मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, कात्तिक १०, २०८३
Tue, Oct 27, 2026
मंगलबार, कात्तिक १०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
स्वास्थ्यकर्मी र बिरामीबीच बढ्दो द्वन्द्व : व्यक्तिगत कि प्रणालीको उपज?
विभिन्न तह र पदको कानुनी जिम्मेवारी फरक हुन सक्छ र हुन्छ पनि । पाँचौँ वा छैटौ तहको कर्मचारीले सातौँ वा आठौ तहको कर्मचारीको अधिकार स्वतः दाबी गर्न मिल्दैन। तर त्यसले पाँचौँ तहको कर्मचारीको मानवीय सम्मान कम गर्दैन। त्यसैगरी लोकसेवा प्रवेश नगरेको वा विभिन्न परिस्थितिका कारण सरकारी सेवामा आउन नसकेका व्यक्तिको योगदानलाई पनि अवमूल्यन गर्नु उचित हुँदैन।
शुक्रबार, भदौ ५, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम
संगीतको शक्ति यसको धुनमा मात्र होइन, त्यसले मानिसको मनमा पैदा गर्ने अनुभूतिमा हुन्छ। कहिलेकाहीँ एउटा मधुर धुनले औषधिले नसक्ने गरी मनलाई छुइदिन सक्छ, एउटा गीतले दबिएको भावना बाहिर ल्याउन सक्छ र एउटा परिचित आवाजले एक्लो मानिसलाई आफ्नोपनको अनुभूति दिलाउन सक्छ। त्यसैले संगीत चिकित्सा आधुनिक स्वास्थ्य सेवामा मानव मन, शरीर र भावनाबीचको सम्बन्धलाई जोड्ने एउटा संवेदनशील र सम्भावनायुक्त माध्यम बन्न सक्छ।
शुक्रबार, भदौ ५, २०८३
अन्नको भण्डार भनिने मधेशमा पोषण संकट : अब नीति परिवर्तनको समय
नेपालले विगत तीन दशकमा पोषण सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । सन् १९९६ मा ५७ प्रतिशत रहेको पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपन (क्तगलतष्लन) सन् २०२२ मा घटेर करिब २५ प्रतिशतमा पुगेको छ भने ख्याउटेपन पनि १५ प्रतिशतबाट करिब ८ प्रतिशतमा झरेको छ । यी उपलब्धि उत्साहजनक भए पनि सबै प्रदेशमा समान रूपमा देखिएको छैन । मधेस प्रदेश अझै पनि पोषणका अधिकांश सूचकहरूमा राष्ट्रिय औसतभन्दा कमजोर अवस्थामा छ।
शुक्रबार, भदौ ५, २०८३
नेपालको स्वास्थ्य सेवा क्षेत्र: प्रतिस्पर्धा, विश्वास र ब्रान्ड निर्माणको नयाँ चुनौती
जुन अस्पतालले गुणस्तर मापन गर्छ, बिरामीको अनुभव सुन्छ, सेवा सुधारलाई निरन्तर प्रक्रियाको रूपमा लिन्छ र डिजिटल नवप्रवर्तनलाई अपनाउँछ, त्यही संस्थाले भविष्यमा नेतृत्व गर्नेछ।
बिहीबार, भदौ ४, २०८३
नेपालमा संक्रामक रोग निदानकालागि प्रयोगशालाको वर्तमान अवस्था र भावी मार्ग
कुनै पनि संक्रामक रोगको सफल नियन्त्रण, उपचार र रोकथामको पहिलो कडी भनेको त्यसको सही र समयमै निदान (Diagnosis) हुनु हो। प्रयोगशाला (Laboratory) सेवा चिकित्सा विज्ञानको यस्तो मेरुदण्ड हो, जसले अदृश्य जीवाणु, विषाणु वा परजीवीलाई पहिचान गरेर चिकित्सकलाई सही उपचार पद्धतितर्फ डोर्याउँछ। यसै सन्दर्भमा,यो लेख नेपालको जनस्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन सरुवा रोग निदान गर्ने प्रयोगशालाहरूको वर्तमान अवस्थाको समीक्षा गर्न र यसको भविष्य गतिका वरिपरी केन्द्रित छ ।
बिहीबार, भदौ ४, २०८३
हाम्रो देशको लागि बन्न सक्छ नमूना : अन्य देशमा संचालित स्वास्थ्य बीमाको अभ्यास
