरूप्रति सरकारले चासो नदेखाएपछि र आवश्यक कदम नचालेपछि नेपाल चिकित्सक संघका पदाधिकारी र आवासीय चिकित्सकहरूबीच आपतकालीन तथा आकस्मिक सेवा समेत बन्द गरेर कडा आन्दोलनमा उत्रिने विषयमा गम्भीर छलफल भएको छ।
शुक्रबार, कात्तिक २०, २०८३
नेपालमा पेन मेडिसिन फेलोसिप सुरु गर्न चिकित्साशास्त्र अध्ययन संस्थान र सिरिराज अस्पतालबीच समझदारी
समझदारीअनुसार सिरिराज अस्पतालले नेपालमा सञ्चालन हुने उक्त एकवर्षीय फेलोसिप कार्यक्रमका लागि आवश्यक शैक्षिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यस किसिमको सहकार्यले नेपालमै पेन मेडिसिनसम्बन्धी उच्चकोटिको विशेषज्ञ जनशक्ति उत्पादन गर्न तथा दुई संस्थाबीच आपसी शैक्षिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्न महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।
शुक्रबार, कात्तिक २०, २०८३
तातै खाऊँ जल्दै मरौं नहोस् मेडिकल विश्वविद्यालयमा
त्यसैले सुदूरपश्चिमवासी सबैले यो विषयलाई एकपल्ट शान्त र गम्भीर भएर समीक्षा गर्नु जरुरी छ। कारणः यो कुनै पक्ष र विपक्षको विषय नै होइन। सुदूरपश्चिममा खुलेको विश्वविद्यालयलाई कसरी अब्बल बनाउने र त्यहाँ भर्ना हुने विद्यार्थीको भविष्य कसरी सुरक्षित गर्ने नै सबैको प्राथमिकताको कुरा हो।
शुक्रबार, कात्तिक २०, २०८३
उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा देखिने लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरेको छ।
शुक्रबार, कात्तिक २०, २०८३
हिंसा : शारीरिक घाउ मात्र होइन, मानसिक र आर्थिक शोषण पनि
लैङ्गिक हिंसा न्यूनीकरणका लागि कानुन, सेवा केन्द्र र हेल्पलाइन आवश्यक छन्। तर हिंसाका मूल कारणका रूपमा रहेका लैङ्गिक असमानता, शक्ति सम्बन्ध, आर्थिक परनिर्भरता, हानिकारक सामाजिक मान्यता र हिंसा सहनुपर्ने बाध्यतामाथि पनि काम गर्नुपर्छ। बालबालिकालाई सानैदेखि समानता, आपसी सम्मान, व्यक्तिगत सीमाको सम्मान र सहमतिको महत्त्वबारे शिक्षा दिन आवश्यक छ। पुरुष तथा किशोरलाई पनि हिंसा रोकथामका प्रयासमा सक्रिय सहभागी गराउनुपर्छ।
शुक्रबार, कात्तिक २०, २०८३
केही मानिसलाई जम्मा ४ घन्टा सुत्दा पनि कसरी निद्रा पुग्छ?
यसले कम सुत्दा पनि आफूलाई ठीक महसुस हुनु र वास्तवमै शरीर तथा मस्तिष्कले पर्याप्त आराम पाउनु फरक कुरा हुन् भन्ने देखाउँछ। निद्राको कमीले काम गर्ने क्षमता घटेको व्यक्तिले आफैँ त्यसको सही मूल्याङ्कन गर्न नसक्ने सम्भावना पनि हुन्छ।
शुक्रबार, कात्तिक २०, २०८३
मधेश र जनस्वास्थ्य : स्रोत छ, सूचक किन पछाडि?
