मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नौमुलेका दुर्गम बस्तीमा फैलिएको ज्वरो : स्वास्थ्यकर्मीको स्थलगत अध्ययन तथा उपचार
शनिबार, भदौ ६, २०८३
स्वास्थ्यकर्मी र बिरामीबीच बढ्दो द्वन्द्व : व्यक्तिगत कि प्रणालीको उपज?
विभिन्न तह र पदको कानुनी जिम्मेवारी फरक हुन सक्छ र हुन्छ पनि । पाँचौँ वा छैटौ तहको कर्मचारीले सातौँ वा आठौ तहको कर्मचारीको अधिकार स्वतः दाबी गर्न मिल्दैन। तर त्यसले पाँचौँ तहको कर्मचारीको मानवीय सम्मान कम गर्दैन। त्यसैगरी लोकसेवा प्रवेश नगरेको वा विभिन्न परिस्थितिका कारण सरकारी सेवामा आउन नसकेका व्यक्तिको योगदानलाई पनि अवमूल्यन गर्नु उचित हुँदैन।
शुक्रबार, भदौ ५, २०८३
बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेजीविरुद्ध डा. गोविन्द केसीको आपत्ति
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्रा. डा. गोविन्द केसीले बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेज गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै तत्काल सो निर्णय सच्याउन माग गरेका छन्।
शुक्रबार, भदौ ५, २०८३
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
नेपालमा क्यान्सर उपचारमा समान पहुँच सुनिश्चित गर्न अझै लामो यात्रा तय गर्न बाँकी छ। तर यो प्रारम्भिक अनुभवले विनयतारालाई क्यान्सर अस्पताल निर्माण गर्ने अर्को लक्ष्यतर्फ अघि बढ्न प्रेरित गरेको छ। यस्तो प्रयास सफल बनाउन स्थानीय नेतृत्व, नागरिक समाज, सरकार तथा यसलाई सँगै अघि बढाउने दृढ इच्छाशक्ति र प्रतिबद्धता भएका व्यक्तिहरूसँगको साझेदारी आवश्यक हुन्छ।
शुक्रबार, भदौ ५, २०८३
डा. मनोहर प्रधान रास्वपाको कोषाध्यक्ष मनोनित
शुक्रबार, भदौ ५, २०८३
सिभिल अस्पतालमा निजामती कर्मचारीका लागि हरेक आइतबार विशेष ओपिडी, ९ देखि १ बजेसम्म सेवा
विशेष ओपिडी सेवाबाट निजामती कर्मचारी तथा परिवारका सदस्यले बिदाको दिनमै विभिन्न विशेषज्ञ सेवा लिन सक्ने भएकाले नियमित उपचार तथा स्वास्थ्य परीक्षणमा थप सहजता हुने अस्पतालले जनाएको छ।
शुक्रबार, भदौ ५, २०८३
कटारी अस्पतालमा सुलभ फार्मेसी: औषधिमा ९५ प्रतिशतसम्म छुट, मूल्य क्युआरमा हेर्न सकिने
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहद्वारा जारी सूचना अनुसार अब बिरामी तथा सर्वसाधारणले आफ्नो मोबाइलको क्यामेराबाट क्युआर कोड स्क्यान गरी अस्पताल फार्मेसीमा उपलब्ध कुल औषधि, निःशुल्क पाइने औषधि, स-शुल्क औषधिको प्रकार, बजार मूल्य, अस्पतालको दररेट, छुट प्रतिशत, औषधिको उपलब्धताका साथै कार्यरत कर्मचारीको विवरण समेत हेर्न सक्नेछन्।
शुक्रबार, भदौ ५, २०८३
निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न स्थानीय तहलाई परिपत्र
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापनसम्बन्धी विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाएको हो।
शुक्रबार, भदौ ५, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम
