बंगलादेशले कालोसूचीमा राखेका ३६ वटा मेडिकल र डेन्टल कलेजमा ७ सयभन्दा बढी नेपाली विद्यार्थी पढिरहेका छन्। बंगलादेशको शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग, मेडिकल तथा डेन्टल काउन्सिलले निलम्बन, अवैधानिक र दर्ता बन्द गर्दै यी कलेजलाई कालोसूचीमा राखेको हो।
कालोसूचीमा राखिएका कलेजको नामावली
१. नर्थन इन्टरनेसनल मेडिकल कलेज, धानमुन्डी ढाका
२. केयर मेडिकल कलेज, इकबाल रोड, मोहम्मदपुर ढाका
३. शाहबुद्दिन मेडिकल कलेज, गुल्सान ढाका
४. आइची मेडिकल कलेज, अब्दुल्लापुर ढाका
५. अब–डिन बसुन्धरा मेडिकल कलेज, साउथ केरानीगन्ज ढाका
६. सफेना डेन्टल कलेज, डिआइटी रोड ढाका
७. नर्थन मेडिकल कलेज, मेडिकल इस्ट एरिया, रंगपुर
८. सिटी मेडिकल कलेज, इटाहाटा, गाजीपुर
९. नाइटिंगेल मेडिकल कलेज, नाइटिंगेल पोइन्ट, अशुलिया
१०. बिजिसी ट्रस्ट मेडिकल कलेज, चित्तागोंग
११. जलालाबाद रागिब–रवैया मेडिकल कलेज, सिल्हेट
१२. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग
१३. गानोसास्त्य समाज भित्तिक मेडिकल कलेज, सभार
१४. द पिपुल्स युनिभर्सिटी अफ बंगलादेश
१५. युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, चित्तागोंग
१६. आइबिएआइएस युनिभर्सिटी
१७. क्वीन्स युनिभर्सिटी
१८. सिल्हेट इन्टरनेसनल युनिभर्सिटी
१९. साउर्थन युनिभर्सिटी
२०. प्रिमियर युनिभर्सिटी
२१. ब्रिटानिया युनिभर्सिटी
२२. गोनो विश्वविद्यालय
२३. आशियान मेडिकल कलेज
२४. बसुन्धरा एडडीन मेडिकल कलेज
२५. अब्दुल हमिद मेडिकल कलेज
२६. ब्रह्मानबरिया मेडिकल कलेज
२७. युनिभर्सल मेडिकल कलेज
२८. केयर मेडिकल कलेज
२९. पार्कभ्यू मेडिकल कलेज
३०. युएस बंगला मेडिकल कलेज
३१. चट्टाग्राम इन्टरनेसनल मेडिकल कलेज
३२. विक्रमपुर भुइयान मेडिकल कलेज
३३. मोनोआरा सिक्देर मेडिकल कलेज
३४. मेराइन सिटी मेडिकल कलेज
३५. शाह मक्धुम मेडिकल कलेज
३६. एचएमसिएच मेडिकल कलेज
कालोसूचीमा परेका मेडिकल कलेजहरूको नामावली बंगलादेशस्थित नेपाली दूतावासले नेपाल मेडिकल काउन्सिलमा पठाएको छ । काउन्सिलले ती कलेजमा नेपाली विद्यार्थी पढ्न जान रोक लगाइसकेको छ । तर, कन्सलटेन्सीहरूले राजनीतिक दबाबका कारण ती कलेज केही समय बन्द गरिएको र फेरि खुल्ने भन्दै विद्यार्थी झुक्याउन सुरु गरिसकेका छन्।
बंगलादेशकै मेडिकल काउन्सिलका रजिस्ट्रार डा जाहेदुलहक बसुनिया भन्छन्, ‘हामीले मान्यता दिएका ८० प्रतिशतभन्दा बढी निजी कलेजको हालत खराब छ भने कालोसूचीमा राखेकाको अवस्था के होला ? यस्ता कलेजमा पढेका विद्यार्थी कस्ता डाक्टर बन्लान् ?’ उनले नेपाली विद्यार्थी अध्ययन गर्ने कतिपय मेडिकल कलेज त दर्तासमेत नभएको बताए।