काठमाडौं - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जेन–जी आन्दोलन (विस २०८२ भदौँ २३ र २४ गते) की घाईते–अपाङ्ग एकता शाहलाई निःशुल्का एमबिबिएस अध्ययनको अवसर उपलब्ध गराउने विषयलाई लिएर भएको विवादमा स्पष्टीकरण दिएको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकाबाट २०८२ चैत १ गते अन्तरिम मन्त्रिपरिषदको कार्यकालमा निर्णय भएको जनाएको छ। केही उक्त निर्णयबाट प्रचलित कानुन बमोजिम अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको स्पष्ट पारेकाे छ।
साथै, जेनजी आन्दोलनमा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ को दफा ११ अन्तर्गतको प्रावधान कार्यान्वयका पृष्ठभूमिमा चिकित्सा शिक्षा आयोगकको अनुरोध र यस मन्त्रालयको नियमानुसारको प्रस्तावमा सरकारले यस्तो निर्णय लिइएको मन्त्रालयले स्पष्ट पारेको छ ।
जेन–जी आन्दोलनकी घाइते कार्ड नम्वर १६५ की एकता शाहले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक वर्ष २०८२/०८३ को लागि सञ्चालित एमबिबिएस कार्यक्रमको प्रवेश परीक्षामा ५७.५ प्राप्तांक सहित उतीर्ण गरेको पनि मन्त्रालयले जनाएको छ ।
‘प्रचलित कानुन एवं राष्टिय चिकित्सा शिक्षा ऐन, २०७५ अन्तर्गत व्यवस्था गरिएको निःशुल्का छात्रबृत्ति कोटा बाहेक अतिरिक्त कोटाको रुपमा विशेष छात्रबृत्ति कोटामा मनोनयन गरी सरकारबाट बजेट व्यवस्था गरी विशेष कार्यक्रमका रुपमा एमबिबिएस अययन गर्ने व्यवस्था चिकित्सा शिक्षा अयोगले गर्ने गरी नेपाल सरकारबाट निर्णय भएकोले यसबाट प्रचलित कानुन बमोजिम अरुकसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको बेहोरा स्पष्ट गरिन्छ ।’ प्रेस विज्ञप्तिमा उल्लेख छ ।