संगीतको शक्ति यसको धुनमा मात्र होइन, त्यसले मानिसको मनमा पैदा गर्ने अनुभूतिमा हुन्छ। कहिलेकाहीँ एउटा मधुर धुनले औषधिले नसक्ने गरी मनलाई छुइदिन सक्छ, एउटा गीतले दबिएको भावना बाहिर ल्याउन सक्छ र एउटा परिचित आवाजले एक्लो मानिसलाई आफ्नोपनको अनुभूति दिलाउन सक्छ। त्यसैले संगीत चिकित्सा आधुनिक स्वास्थ्य सेवामा मानव मन, शरीर र भावनाबीचको सम्बन्धलाई जोड्ने एउटा संवेदनशील र सम्भावनायुक्त माध्यम बन्न सक्छ।
शुक्रबार, भदौ ५, २०८३
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त
श्रेष्ठ मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका स्वास्थ्य व्यवसायी हुन्। उजले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत जवाहरलाल नेहरू मेडिकल कलेजबाट मेडिकल रेडियोग्राफीमा स्नातक र राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गरेका छन्।
शुक्रबार, भदौ ५, २०८३
आयुर्वेद चिकित्सा परिषद्को रजिस्ट्रारमा डा.हरि शरण अर्याल
डा.अर्यालले त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसबाट बीएएमएस तथा कायचिकित्सा विषयमा एमडी गर्नुभएको छ। एमडीमा उनले स्वर्ण पदकसहित विशिष्ट श्रेणी हासिल गरेका थिए।
शुक्रबार, भदौ ५, २०८३
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी
डा. जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स)बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गर्नुभएको छ। उनले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिपसमेत गरेका छन्।
शुक्रबार, भदौ ५, २०८३
नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ
दन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा.श्रेष्ठसँग काउन्सिलको नियमन,परीक्षा,चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ।
शुक्रबार, भदौ ५, २०८३
डायपर प्रयोग सही रुपमा नहुँदा हुनसक्छ बालबालिकामा पिसाब संक्रमण
केटाकेटीलाई लगाइदिने डायपरको प्रयोग सही तरिकाले नभएको खण्डमा संक्रमण निम्त्याउन सक्छ।डायपरको अत्याधिक प्रयोगले बच्चाको यौनांग गुम्सिने र पिसाबको संक्रमण हुनसक्ने खतरा बढ्छ। यसका साथै सरसफाइमा कमी, र कब्जियतका कारण पनि बालबालिकामा पिसाबको संक्रमण हुनसक्छ ।
शुक्रबार, भदौ ५, २०८३
चार वर्षदेखि रोगले थलिएका ६ वर्षीय पर्वत परियारको केएमसीमा निःशुल्क उपचार
पर्वतको अवस्थाबारे पत्रकार पुष्प भट्टराईले शर्माका मीत तथा बाल्यकालदेखिका साथी प्रेम शाहीलाई जानकारी गराएका थिए। शाहीमार्फत जानकारी पाएपछि शर्माले पर्वतका बाबुआमासँग भिडियो कलमार्फत कुराकानी गरी पारिवारिक र आर्थिक अवस्थाबारे जानकारी लिएका थिए।
शुक्रबार, भदौ ५, २०८३
अन्नको भण्डार भनिने मधेशमा पोषण संकट : अब नीति परिवर्तनको समय
