मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ९, २०८३
Fri, Sep 25, 2026
शुक्रबार, असोज ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
कलेजोमा बोसो जम्ने रोगको आयुर्वेद चिकित्साबाट रोकथाम, नियन्त्रण तथा उपचार
कलेजोमा जमेको बोसो सुरुवाती अवस्थामै थाहा भएमा हटाउन सकिन्छ। ५ देखि १० प्रतिशत शरीरको तौल घटाउनु सबैभन्दा उत्तम उपाय हो। गुलियो खानेकुरा बन्द गर्ने, प्रशोधित खाना नखाने र नियमित व्यायाम गर्नाले यसलाई उल्ट्याउन सकिन्छ। तर, सिरोसिस भइसकेपछि यसलाई उल्ट्याउन गाह्रो हुन्छ।
सोमबार, चैत २, २०८२
दादुरा फैलिएको ढोरपाटनमा ५ हजार ६५६ जनालाई खोप
फागुन २० गतेदेखि ढोरपाटन नगरपालिकाका यी वडाहरूमा दादुरा फैलिन थालेपछि राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले प्रभावित क्षेत्रमा तत्काल खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए।
सोमबार, चैत २, २०८२
४ महिनादेखि बेतलबी काम गर्न बाध्य जुम्लाका डाक्टरको गुनासो: 'यस्तो व्यवहार भए कर्णालीमा डाक्टर आउँदैनन्'
कर्णाली प्रदेशको दुर्गम क्षेत्रमा सेवा दिइरहेका एक चिकित्सकले चार महिनादेखि तलब नपाएको भन्दै गम्भीर गुनासो गरेका छन्। छात्रवृत्ति करारअन्तर्गत जुम्लाको कालिकाखेतु प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर आशिष प्याकुरेलले दुर्गम क्षेत्रमा सेवा दिँदा पनि प्रदेश सरकारबाट तलब नपाउँदा मन खिन्न भएको बताएका छन्।
सोमबार, चैत २, २०८२
वरिष्ठ पल्मोनोलोजिस्ट प्रा.डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा
पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आफ्नो विशेषज्ञ सेवा विस्तार गर्ने क्रममा वरिष्ठ पल्मोनरी, क्रिटिकल केयर तथा स्लीप मेडिसिन विशेषज्ञ प्रा. डा. रमेश चोखानीलाई आबद्ध गरेको छ। तीन दशकभन्दा लामो चिकित्सकीय अनुभव बटुलेका डा. चोखानी श्वासप्रश्वास तथा फोक्सो रोगको उपचारमा सक्रिय छन्।
सोमबार, चैत २, २०८२
स्वास्थ्य बीमा अब राष्ट्रिय परिचयपत्रसँग जोडियो, सेवा प्रवाह डिजिटल र सुरक्षित हुने
स्वास्थ्य बीमा सेवालाई प्रविधिमैत्री र सुरक्षित बनाउने उद्देश्यले स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी भएको छ। राष्ट्रिय परिचयपत्रमा रहेको विवरण र नम्बरलाई स्वास्थ्य बीमा प्रणालीमा आबद्ध गर्ने गरी दुई निकायबीच समझदारी-पत्रमा हस्ताक्षर भएको हो।
सोमबार, चैत २, २०८२
बालबालिकाको क्यान्सर उपचारमा सहजता: कान्ति र भक्तपुर क्यान्सर अस्पतालबीच सम्झौता
सम्झौता अनुसार अब दुवै अस्पतालका विशेषज्ञ चिकित्सकहरूले आपसी समन्वयमा बिरामीको उपचार योजना तयार गर्नेछन्। एउटा अस्पतालमा उपलब्ध नभएको सेवा वा प्रविधि अर्को अस्पतालले उपलब्ध गराउने गरी सेवा आदानप्रदानको ढोका खुलेको छ। यसबाहेक, चिकित्सकहरूको सेवा आदानप्रदान र स्वास्थ्यकर्मीहरूलाई विशेष तालिम दिने विषय पनि समझदारीमा समेटिएको छ।
सोमबार, चैत २, २०८२