मधेश सुधारिए राष्ट्रिय सूचक आफैँ सुधारिन्छन्, किनकि देशका हरेक पाँचमध्ये एक नागरिक यहीँ बस्छन्। त्यसैले मधेशको जनस्वास्थ्यमा लगानी मधेशमाथिको उपकार होइन, राष्ट्रको आवश्यकता हो। घोषणा र फिता काट्ने संस्कृतिबाट माथि उठेर तथ्यमा आधारित, जवाफदेही र मानवीय स्वास्थ्य प्रणाली निर्माण गर्न सके मात्र ‘अन्नको भण्डार’ साँच्चै ‘स्वास्थ्यको भण्डार’ बन्न सक्छ।
शुक्रबार, कात्तिक २०, २०८३
नर्स ममता हत्या मुद्दामा नरेश भट्टद्वारा शव टुक्राटुक्रा पारेको स्वीकार, तर हत्या अस्वीकार
शुक्रबार, कात्तिक २०, २०८३
पाटन अस्पताललाई सामाजिक सेवा र जेरियाट्रिक स्वास्थ्य सेवामा उत्कृष्ट कार्य गरेको भन्दै मन्त्रालयद्वारा सम्मान
उक्त प्रशंसा-पत्रमा मन्त्रालयकी महाशाखा प्रमुख श्री यशोदा अर्याल र सचिव डा. विकास देवकोटाको हस्ताक्षर रहेको छ।
बिहीबार, कात्तिक १९, २०८३
जिउँदो सहिद डा. गोविन्द केसी: स्वास्थ्य शिक्षा र सेवा सुधारका निरन्तर प्रयासरत सत्याग्रही
डाक्टर केसी समाजले नचिनेका हीरा हुन्। आज उहाँको स्वास्थ्य निकै नाजुक बनिसकेको छ। अहिलेको सरकार र सत्तारूढ दलमा धेरै जना डा. केसीका अनुयायी र शुभचिन्तक हुनुहुन्छ। तत्काल उहाँका जायज माग पूरा गरी डा. केसीको जीवनरक्षा र स्वास्थ्य शिक्षाको बर्बादी रोक्न सबैमा आग्रह गर्दछु।
बिहीबार, कात्तिक १९, २०८३
प्राचीन समयमा तनाव थिएन? धर्म,संस्कृति र विज्ञानद्वारा तनाव व्यवस्थापन
बिहीबार, कात्तिक १९, २०८३
डा. केसीको जीवन रक्षाका लागि चिकित्सक संघले चाल्नुपर्ने कदमबारे शुक्रबार छलफल
डा. केसीले उठाएका माग जायज रहेको र सरकारले यसअघि नै ती माग पूरा गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै संघले दुःख व्यक्त गरेको छ। उनको स्वास्थ्यमा देखिएका जटिलतालाई ध्यानमा राख्दै जीवन रक्षाका लागि तत्काल वार्ता गरी माग सम्बोधन गर्न संघले सरकारसँग आग्रह गरेको छ।
बिहीबार, कात्तिक १९, २०८३
एन्टिमाइक्रोबियल औषधि उपभोगको तथ्याङ्क नियमित सङ्कलन गर्न मन्त्री मेहताको जोड
एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसार कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधिको उपभोगको अवस्था पहिचान, अनुगमन र प्रभावकारी व्यवस्थापनका लागि तथ्याङ्कमा आधारित नीति आवश्यक रहेको बताए।
बिहीबार, कात्तिक १९, २०८३
४८ घण्टाभित्र माग सम्बोधन गर्न स्वास्थ्य व्यवसायी परिषद्लाई डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको अल्टिमेटम
परिषद्को सदस्यमा नेपाल मेडिकल काउन्सिलको प्रतिनिधिका रूपमा सिफारिस गरिएको व्यक्तिको नियुक्तिप्रति पनि एसोसिएसनले प्रश्न उठाएको छ। परिषद्विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने व्यक्तिलाई नै परिषद्को सदस्यका रूपमा प्रतिनिधित्व गराउँदा स्वार्थको द्वन्द्व उत्पन्न हुने उसको दाबी छ। त्यसैले सम्बन्धित व्यक्तिको नियुक्ति तथा परिषद्को बैठकमा सहभागिताबारे निष्पक्ष र कानुनसम्मत निर्णय गर्न माग गरिएको छ।
बिहीबार, कात्तिक १९, २०८३
कोभिडमा चर्चित डा. एमी एक्टन : २० वर्पछि रिपब्लिकनको विरासत भत्काउँदै डेमोक्र्याटबाट ओहायोकी गभर्नर