नेपालले विगत तीन दशकमा पोषण सुधारमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । सन् १९९६ मा ५७ प्रतिशत रहेको पाँच वर्षमुनिका बालबालिकाको पुड्कोपन (क्तगलतष्लन) सन् २०२२ मा घटेर करिब २५ प्रतिशतमा पुगेको छ भने ख्याउटेपन पनि १५ प्रतिशतबाट करिब ८ प्रतिशतमा झरेको छ । यी उपलब्धि उत्साहजनक भए पनि सबै प्रदेशमा समान रूपमा देखिएको छैन । मधेस प्रदेश अझै पनि पोषणका अधिकांश सूचकहरूमा राष्ट्रिय औसतभन्दा कमजोर अवस्थामा छ।
शुक्रबार, भदौ ५, २०८३
सरकार-चिकित्सक संघ सम्झौतापछि गठित कार्यदलले बुझायो प्रतिवेदन
गत साउन १३ गते भएको ५ बुँदे सहमतिको कार्यान्वयनका क्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयद्वारा गठित कार्यदलमध्ये विगतमा विभिन्न मन्त्रालय र चिकित्सक संघबीच भएका सम्झौताहरूको अध्ययन गरी कार्यान्वयन खाका तयार पार्न गठित कार्यदलले आज स्वास्थ्य मन्त्री निशा मेहतालाई प्रतिवेदन बुझाएको हो।
बिहीबार, भदौ ४, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चार पदाधिकारी पदका आकांक्षीको संक्षिप्त सूची सार्वजनिक
रजिस्ट्रार पदका लागि एकानन्द सिंह, दिपेन्द्र गौतम, प्रमोद कुमार यादव, प्रविन कुमार गिरि, राम नारायण मण्डल र श्याम लम्साल सर्टलिस्टमा परेका छन्। निर्देशक पदका लागि प्रविन कुमार गिरि, बिपिन खनाल र सुरेश वि.क. रसाइली छनोट भएका छन्।
बिहीबार, भदौ ४, २०८३
नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा कीटजन्य रोगबाट करिब १८ हजार ७ सय १० जना प्रभावित भएका थिए।
बिहीबार, भदौ ४, २०८३
जाजरकोट अस्पतालमा चिकित्सकको अभाव भएको भन्दै कार्यदलले मुख्यमन्त्रीलाई दियो जानकारी
स्थानीयवासीले जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सकको व्यवस्था गर्नुका साथै विशेषज्ञ चिकित्सकको नियमित सेवा उपलब्ध गराउन प्रदेश तथा सङ्घीय सरकारसँग माग गरेका छन् । विपद्का बेला उपचार सेवामा थप दबाब पर्ने भएकाले तत्काल अस्थायी रूपमा भए पनि चिकित्सक थप गर्नुपर्ने उनीहरूको भनाइ छ ।
बिहीबार, भदौ ४, २०८३
नारायणी अस्पतालमा गर्भवती र सुत्केरी आमाका लागि ‘केयर कम्प्यानियन कार्यक्रम’ सुरु
अस्पतालको विश्वास अनुसार कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट मातृ तथा नवजात शिशुको स्वास्थ्यमा सकारात्मक सुधार आउनुका साथै सुरक्षित मातृत्वको राष्ट्रिय लक्ष्य हासिल गर्न पनि उल्लेखनीय सहयोग पुग्नेछ।
बिहीबार, भदौ ४, २०८३
नेपालको स्वास्थ्य सेवा क्षेत्र: प्रतिस्पर्धा, विश्वास र ब्रान्ड निर्माणको नयाँ चुनौती
जुन अस्पतालले गुणस्तर मापन गर्छ, बिरामीको अनुभव सुन्छ, सेवा सुधारलाई निरन्तर प्रक्रियाको रूपमा लिन्छ र डिजिटल नवप्रवर्तनलाई अपनाउँछ, त्यही संस्थाले भविष्यमा नेतृत्व गर्नेछ।
बिहीबार, भदौ ४, २०८३
किष्ट शिक्षण अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
विल्सन रोगका कारण गम्भीर स्वास्थ्य अवस्थामा पुगेकी बालिकालाई उपचारका लागि किष्ट शिक्षण अस्पतालमा ल्याइएको थियो। प्रत्यारोपणअघि उनको स्वास्थ्य अवस्था निकै जटिल रहेको थियो। करिब एक महिनासम्म विभिन्न विशेषज्ञ चिकित्सकको संयुक्त उपचार, सघन उपचार तथा निरन्तर निगरानीमार्फत स्वास्थ्य अवस्था स्थिर बनाएपछि कलेजो प्रत्यारोपण गरिएको हो।
