मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, माघ १०, २०८२
Sat, Jan 24, 2026
शनिबार, माघ १०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
फार्मेसी अनुगमन टोलीमाथि आक्रमण गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउन माग
'आक्रमणमा संलग्न व्यक्तिहरूको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन हामी मन्त्रालय, जिल्ला प्रशासन कार्यालय रौतहट र नेपाल प्रहरी सँग जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ, 'यदि राज्य एस घटनाका दोषीहरुलाई कानुनी कठघरामा ल्याउन तदारुकताका साथ नलागे हाम्रो एसोसिएसन कडा कदम चाल्न बाध्य हुने छ।'
बुधबार, जेठ ७, २०८२
ग्यास्ट्रोलोजिस्ट डा शर्मा र डा कार्कीले अल्फा केयरबाट पनि सेवा दिने
कोभिडदेखि अल्फा केयर फैलिँदै गएको हो। सुरुमा कोभिड १९ का लागि सेवा दिँदै ल्याब सेवाबाट ओपीडी सेवा दिन थालेको अस्पतालका निर्देशक डा कोइरालाले बताए। प्याथोलोजिस्ट समेत रहेका निर्देशक डा कोइरालाले भने, 'सम्पूर्ण ल्याब सेवाका साथै हामीले क्लिनिकल सेवा पनि दिइरहेका छौं।'
बुधबार, जेठ ७, २०८२
बेलायती उपमन्त्रीद्वारा नेपालको स्वास्थ्य सेवा सुधारको प्रशंसा
जेनेभास्थित विश्व स्वास्थ्य सम्मेलनका क्रममा भएको भेटका क्रममा मन्त्री पौडेलले नेपालको स्वस्थ्य क्षेत्रमा पुर्याएको सहयोगका लागि बेलायत सरकारलाई आभार प्रकट गरे। मन्त्री पौडेलले आधारभूत स्वास्थ्य सेवा सुदृढ पार्नका लागि बेलायत सरकारसँग सहकार्यका क्षेत्रबारे कुराकानी गरे। साथै अस्पताल सेवा सुधारका लागि समेत मन्त्री पौडेलले बेलायतसँग सहकार्यको प्रस्ताव गरे।
बुधबार, जेठ ७, २०८२
सडकमा प्रसव पीडाले छट्पटाएकी महिलालाई सुरक्षित प्रसूती गराउने प्रहरी पुरस्कृत
अस्थायी प्रहरी बिट खैराना कैलालीमा कार्यरत उनले कैलाली जिल्ला गोदावरी नगरपालिका १ चैतन्यपुरस्थित सडकमा प्रसव पीडाले छट्पटाएकी महिलालाई सुरक्षित रुपमा प्रसूती गराएकी थिइन्।
बुधबार, जेठ ७, २०८२
लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धिका लागि युएनएफपिए र मनकामना दर्शन प्रालीबीच सहकार्य हुने
यस समझदारी मार्फत दुवै पक्षले आगामी दुई वर्षसम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनाका अवसरहरू प्रदान गर्ने वातावरण निर्माण गर्ने उल्लेख छ।
बुधबार, जेठ ७, २०८२
विश्व स्वास्थ्य सम्मेलनमा स्वास्थ्य मन्त्री पौडेलको भने- स्वास्थ्यमा पहुँच बढाउन विश्वव्यापी सहकार्य आवश्यक
नेपालसामु बढिरहेको वृद्ध जनसंख्या, न्यून जन्मदर, आन्तरिक बसाईसराई तथा नसर्ने रोग र मानसिक रोगजस्ता स्वास्थ्य चुनौती खडा भएकाले यसको सामनाका लागि विश्व समुदायसँग सहकार्यका लागि आग्रह गरे। मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण समेत नेपाली स्वास्थ्य क्षेत्र प्रभावित भएको प्रसँग उठाए।
बुधबार, जेठ ७, २०८२
सुर्तीजन्य पदार्थमा कर बढाउन किन आवश्यक?