३१४ एक्सनका कार्यकारी निर्देशक पोल्याक उनलाई ‘ओहायोकी ममतामयी चिकित्सक’का रूपमा सम्झन्छन्। उनका अनुसार एक्टनले तथ्य र करुणालाई सँगसँगै राखेर नागरिकलाई महामारीको वास्तविक अवस्था बुझाएकी थिइन्।
बिहीबार, कात्तिक १९, २०८३
अमेरिकाको निर्वाचनमा चिकित्सा क्षेत्रबाट जित्नेको संख्या पनि उल्लेख्य
अमेरिकाको मध्यावधि निर्वाचनमा स्वास्थ्य तथा विज्ञान क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरू उल्लेख्य संख्यामा निर्वाचित भएका छन्। चिकित्सक, नर्स, जनस्वास्थ्यविद्, सूक्ष्मजीव वैज्ञानिकदेखि इन्जिनियर र गणितज्ञसम्मले विभिन्न राज्यबाट निर्वाचन जितेको सूची टाइमले बनाएको छ। उनीहरूमध्ये केही अमेरिकी संसद् (कंग्रेस) प्रवेश गर्दैछन् भने एक जना ओहायो राज्यको गभर्नर बन्दैछिन्।
बिहीबार, कात्तिक १९, २०८३
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रमको विकासले रोग निगरानी, रोकथाम, प्रकोप अनुसन्धान तथा जनस्वास्थ्य आपत्कालीन प्रतिकार्यका लागि दक्ष जनशक्ति विकास गर्ने महत्त्वपूर्ण आधार तयार गरेको छ। तथापि, कार्यक्रमलाई दिगो र प्रभावकारी बनाउन पर्याप्त वित्तीय स्रोतको सुनिश्चितता, दक्ष नेपाली प्रशिक्षक तथा मार्गदर्शकको विकास, तालिम प्राप्त जनशक्तिको दक्षताअनुसार परिचालन र सङ्घ, प्रदेश तथा स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ।
बिहीबार, कात्तिक १९, २०८३
१५० वर्षअघिको तुलनामा मानिसको शरीरको औसत तापक्रम घट्यो, किन?
निष्कर्षमा, ३७ डिग्री सेल्सियस मानिसको शरीरको सामान्य तापक्रमको स्थापित मानक भए पनि सबै स्वस्थ मानिसको तापक्रम यही हुन्छ भन्ने छैन। बदलिँदो स्वास्थ्य अवस्था, जीवनशैली र वातावरणले मानिसको शरीरको औसत तापक्रममा समेत परिवर्तन ल्याइरहेको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।
बिहीबार, कात्तिक १९, २०८३
डा. केसीको पक्षमा रास्वपा सांसद रञ्जु दर्शना : सत्यको आग्रह कुनै दल, सत्ता वा प्रतिपक्षको सुविधाअनुसार बदलिँदैन
‘डा. केसी न विवेकशीलका हुन्, न रास्वपाका, न कांग्रेस–एमाले–माओवादी वा अन्य कुनै दलका। उहाँ कसैका हुनुहुन्न, तर सबैका हुनुहुन्छ,’ दर्शनाले लेखेकी छन्, ‘अझ भन्नुपर्दा, उहाँ दिनदुःखी र निम्न तथा मध्यम वर्गका नागरिकको अलि बढी हुनुहुन्छ।’
बुधबार, कात्तिक १८, २०८३
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
माइली तामाङको मनमा अझै बाढीको दृश्य झलझली आइरहेको छ। उहाँजस्तै प्रभावित ज्येष्ठ नागरिकका लागि राहतको अर्थ खाद्यान्न र लत्ताकपडा उपलब्ध गराउनु मात्रै होइन, फेरि सुरक्षित महसुस गर्न सक्ने वातावरण निर्माण गर्नु पनि हो। पुनःस्थापनाको हरेक चरणमा उनीहरूको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, सम्मान र जीविकोपार्जनलाई समान महत्त्व दिन सके मात्रै विपद्पछिको पुनर्निर्माण समावेशी र दिगो बन्न सक्छ।
बुधबार, कात्तिक १८, २०८३
डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा ४ सदस्यीय समिति गठन
शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा गठित समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका सदस्य सचिव र शिक्षा मन्त्रालय एक उपसचिव प्रतिनिधि सदस्य रहेका छन्।
बुधबार, कात्तिक १८, २०८३
Previous
1
2
3
4
5
Next
सर्च गर्नुहोस्
×
Search