देशको स्वास्थ्य प्रणालीलाई सफल, प्रभावकारी र सुदृढ बनाउन स्वास्थ्य बीमालाई एउटा महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्छ। यसका लागि स्वास्थ्य बीमा नै नागरिकको स्वास्थ्य सुरक्षाको एउटा महत्वपूर्ण माध्यम हो भन्ने भावना राजनीतिकर्मी, नीतिनिर्माता तथा योजनाकार सबैमा विकास हुन आवश्यक छ।
बुधबार, भदौ ३, २०८३
जनस्वास्थ्यका लागि महत्वपूर्ण एफडीएको बाटोमा फेरि अवरोध: अवसर गुमाउँदै बालेन सरकार
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आफ्नै आधिकारिक विवरणले पनि विभागको मूल उद्देश्य सुरक्षित, गुणस्तरीय र पोषणयुक्त खाद्य पदार्थको उपलब्धता सुनिश्चित गर्नु भएको देखाउँछ। विभागले खाद्य पदार्थको निरीक्षण, परीक्षण, अनुगमन र आवश्यक परे बजारबाट फिर्ता गर्ने आदेशसमेत जारी गरिरहेको छ। पछिल्ला महिनामै चाउचाउ, दाल, महलगायत खाद्य वस्तु फिर्तासम्बन्धी आदेश र डाइटरी सप्लिमेन्ट तथा न्युट्रास्युटिकलसम्बन्धी नियमनका सूचना जारी भएका छन्।
मंगलबार, भदौ २, २०८३
नेपालको स्वास्थ्य प्रणाली : वर्तमान संकटदेखि भविष्यको सबल स्वास्थ्य प्रणालीतर्फ
तथापि, स्वास्थ्य संस्थाको संख्या बढ्दै जानु, स्वास्थ्यकर्मीको उत्पादन बढ्नु र स्वास्थ्यसम्बन्धी कार्यक्रम विस्तार हुनु मात्र पर्याप्त उपलब्धि होइन। नागरिकले आफू बसेको स्थान, आर्थिक अवस्था, सामाजिक अवस्था वा भौगोलिक अवस्थाका कारण स्वास्थ्य सेवामा विभेद भोग्नु नपर्ने अवस्था सिर्जना गर्नु नै नेपालको स्वास्थ्य प्रणालीको वास्तविक सफलता हुनेछ।
मंगलबार, भदौ २, २०८३
खाद्य पदार्थ किन्दा बिल लिनुहोस्, स्वास्थ्य र अधिकार दुवै जोगाउनुहोस्
मानौँ, बजारबाट किनेको दूध पिएपछि परिवारका धेरै सदस्य बिरामी भए। वा कुनै प्याकेटबन्द खाद्य पदार्थ खाएपछि धेरै मानिसमा एउटै किसिमको समस्या देखियो। यस्तो अवस्थामा खाद्य पदार्थको स्रोत, खरिदको मिति र विक्रेता पहिचान गर्न सक्नु अनुसन्धानका लागि महत्वपूर्ण हुन्छ। उपभोक्तासँग रहेको बिलले कम्तीमा आफूले उक्त वस्तु कहाँ र कहिले खरिद गरेको थियो भन्ने प्रमाण दिन सक्छ।
सोमबार, भदौ १, २०८३
सुदूर अब दूर नाई : पर्दापछाडिको चिकित्सकीय यात्रा
प्याथोलोजी भनेको बिरामीबाट लिइएको टिस्यु, सेल वा अन्य नमुनाको वैज्ञानिक अध्ययनमार्फत रोग पहिचान गर्न सहयोग गर्ने चिकित्सा विधा हो। वास्तवमा कुनै पनि रोगको पहिचानमा यसको महत्वपूर्ण भूमिका हुन्छ। विशेषगरी क्यान्सरको डायग्नोसिसमा यसको भूमिका अझ महत्वपूर्ण हुन्छ।
सोमबार, भदौ १, २०८३
सेतो पोशाकभित्रको मौन आवाज
स्वास्थ्य संस्थामा कहिलेकाहीँ सेवा ढिलो हुन सक्छ, सञ्चारमा कमजोरी हुन सक्छ, बिरामी तथा आफन्तले अपेक्षा गरेको सेवा तत्काल उपलब्ध नहुन सक्छ। कुनै कमजोरी भए गुनासो गर्न सकिन्छ, गल्ती भए सुधारको माग गर्न सकिन्छ। बिरामी र आफन्तलाई स्वास्थ्य सेवाप्रति प्रश्न गर्ने पूर्ण अधिकार छ तर गुनासो गर्ने अधिकारले अपमान गर्ने अधिकार दिँदैन। पीडा सबैलाई हुन्छ, त्यसैले पीडामा पनि मानवता हराउनु हुँदैन।
सोमबार, भदौ १, २०८३
म्याद गुज्रिएको औषधि खाँदा ज्यान जान सक्छ? म्याद सकिएको औषधिको जोखिम कति?