उनले मन्त्री पौडेलले सुर्तीजन्य पदार्थको कर बढाउने विषयमा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको जानकारी दिए। सुर्तीजन्य पदार्थसहित मदिरा र गुलियो पेय पदार्थमा कर बढेर आएपछि क्यान्सर लगायतका रोगसँगै स्वास्थ्य बीमा तथा अन्य जनस्वास्थ्यका क्षेत्रमा खर्च गर्ने योजना रहेको पनि उनले जानकारी दिए।
बुधबार, जेठ ७, २०८२
बागमती सेवा समाजद्वारा कोशी र मधेश प्रदेश जिल्ला कार्यक्रम संयोजकहरूका लागि दुई दिने क्षमता अभिवृद्धि कार्यक्रम
कार्यक्रममा डा. मुक्ति खनाल, नथुनी मण्डल र गोबिन्द माझी लगायतको विज्ञहरूद्वारा महत्वपूर्ण विषयमा प्रस्तुति दिइएको थियो। डा. खनालले क्षयरोग नियन्त्रणमा रणनीतिक योजनाको आवश्यकता र नीति निर्माणको पक्षमा जोड दिए भने, नथुनी मण्डलले समुदायमा पहुँच अभिवृद्धि र समावेशी कार्यान्वयनका पक्षमा आफ्नो विचार राख्नुभयो। यस्तै, गोविन्द माझीले कार्यक्रम व्यवस्थापन र अनुगमन प्रणालीमा आधारित प्रस्तुति दिए।
बुधबार, जेठ ७, २०८२
मानसिक स्वास्थ्य जागरूकता महिनाका अवसरमा युवा लक्षित मानसिक स्वास्थ्य कार्यशाला
मानसिक स्वास्थ्य जागरूकता महिनाको सुरुवात सन् १९४९ मा संयुक्त राज्य अमेरिकामा मेन्टल हेल्थ अमेरिका (एमएचए)द्वारा सुरु गरिएको हो । यसको उद्देश्य मानसिक स्वास्थ्यप्रति जनचेतना बढाउनु, कलंक हटाउनु र भलाइ प्रवर्द्धन गर्नु हो। सन् २०२५ को मेन्टल हेल्थ अमेरिका (एमएचए) द्वारा घोषित वैश्विक नाराः 'सचेतनालाई क्रियामा रूपान्तरण गरौँ' ले मानसिक स्वास्थ्यमा व्यवहारिक परिवर्तनको आवश्यकता औंल्याउँछ।
बुधबार, जेठ ७, २०८२
व्यवसायीक स्वर प्रयोगकर्ता : चुनौती, हेरचाह र व्यवस्थापन
यदि दुई हप्ताभन्दा बढी स्वर परिवर्तन रहिरहन्छ, बोल्दा दुखाइ हुन्छ वा दैनिक सञ्चारमा समस्या उत्पन्न हुन्छ भने इएनटी विशेषज्ञ वा वाक तथा भाषा विशेषज्ञको परामर्श लिन आवश्यक छ। वाक् तथा भाषा विशेषज्ञले स्वर पुनःस्थापनामा महत्वपूर्ण भूमिका खेल्छन्।
बुधबार, जेठ ७, २०८२
मानसिक अस्पताल पाटनको निर्देशकमा डा तिवारी
डा अधिकारी २०७८ पुस १९ गतेदेखि निर्देशक बनेका थिए। साढे ३ वर्षसम्म आफूले उक्त अवसर पाएको खुशी व्यक्त गरेका छन्। अस्पताल निर्देशकको जिम्मेवारीमा नियुक्त डा तिवारीलाई कार्यकालको सफलताको शुभकामना दिएका छन्।
मंगलबार, जेठ ६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थ: कम कर, बढी असर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुर्तीजन्य पदार्थ नियन्त्रण सम्वन्धी कार्यक्रममा फोकल पसर्नका रुपमा समेत काम गरेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी डा भक्तबहादुर केसीका अनुसार नेपाल सरकारले सुर्तीजन्य पदार्थमा लगाएको करको दर अहिले ३४.५३ प्रतिशत हो। जवकी छिमेकी भारतमा ५३ प्रतिशत, पाकिस्तानमा ५६ प्रतिशत, बंगलादेश र श्रीलंकाले ७०–७० प्रतिशत कर लगाएका छन्।