बिहीबार, भदौ ४, २०८३
नेपालमा संक्रामक रोग निदानकालागि प्रयोगशालाको वर्तमान अवस्था र भावी मार्ग
कुनै पनि संक्रामक रोगको सफल नियन्त्रण, उपचार र रोकथामको पहिलो कडी भनेको त्यसको सही र समयमै निदान (Diagnosis) हुनु हो। प्रयोगशाला (Laboratory) सेवा चिकित्सा विज्ञानको यस्तो मेरुदण्ड हो, जसले अदृश्य जीवाणु, विषाणु वा परजीवीलाई पहिचान गरेर चिकित्सकलाई सही उपचार पद्धतितर्फ डोर्याउँछ। यसै सन्दर्भमा,यो लेख नेपालको जनस्वास्थ्य प्रणालीलाई सुदृढ बनाउन सरुवा रोग निदान गर्ने प्रयोगशालाहरूको वर्तमान अवस्थाको समीक्षा गर्न र यसको भविष्य गतिका वरिपरी केन्द्रित छ ।
बिहीबार, भदौ ४, २०८३
बीपी प्रतिष्ठानको रजिस्ट्रारमा १८ र अस्पताल निर्देशकमा १४ आकांक्षी
बिहीबार, भदौ ४, २०८३
नेपालमा स्वास्थ्य सेवा र लैङ्गिक हिंसा प्रतिकार्य सुदृढ गर्न नयाँ साझेदारी, यूएनएफपीए र विश्व स्वास्थ्य सङ्गठनको नयाँ पहल सुरु
विगतका प्रयासले स्थानीय सरकारका नीति स्थापित गर्न र समावेशी स्वास्थ्य मापदण्ड भित्र्याउन सफलता पाए पनि नयाँ साझेदारीले कानुन र कार्यान्वयनबीचको दूरी घटाउनेतर्फ ध्यान केन्द्रित गर्नेछ। यी उपलब्धिलाई सेवा प्रवाहको थप एकीकृत ढाँचामा जोड्दै कार्यक्रमले एकीकृत सेवालाई संस्थागत गर्ने, आन्तरिक लगानी बढाउने र क्रमशः दिगो एवं राष्ट्रिय स्वामित्वका प्रणालीतर्फ सङ्क्रमण गर्ने नेपाल सरकारको प्रयासलाई सहयोग गर्नेछ।
बिहीबार, भदौ ४, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन जना निर्देशक नियुक्त
आयोगको रिक्त रहेका निर्देशक पदमा डा सन्ध्या चापागाईँ, डा सँगरत्न बज्राचार्य र डा दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् ।
बुधबार, भदौ ३, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहतासँग प्रधानमन्त्री शाहको कार्यसम्पादन सम्झौता
सम्झौताअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छताको क्षेत्रमा तय गरिएका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउँदै नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनेतर्फ मन्त्रालय केन्द्रित हुने बताइएको छ।
बुधबार, भदौ ३, २०८३
सिमरा विमानस्थलमा नेशनल मेडिकल कलेजको निःशुल्क स्वास्थ्य सहायता कक्ष
स्वास्थ्य सहायता कक्षमा नेशनल मेडिकल कलेजका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले नियमित रूपमा सेवा प्रदान गर्नेछ। विमानस्थल परिसरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध भएपछि यात्रु तथा कर्मचारीलाई आकस्मिक अवस्थामा तत्काल स्वास्थ्य परीक्षण, प्राथमिक उपचार तथा चिकित्सकीय परामर्श प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
बुधबार, भदौ ३, २०८३
स्वास्थ्य सम्बन्धी ऐन र नियमावलीहरु
बुधबार, भदौ ३, २०८३
Previous
9
10
11
12
13
Next
सर्च गर्नुहोस्
×
Search