म्याद गुज्रिएको औषधि खाँदा हरेक अवस्थामा ज्यान जान्छ भन्ने धारणा सही होइन। तर यसको वास्तविक जोखिम औषधिको प्रकार, भण्डारणको अवस्था र बिरामीको स्वास्थ्य अवस्थासँग सम्बन्धित हुन्छ। स्वास्थ्य सुरक्षाका लागि म्याद कटेको औषधि प्रयोग नगरी नयाँ औषधि प्रयोग गर्नु नै सबैभन्दा सुरक्षित विकल्प मानिन्छ।
आइतबार, साउन ३१, २०८३
वडामा एक स्वास्थ्य संस्था: समानान्तर संरचनाको अन्त्य नै दक्ष र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको सुरुवात
स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय र स्थानीय तहले मिलेर यस विषयमा स्पष्ट नीति, कार्यविधि र समयसीमासहितको एकीकरण योजना तत्काल तर्जुमा गर्नुपर्छ। नत्र प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापनाको संवैधानिक र सङ्घीय उपलब्धि कागजमा मात्र सीमित रहनेछ, र नागरिकले न्यूनतम मापदण्ड नपुगेको दोहोरो संरचनाबाटै सेवा लिइरहनुपर्ने बाध्यता कायमै रहनेछ।
आइतबार, साउन ३१, २०८३
स्वास्थ्य प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्ति: एकरूपता, पारदर्शिता र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
साथै, सोही नयाँ कार्यविधिका आधारमा प्राज्ञिक जगत्को मर्म, संस्थागत स्वायत्तता, योग्यता, क्षमता र निष्पक्षतालाई केन्द्रमा राखी बाँकी प्राज्ञिक तथा प्रशासनिक पदको नियुक्ति प्रक्रिया अघि बढाइयोस्। यसका लागि सम्बन्धित सबै पक्ष तथा विशेषगरी स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयसमक्ष जोडदार माग एवं हार्दिक अपिल गर्दछु।
आइतबार, साउन ३१, २०८३
डिजिटल स्वास्थ्य नीतिगत बहस: स्थानीय सिकाइबाट प्रणालीगत विस्तारतर्फ
त्यसैले निश्चित आधारभूत अनुदान, प्रमाणीकरण भएको सेवा संख्या, गुणस्तर, फलोअप तथा दुर्गम र वञ्चित समुदायको पहुँचलाई संयोजन गर्ने मिश्रित भुक्तानी मोडेल बढी उपयुक्त हुन सक्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, राज्यको प्रत्यक्ष लगानी वा राज्यका नाममा प्राप्त आर्थिक स्रोतबाट सञ्चालित सरकारी अभियान तथा गैरसरकारी कार्यक्रमले सेवा विस्तार, अपेक्षित प्रतिफल र लागत–प्रभावकारिता प्रमाणित गर्न सक्नुपर्छ। यस्तो नतिजा देखाउन नसक्ने कार्यक्रमको समयमै पुनरावलोकन गरी आवश्यक सुधार वा पुनर्संरचना गर्नुपर्छ। यसले राज्य र आमनागरिकप्रति कार्यक्रमको जवाफदेहिता सुनिश्चित गर्छ।
आइतबार, साउन ३१, २०८३
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
स्टाफ नर्सको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि आधुनिक ठूला अस्पतालहरूमा त्यति मात्र पर्याप्त हुँदैन। शिक्षण अस्पतालहरूले आफ्नै परिसरमा तालिम दिई विशेषज्ञ नर्स उत्पादन गर्ने तर आफ्नै संस्थाको संस्थागत संरचनामा यस्ता जनशक्तिको भूमिकालाई स्पष्ट रूपमा समावेश नगरेसम्म न त नर्सिङ सेवाको विस्तार हुन्छ न विशेषज्ञ नर्स उत्पादन गर्नुको औचित्य नै रहन्छ। स्नातकोत्तर गरेका विशेषज्ञहरू केवल कलेजका शिक्षकमा मात्र रोजगार हुने अवस्था छ।
बिहीबार, साउन २८, २०८३
सभ्य समाजको असली परिचय: अशक्त नागरिकलाई राज्यले गर्ने व्यवहार !