यी ५ नर्सले तय गरे रास्वपाबाट संसदको यात्रा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसदको सूचीमा ५ नर्सहरु समावेश भएका छन्। जसमा प्रभा ढकाल खस आर्य समुदाय,निशा मेहता मधेसी समुदाय, कामिनी चौधरी मधेसी थारू समुदाय, सामिना मियाँ मुस्लिम समुदाय र खिमा बिक दलित समुदायबाट समानुपातिक सूचीमा पर्न सफल भएका हुन्।
सोमबार, चैत २, २०८२
ओडिशाको एससीबी अस्पतालमा आगलागी: १० बिरामीको मृत्यु
भारतको ओडिशा राज्यस्थित कटकमा रहेको प्रतिष्ठित एससीबी मेडिकल कलेज तथा अस्पतालमा सोमबार बिहान भीषण आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ। अस्पतालको ट्रमा केयर सेन्टरस्थित सघन उपचार कक्ष (आईसीयू) मा लागेको आगोका कारण उपचाररत बिरामीहरूले ज्यान गुमाएका हुन्।
सोमबार, चैत २, २०८२
रास्वपाको समानुपातिक सांसदको सूचीमा दुई डाक्टर, पाँच नर्स समावेश*
डा ओजस्वी शेरचन, डा अंकिता ठाकुर र नर्स प्रभा ढकाल, नर्स खिमा विक र समिना मिया ५७ जनाको समानुपातिक सूचीमा अटाएका हुन्। समानुपातिक सूचीमा रहेका डा मनोहर प्रधान, डा रुपक घिमिरे, डठा रञ्जित परियार र डा अंकिता ठाकुर भने समानुपातिक सांसदको सूचीमा समावेश भएनन्।
सोमबार, चैत २, २०८२
डा. मनोजकुमार गुप्तामाथि ६ महिनाको प्रोबेशन कारबाही
बाराका ३७ वर्षीय सुरेश शाह कानु पित्तथैलीको समस्या भएपछि १४ कात्तिक २०८० मा प्रभु हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि पुगेका थिए। अस्पतालमा कार्यरत डा. गुप्ताले पित्तथैलीको रिपोर्ट नआउँदै शल्यक्रियाको तयारी गर्न भनेका थिए। सोही दिन उनले शल्यक्रिया गरी पित्तथैली निकालिएको र परीक्षणका लागि पठाइएको बताएका थिए, तर रिपोर्ट उपलब्ध गराएनन्।
सोमबार, चैत २, २०८२
सल्यानमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला, थप उपचारका लागि काठमाडौं लैजाने तयारी
खोजी गर्ने क्रममा उनलाई अस्पतालकै निर्माणाधीन भवनको एक कुनामा अचेत फेला पारिएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पूर्णबहादुर केसीका अनुसार डा. साहले विषादी सेवन गरेको प्रारम्भिक अनुमान गरिएको छ।
आइतबार, चैत १, २०८२
'नेपाल फार्मा एक्स्पो' सम्पन्न
नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा सञ्चालित तीन दिने 'नेपाल फार्मा एक्स्पो २०२६' सफलतापूर्वक सम्पन्न भएको छ । ‘फर्मामा नवीनता, भोलिका लागि स्वास्थ्य’ भन्ने मूल नाराका साथ गत बिहीबारदेखि सुरु भएको उक्त एक्स्पो शनिबार समापन भएको हो।
आइतबार, चैत १, २०८२
नेपाल आँखा अस्पतालद्वारा ‘विश्व जलविन्दु सप्ताह’मा सचेतना कार्यक्रम
सप्ताहभर अस्पतालले सेवाग्राही र सर्वसाधारणलाई लक्षित गरी विभिन्न कार्यक्रम गरेको थियो। अस्पताल परिसरमा जनचेतनामूलक ब्यानर प्रदर्शन, सूचना डेस्क स्थापना र डिजिटल बोर्डमार्फत रोगका लक्षण, कारण र बच्ने उपायबारे जानकारी दिइएको थियो। साथै, सामाजिक सञ्जाल फेसबुकमार्फत विशेषज्ञ चिकित्सकहरूको भिडियो सन्देश प्रसारण गरी व्यापक प्रचार–प्रसार गरिएको अस्पतालले जनाएको छ।
आइतबार, चैत १, २०८२
गाडी चलाउँदा वाकवाकी वा बान्ता जस्तो महसुस भए के गर्ने?