मंगलबार, जेठ ६, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा विश्व पौडेल नियुक्त
नेपाल राष्ट्र बैंकको गभर्नरका रूपमा डा विश्वनाथ पौडेल नियुक्त भएका छन्।मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले १८औं गभर्नरमा डा पौडेललाई नियुक्त गरेको हो।
मंगलबार, जेठ ६, २०८२
स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन समितिमा आफ्नो प्रतिनिधि राख्न अफिनको अनुरोध
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाइएको स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको समितिमा आफ्नो प्रतिनिधि राख्न निजी स्वास्थ्य संस्थाहरुको प्रतिनिधी मुलक संस्था अफिनले माग गरेको छ।
मंगलबार, जेठ ६, २०८२
सुर्तीजन्य पदार्थमा कर वृद्धि लगायतमा सरकारलाई सांसद भुसालका ४ सुझाव
उनले सरकारलाई बुँदागत रुपमा ४ सुझाव दिएकी छिन्। उनले भनिन्, 'अधिकतम मात्रामा कर वृद्धि गर्ने, खुल्ला बिक्री वितरणमा नियन्त्रण गर्ने, प्रयोगसम्बन्धी विज्ञापनमा प्रतिबन्ध लगाउने र पाठ्यक्रममा सुर्तीजन्य पदार्थको हानिकारक असर समावेश गर्ने बताएकी हुन्।
मंगलबार, जेठ ६, २०८२
बयालपाटा अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु
सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयको सिफारिस बमोजिम सामाजिक विकास मन्त्री मेघराज खड्काको निर्देशनमा मन्त्रालयले एक जना एडभान्स एसबिए डाक्टरलाई बयालपाटा अस्पतालमा खटाएको छ।
मंगलबार, जेठ ६, २०८२
जेनेरिक औषधि उत्पादन गर्ने उद्योगलाई कर छुट दिने लगायतका नीतिगत सुधार गर्न सुझाब
जेनेरिक औषधि मात्र खरिद गर्ने देखि सुलभ फार्मेसी परियोजना मार्फत राष्ट्रिय स्तरमा एक स्वात्त निकाय बनाउनेसम्मका विषय रहेका छन्। सुलभ फार्मेसी संघ प्रदेश र स्थानीय गरि तीनवटै तहमा सञ्चालन गर्ने र त्यसका लागि सरकारले सुरुमा बिउ पुँजी उपलब्ध गराउने विषय पनि प्रतिवेदनम उल्लेख छ।
मंगलबार, जेठ ६, २०८२
प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो
प्रधानमन्त्रीको स्वास्थ्य समस्याका कारण बैठक स्थगित भएको जानकारी दिइए पनि प्रधानमन्त्री ओलीको स्वास्थ्यमा के समस्या देखिएको हो भन्ने विषयमा भने खुलाइएको छैन।
मंगलबार, जेठ ६, २०८२
हो म विदेशिँदै छु
नठाने है स्वार्थी मलाई, औधि लाग्छ माया मेरै देशको स्वर्ग लाग्छ, आफ्नै गाउँघर, बिछट्टै सुन्दर मेरो आफ्नै भेषको।
मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते
फार्मेसी दर्ता नगरी औषधि बिक्री गर्दै आएको उजुरीका आधारमा अनुगमनमा खटिएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जको टोलीमाथि आक्रमण हुँदा दुईजना कर्मचारी घाइते भएका छन्।
मंगलबार, जेठ ६, २०८२
मे अर्थात् मेलानोमा क्यान्सर जागरूकता महिना : कसरी हुन्छ छालाको क्यान्सर, जोगिने उपाय के हुन् ?