बेलायतमा अपाङ्गता भन्नाले केवल हातखुट्टा चलाउन नसक्ने वा देखिने किसिमको शारीरिक समस्या मात्र बुझिँदैन। दीर्घकालीन रोग, मानसिक स्वास्थ्य समस्या, अटिजम, सिकाइसम्बन्धी कठिनाइ, स्नायुसम्बन्धी समस्या, उमेरसँगै आउने शारीरिक कमजोरी तथा दुर्घटनाबाट भएका स्थायी असरहरू पनि अपाङ्गताको दायरामा पर्छन्। त्यसैले अपाङ्गता आजको समाजमा स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र समान अवसरसँग जोडिएको ठूलो विषय बनेको छ।
बिहीबार, साउन २८, २०८३
नियम नमान्ने मेडिकल कलेजको सिट घटाऊ, अटेरी दोहोरिए सम्बन्धन खारेज गर
कलेज सञ्चालकको दबाब, धम्की वा राजनीतिक पहुँचका अगाडि राज्य झुक्ने हो भने त्यसको मूल्य अन्ततः विद्यार्थी र आम नागरिकले तिर्नुपर्नेछ। आज एउटा मेडिकल कलेजले नियम मिच्दा त्यसलाई छुट दिने हो भने भोलि अर्को कलेजले पनि त्यही बाटो रोज्नेछ। त्यसपछि नियम पालना गर्ने संस्था कमजोर र अटेरी गर्ने संस्था शक्तिशाली बन्ने खतरनाक अवस्था सिर्जना हुनेछ।
बुधबार, साउन २७, २०८३
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
स्वास्थ्य संस्थामा नेतृत्व चयन गर्दा एउटा सरल तर गहन सिद्धान्त अपनाउन सकिन्छ - सही व्यक्ति, सही ठाउँमा । क्लिनिकल सेवामा उत्कृष्ट व्यक्तिलाई क्लिनिकल नेतृत्व दिन सकिन्छ; व्यवस्थापनमा दक्ष व्यक्तिलाई प्रशासनिक जिम्मेवारी दिन सकिन्छ; र अनुसन्धान तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट व्यक्तिलाई शैक्षिक नेतृत्व दिन सकिन्छ । अन्ततः स्वास्थ्य संस्थाको नेतृत्वले सोध्नुपर्ने प्रश्न पद कति ठूलो छ भन्ने होइन, बरु त्यो पदमा बसेको व्यक्तिले संस्था, स्वास्थ्यकर्मी र बिरामीप्रति कति इमानदार र सक्षम ढंगले जिम्मेवारी निर्वाह गर्न सक्छ भन्ने नै हो।
बुधबार, साउन २७, २०८३
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
यो अस्पताल र चिकित्सकबीच द्वन्द्व सिर्जना गर्ने विषय होइन। यो सबैका लागि न्यायपूर्ण स्वास्थ्य प्रणाली निर्माण गर्ने विषय हो। निरन्तर थकित, कम पारिश्रमिकमा काम गरिरहेको र आफ्नो भविष्यप्रति सधैँ चिन्तित चिकित्सकबाट उत्कृष्ट सेवा अपेक्षा गर्नु पनि न्यायसङ्गत हुँदैन। चिकित्सकको हेरचाह गर्नु भनेको अन्ततः बिरामीको हेरचाह गर्नु हो।
मंगलबार, साउन २६, २०८३
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
चिकित्सकहरू समाजका जीवनरक्षक हुन्, उनीहरूलाई सेतो कोटभित्रको 'आधुनिक दास' बनाउने छुट कसैलाई छैन। यदि राज्यले आज उनीहरूको जायज माग र श्रमको सम्मान गरेन भने मुलुकबाट दक्ष चिकित्सकहरूको पलायन अझ तीव्र हुनेछ र यसको प्रत्यक्ष मार अन्ततः आम नेपाली जनताले नै भोग्नुपर्नेछ। तसर्थ, राज्यले कलेज सञ्चालकहरूको हठ अगाडि नझुकी युवा डाक्टरहरूको न्यायपूर्ण माग तुरुन्त सम्बोधन गरोस्।