गाडी चलाउँदा वाकवाकी लाग्नु, टाउको घुम्नु, पसिना आउनु वा बान्ता जस्तो महसुस हुनु धेरै मानिसले अनुभव गर्ने समस्या हो। यसलाई सामान्यतया “मोसन सिकनेस” भनिन्छ। लामो यात्रा, घुमाउरो बाटो, भीडभाड, खाली पेट, धेरै खाएको अवस्था, गाडीभित्रको गन्ध वा तनाव जस्ता कारणले यस्तो समस्या देखिन सक्छ। यदि समयमै ध्यान नदिए दुर्घटनासमेत हुन सक्छ, त्यसैले यसबारे सचेत हुनु अत्यन्त आवश्यक छ।
आइतबार, चैत १, २०८२
काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालको निःशुल्क ओपीडी सेवा निरन्तर
उनले भने, 'निःशुल्क परामर्शसँगै अस्पतालले प्रयोगशाला परीक्षण सेवामा पनि २० देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको जनाएको छ। यसले विशेषगरी आर्थिक रूपमा कमजोर तथा नियमित स्वास्थ्य परीक्षण गर्न नसक्ने नागरिकलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको अस्पताल प्रशासनले बताएको छ।'
आइतबार, चैत १, २०८२
चैत १ सम्म एक वर्षको बाँकी तलब नदिए आन्दोलनमा उत्रिने स्टार अस्पतालका मेडिकल अफिसरहरूको चेतावनी
पत्रअनुसार यसअघि २०८२ असोज २१ गते आन्दोलनरत मेडिकल अधिकृत र अस्पताल व्यवस्थापनबीच प्रत्येक महिना १० प्रतिशतका दरले बाँकी तलब भुक्तानी गर्दै जाने सहमति भएको थियो। तर उक्त सहमति हालसम्म कार्यान्वयन नभएको उनीहरूले बताएका छन्।
आइतबार, चैत १, २०८२
एनएमए निर्वाचन अघि बढाउने तयारी: बुधबार उम्मेदवारसँग छलफल गर्दै निर्वाचन समिति
एनएमएको निर्वाचन यसअघि विभिन्न कारणले प्रभावित हुँदै आएको थियो। प्रारम्भमा केही उम्मेदवारले नियम विपरीत आफ्नो नाम अन्तिम नामावलीमा समावेश नगरिएको भन्दै अदालतमा उजुरी दिएका थिए। अदालतले उनीहरूको नामसमेत समावेश गर्न आदेश दिएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने तयारी भएको थियो।
आइतबार, चैत १, २०८२
दशौं संस्करणको फर्मा एक्स्पोमा सहभागी कम्पनीका प्रतिनिधिहरू के भन्छन्?
स्वदेशी तथा विदेशी औषधि कम्पनीहरूसँगै नेपाल फर्मास्यूटिकल कम्पनीले पनि नेपालको औषधि क्षेत्रमा योगदान दिइरहेको जानकारी दिनका लागि आफ्नो कम्पनीले एक्स्पोमा स्टल राखेको कम्पनीकी एसोसिएट एन्ड जनरल म्यानेजर निश्मा बज्राचार्य बताउँछिन्।
शनिबार, फागुन ३०, २०८२
दिसामा रगत देखियो, कोलोरेक्टल क्यान्सर हुनसक्छ
कोलोरेक्टल क्यान्सर सुरुको अवस्थामा पत्ता लागेमा शल्यक्रियामार्फत पूर्ण रूपमा निको पार्न सकिन्छ। यदि रोग अगाडि बढिसकेको अवस्थामा पत्ता लाग्यो भने शल्यक्रिया, किमोथेरापी तथा रेडियोथेरापी जस्ता उपचार विधिहरू प्रयोग गरिन्छ।लक्षणहरूको प्रतीक्षा नगरी समयमै जाँच गराउनु नै सबैभन्दा सुरक्षित उपाय हो।
शनिबार, फागुन ३०, २०८२
नेपाली औषधिको विषयमा सचेतना फैलाउन ‘एपोन केयर्स’ सञ्चालनमा
नेपाली औषधि उद्योगहरूको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) ले औषधिको समुचित प्रयोग र स्वदेशी उत्पादनबारे जनचेतना फैलाउन डिजिटल प्लेटफर्म ‘एपोन केयर्स’ सञ्चालनमा ल्याएको छ।
शुक्रबार, फागुन २९, २०८२
काठमाडौंको वायु प्रदूषण गम्भीर बन्दै
काठमाडौंको आजको वायु गुणस्तर सूचकांक १८६, पीएम २.५ को मात्रा १०५.५ माइक्रोग्राम प्रति घनमिटर र पीएम १० को मात्रा ८९.६ माइक्रोग्राम प्रति घनमिटरले उपत्यकाको वायु अवस्था गम्भीर बनेको स्पष्ट देखाउँछ। यो समस्या केवल धुलो वा धुवाँको एउटा क्षणिक घटना होइन।
शुक्रबार, फागुन २९, २०८२
नेपाली औषधि उद्योगको विकासका लागि नेपाल र भारतबीच सहकार्य हुने
सहमति अनुसार दुवै पक्षले नेपाली औषधि उद्योगलाई व्यावहारिक, सामाजिक र प्राविधिक रूपमा सबल बनाउन सहकार्य गर्नेछन्। यसका साथै औषधि उत्पादनको क्षेत्रमा भित्रिएका नयाँ प्रविधि र व्यावसायिक सीप आदानप्रदान गर्न दुवै देशका प्रतिनिधिहरूबीच नियमित सेमिनार तथा गोष्ठीहरू सञ्चालन गरिनेछ।
शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको हो ।
शुक्रबार, फागुन २९, २०८२
ग्राण्डीमा १० वर्षमा १७२ जनाको सफल मिर्गौला प्रत्यारोपण
ग्राण्डी इन्टरनेशनल अस्पतालले विगत १० वर्षको अवधिमा १७२ जना बिरामीको सफल मिर्गौला प्रत्यारोपण गरेको छ। २० औँ विश्व मिर्गौला दिवसको अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा अस्पतालले सो तथ्यांक सार्वजनिक गरेको हो।
शुक्रबार, फागुन २९, २०८२
स्थानीय स्वास्थ्य सेवा: परिवर्तनको सुरुवात मबाट
आजको समयको सबैभन्दा महत्वपूर्ण माग सुशासन र पारदर्शिता हो । नेपाली जनताले स्पष्ट सन्देश दिएका छन् कि अब पारदर्शिता बिना कुनै व्यवस्था स्वीकार्य छैन । स्वास्थ्य चौकीमा उपलब्ध सेवा, औषधि र सुविधाको जानकारी सबैले देख्ने गरी सार्वजनिक गर्नुपर्छ । औषधिको स्टक, म्याद र उपलब्धताको विवरण पारदर्शी रूपमा राख्नुपर्छ।
शुक्रबार, फागुन २९, २०८२
नेपाली औषधि उद्योगीहरूले उच्च गुणस्तरीय औषधि निर्माण गरिरहेका छन् : एपोन अध्यक्ष विप्लव अधिकारी
अधिकारीले एक्सपोको उद्देश्य औषधि निर्माणमा प्रयोग हुने विश्वव्यापी प्रविधि र नविनतम उपकरणहरू प्रदर्शन गर्नु रहेको उल्लेख गर। 'यस एक्सपोले नेपाली औषधि उद्योगको क्षमता, संवेदनशीलता र गुणस्तरको प्रमाण देखाउने अवसर दिनेछ। नेपाली औषधि अब विश्व परिवेशमा प्रतिस्पर्धा गर्न सक्षम छ र झन्डै १४ मुलुकमा निर्यात भइसकेको छ,' उनले भने।
बिहीबार, फागुन २८, २०८२
ढोरपाटनमा दादुरा संक्रमण: नियन्त्रणका लागि पौने ७ हजार बालबालिकालाई खोप लगाइँदै
बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमणलाई थप विस्तार हुन नदिन स्वास्थ्य कार्यालयले वृहत् खोप अभियान सुरु गर्ने भएको छ। ढोरपाटन नगरपालिकाका वडा नं. ७, ८ र ९ मा संक्रमण तीव्र देखिएपछि १० देखि १९ वर्ष उमेर समूहका ६ हजार ७ सय ६३ बालबालिका तथा किशोर-किशोरीलाई खोप लगाउने तयारी गरिएको हो।
बिहीबार, फागुन २८, २०८२
गुणस्तर छैन भने त्यो औषधि नै हुँदैन, भ्रम नफैलाउँ : एपोन महासचिव सन्तोष बराल
उनले भने, 'यदि कुनै औषधिमा गुणस्तर नै छैन भने के त्यसलाई औषधि भन्न सकिन्छ? यदि गुणस्तर छैन भने त्यो औषधि नै हुँदैन।' उनले औषधि क्षेत्रसँग सम्बन्धित सबै निकायहरू (औषधि व्यवस्था विभाग, नेपाल औषधि लिमिटेड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, फार्मेसी काउन्सिल, मेडिकल काउन्सिल, मेडिकल एसोसिएसन लगायत)लाई औषधिको गुणस्तरबारे अनावश्यक भ्रम फैलिन नदिन जिम्मेवार भूमिका निर्वाह गर्न अनुरोध गरे।
बिहीबार, फागुन २८, २०८२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रिफ्याब भवन निर्माण सुरु
बागमती प्रदेशकै प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रमलाई व्यवस्थित बनाउन हेटौंडामा अत्याधुनिक प्रिफ्याब भवन निर्माण सुरु गरिएको छ। हेटौंडा उपमहानगरपालिका–१० स्थित टिसिएन क्षेत्रमा बिहीबार एक विशेष समारोहका बिच भवनको शिलान्यास गरिएको हो।
बिहीबार, फागुन २८, २०८२
नीति, योजना र रणनीतिहरूमा औषधि क्षेत्रलाई उच्च प्राथमिकता दिइएको छ : स्वास्थ्य सचिव डा. देवकोटा
कार्यक्रमलाई सम्बोधन गर्दै डा. देवकोटाले स्वदेशी औषधि उद्योगले नेपाली जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे। उनका अनुसार नेपालमा आवश्यक पर्ने औषधिमध्ये करिब ५० प्रतिशत औषधि स्वदेशमै उत्पादन भइरहेको छ, जसले देशको स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन सहयोग पुगेको छ।
बिहीबार, फागुन २८, २०८२
Previous
56
57
58
59
60
Next
सर्च गर्नुहोस्
×
Search