मेलानोमा क्यान्सरले डराउनु पर्ने होइन, सजग र सचेत भएर समयमै पहिचान र उपचार गर्नु पर्ने रोग हो। हाम्रो छालाले शरीरको सबैभन्दा ठूलो अंगको रूपमा हाम्रो सुरक्षा गर्छ — त्यसैले यसको हेरचाह गर्नु हाम्रो कर्तव्य हो।
मंगलबार, जेठ ६, २०८२
सुर्तीजन्य पदार्थ नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै डब्लुएचओद्धारा नेपाल पुरस्कृत
सुर्तीजन्य पदार्थको प्याकेटको सत प्रतिशत भागमा घातक चित्र र चेतावनीमुलक सन्देशले छोप्नुपर्ने निर्देशिका बनाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई डब्लुएचओले अवार्ड प्रदान गरेको हो। सत प्रतिशत भागमा घातक चित्र सहित चेतावनीमुलक सन्देश राख्ने नेपाल पहिलो मुलुक हो।
सोमबार, जेठ ५, २०८२
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू निमित्तको भरमा, दीर्घकालीन योजनामा असर
प्रतिष्ठानहरु निमित्त नेतृत्वको भरमा सञ्चालन हुँदा दीर्घकालीन योजना र प्रभावकारी सञ्चालनमा गम्भीर असर परिरहेको प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको गुनासो छ।अधिकारसहितको पूर्णाकालिन नेतृत्वको अभावमा प्रशासनिक स्थिरता, नीतिगत निर्णय र गुणस्तरीय स्वास्थ्य शिक्षा तथा सेवामा चुनौती देखिएको उनीहरुले बताएका छन्।
सोमबार, जेठ ५, २०८२
सुर्तीजन्य पदार्थ नियन्त्रणमा योगदान पुर्याएकोमा डब्लुएचओबाट स्वास्थ्य मन्त्रालय पुरस्कृत
विश्व स्वास्थ्य संगठनको ७९औं सभाका क्रममा जेनेभामा आयोजित कार्यक्रममा महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेएससले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई उक्त पुरस्कारबाट सम्मान गरेका छन्।
सोमबार, जेठ ५, २०८२
भिटामिन ‘डी’ बारे केही महत्वपूर्ण तथ्य
हाम्रो खानाबाट मात्रै हामीलाई चाहिने जति भिटामिन डी प्राप्त गर्न सजिलो छैन। अध्ययनहरूले के देखाएका छन् भने हामीलाई आवश्यक पर्ने मात्रामध्ये केवल २० प्रतिशत मात्रै भिटामिन डी हामीले खाने खानाबाट प्राप्त हुन्छ। तर जब हामी घाममा हिंड्छौ, हाम्रो शरीरको कपडाले नढाकिएका छालाले सूर्यको किरणबाटै आफूलाई चाहिने जति भिटामिन डी प्राप्त गर्छन् र प्राकृतिक रूपमै हामी भिटामिन डी उपभोग गर्न पाउँछौं।
सोमबार, जेठ ५, २०८२
चर्चित ब्रान्ड 'तुलसी चिया': गुमेको शाख फर्काउने योजनामा वैद्यखाना
तुलसी चिया कास, श्वास, रुघाखोकी, दम, प्रतिश्याय आदिमा उपयोगी हुन्छ। स्वस्थ जीवनको लागि कार्यालय वा घरमा प्रशोधित र चिनी मिसिएको दुध चिया वा कालो चिया बनाएर खानुको सट्टामा औषधीय जडिबुटीको मिश्रणबाट बनेको तुलसी चिया पिउने बानी बसाउन निर्देशक डा केसीको सुझाव छ।
सोमबार, जेठ ५, २०८२
करिब ८ हजार बिरामीहरू अङ्गदाताको पर्खाइमा छन् : सांसद गौतम
उनले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ मा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग लिन पाउने प्रावधान रहेको उल्लेख गर्दै यो प्रावधान पूर्ण रूपमा कार्यान्वयन नहुँदा बिरामीहरूको बाँच्ने आशा निराशामा परिणत भएको बताए। मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारिता बढाउन सके मिर्गौला पीडितहरूको समस्या समाधानमा ठूलो योगदान पुग्ने उनको भनाइ छ।
आइतबार, जेठ ४, २०८२
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित
आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१सर्वसम्मत रुपमा पारित गरेको हो ।
आइतबार, जेठ ४, २०८२
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
जेनेभामा स्वास्थ्य मन्त्री पाैडेलले भने- ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
आइतबार, जेठ ४, २०८२
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा एम्बुलेन्स सेवा महत्वपूर्ण रहेको छ । नेपालको परिपेक्ष्यमा दुर्गम क्षेत्रमा सहज रुपमा विशेज्ञ सेवा पाउन कठिन रहेको सन्दर्भमा कतिपय बिरामीहरुलाई समयमा नै अस्पातलमा पुरयाउन नसक्दा अकालमा नै ज्यान जान सक्ने अवस्था हुन्छ । समयमा नै बिरामी तथा घाइतेहरुलाई अस्पताल पुरयाई अकालमा ज्यान जान बाट जोगाउन एम्बुलेन्सले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
आइतबार, जेठ ४, २०८२
Previous
61
62
63
64
65
Next
सर्च गर्नुहोस्
×
Search