जनकपुरधाम - मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ‘अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम’ को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
श्रम विभागमा दर्ता भएको उक्त युनियनले विधानअनुसार डा. अनिलकुमार ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो। समितिमा उपाध्यक्ष डा. राजेश कुमार शाह, सचिव अजितकुमार तिवारी, सह–सचिव ई. पवनकुमार महतो र कोषाध्यक्ष किरण यादव चयन भएका छन्।
यसैगरी सदस्यमा डा. रमेश यादव, डा. कुन्दन मिश्र, रुबी साह, विभा कर्ण, पुनम ठाकुर, कौसिल्या तिमिसिना, विना साह, अशोककुमार यादव, श्रीचन मण्डल र बंकर मेस्तर रहेका छन्।सल्लाहकार समितिमा पूर्व अध्यक्ष डा. रविन्द्रकुमार सिंह र कानुनी सल्लाहकारका रूपमा एमके झा रहने निर्णय गरिएको छ।
नयाँ कार्यसमितिले निजामती कर्मचारी बाहेक मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई विधानअनुसार सदस्यता शुल्क लिएर सदस्यता वितरण गर्ने निर्णय समेत गरेको छ।