मंगलबार, साउन २६, २०८३
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
यहाँ मैले स्वास्थ्य सेवा दिन मात्र सिकिनँ; स्वास्थ्य समस्याको पछाडि लुकेका आर्थिक, सामाजिक, पारिवारिक र भौगोलिक कारण बुझ्न पनि सिकेँ।कुनै गाउँको स्वास्थ्य सुधार्न एउटा स्वास्थ्य संस्था पर्याप्त नहुन सक्छ। त्यसका लागि परिवारको साथ, समुदायको सहभागिता, स्थानीय सरकारको प्रतिबद्धता र स्वास्थ्यकर्मीको निरन्तर प्रयास आवश्यक हुन्छ।
मंगलबार, साउन २६, २०८३
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
मेडिकल रेकर्ड अधिकारीहरुले चिकित्सा अभिलेख तथा स्वास्थ्य तथ्यांकको व्यवस्थापन र विश्लेषण गर्छन, त्यसैको आधारमा स्वास्थ्य सूचना निर्माण गर्दछन् त्यसकारण उनीहरु तथ्यांकविद् हुन्। अस्पतालमा आएका विरामीको रोगको निदानको आधारमा रुग्णता र मृत्यु तथ्यांकको प्रवृति र ढाँचा नियमित अनुसन्धान गर्दछन् त्यसकारण उनीहरु स्वास्थ्य अनुसन्धानकर्ता हुन्।
सोमबार, साउन २५, २०८३
स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय: नेपालमा ज्ञान निर्माण र प्रकाशनको बहस
नेपालको स्वास्थ्य अनुसन्धान बारे गम्भीर बहस अगाडि राख्नुपर्छ: “हामीले अनुसन्धान गरिरहेका छौँ, तर त्यो अनुसन्धानमा कसको आवाज बोलिरहेको छ?” र अर्को बहस अझ महत्वपूर्ण छ: “हामीले ज्ञान उत्पादन गरिरहेका छौँ, तर त्यो ज्ञानले कसको जीवन परिवर्तन गरिरहेको छ?” यी दुई प्रश्नको उत्तर खोज्ने ढिला गर्नु हुदैन र यो प्रयासनै नेपालमा स्वास्थ्य अनुसन्धानलाई सामाजिक न्यायसँग जोड्ने महत्वपूर्ण सुरुवात हुन सक्छ।
सोमबार, साउन २५, २०८३
निर्वाचन सकियो, अब संस्था बलियो बनाउने सहकार्यको समय हो
सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा पनि संयमित र जिम्मेवार बनौँ। आलोचना गरौँ, तर आरोप–प्रत्यारोप र अनावश्यक विवाद नबढाऔँ। अब हामी सबैको काँधमा थप जिम्मेवारी छ। निर्वाचन सकियो। अब प्रतिस्पर्धा होइन, सहकार्यको समय हो। व्यक्ति होइन, संस्था बलियो बनाउने समय हो। समूह होइन, सम्पूर्ण चिकित्सक समुदायका लागि काम गर्ने समय हो।
आइतबार, साउन २४, २०८३
दुई थोपा विषले सिंगो पोखरी विषाक्त बनाउँछ : पलाँता अस्पतालको घटनाले दिएको एउटा गम्भीर सन्देश
केही व्यक्तिको गल्तीलाई आधार बनाएर सम्पूर्ण समाजको चरित्र चित्रण गर्नु न त न्यायसंगत हुन्छ, न त जिम्मेवार। संसारका विकसित भनिएका शहरहरूमा पनि स्वास्थ्य संस्था, विद्यालय वा सार्वजनिक सम्पत्तिमाथि आक्रमण हुने गरेका छन्। तर त्यस्ता घटनाका आधारमा सिंगो शहर वा समुदायलाई असभ्य घोषणा गरिँदैन। दोषी व्यक्ति पहिचान गरिन्छ, अनुसन्धान हुन्छ र कानुनअनुसार कारबाही गरिन्छ। यही मापदण्ड कालिकोटका हकमा पनि लागू हुनुपर्छ।
आइतबार, साउन २४, २०८३
स्तनपान सप्ताह सन्दर्भ : स्तनपानबाट सुरु हुन्छ बच्चाको भविष्य
परिवारले साथ दिनुपर्छ। स्वास्थ्यकर्मीले सही ज्ञान दिनुपर्छ। अस्पतालले अनुकूल वातावरण बनाउनुपर्छ। कार्यस्थलले सुविधा दिनुपर्छ। स्थानीय सरकारले लगानी गर्नुपर्छ। राज्यले नीति तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ।
आइतबार, साउन २४, २०८३
क्यान्सर पीडित श्रीमतीलाई पिठ्युँमा बोकेर अन्तिम यात्रामा निस्किनुपर्ने अवस्था किन आयो?
दिनको करिब तीन बजेको थियो। अफिसबाट खाजा खाने समयमा बाहिर निस्किएको थिएँ। त्यसै बेला फेसबुकमा एउटा समाचार देखेँ, 'क्यान्सरपीडित श्रीमतीलाई पिठ्युँमा बोकेर सुनकोशी पुगेका वृद्ध, सँगै नदीमा हाम फालेर बेपत्ता।'
आइतबार, साउन २४, २०८३
औषधिको गुणस्तरदेखि बजार अनुगमनसम्म : प्रदेशस्तरीय संरचना बिना प्रभावकारी नियमन असम्भव
स्पष्ट कानुनी आधार, पर्याप्त बजेट, दक्ष जनशक्ति, आधुनिक प्रविधि, विश्वसनीय परीक्षण प्रणाली, प्रभावकारी अनुगमन तथा संघ, प्रदेश र स्थानीय तहबीच सुदृढ समन्वय सुनिश्चित गर्न सके मात्र औषधि नियमन प्रणाली प्रभावकारी बन्न सक्छ।
शनिबार, साउन २३, २०८३
गोरखाका विकट विद्यालयमा मुटु रोगको खोजी: समयमै रोग पत्ता लाग्दा बच्न थाल्यो बालबालिकाको जीवन
आज विद्यालयमै गरिएको एउटा इको परीक्षणले भोलिको महँगो शल्यक्रिया रोक्न सक्छ; समयमै गरिएको एउटा सामान्य उपचारले बालबालिकाको सम्पूर्ण जीवन बचाउन सक्छ। यही कारण यस्ता कार्यक्रमलाई केही जिल्ला र स्थानीय तहमा मात्र सीमित नराखी नियमित सरकारी कार्यक्रमका रूपमा देशैभर विस्तार गर्नु आजको आवश्यकता बनेको छ।
शुक्रबार, साउन २२, २०८३
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
आइतबार, कात्तिक ८, २०८३
निजामती सेवामा ३०–५५ को प्रावधान लागू गर्न अध्यादेशको तयारी, स्वास्थ्य सेवाका कर्मचारी तत्काललाई सुरक्षित
सोमबार, कात्तिक ९, २०८३
फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउबारे प्रहरीको यस्तो छ स्पष्टीकरण
आइतबार, कात्तिक ८, २०८३
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
चिकित्सकको छवि र चलचित्रको जिम्मेवारी: ‘सूर्या’को ट्रेलरले उठाएका प्रश्न
७ मिनेट अगाडि
आकस्मिक उपचारमा स्वास्थ्य बीमा: नागरिकमैत्री सुधारको खाँचो
५ घण्टा अगाडि
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
आइतबार, कात्तिक ८, २०८३
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
आइतबार, कात्तिक ८, २०८३
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search