मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन २५, २०८३
Mon, Aug 10, 2026
सोमबार, साउन २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा राम आधार यादव नियुक्त
मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा राम आधार यादव नियुक्त भएका छन्।
सोमबार, माघ ५, २०८२
नेपाल फार्मेसी संघ काठमाडौं शाखाको अध्यक्षमा गोविन्द मेहेता निर्वाचित
संघको दोस्रो भेलाले मेहेताको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
आइतबार, माघ ४, २०८२
१० महिनामा नै किन राजीनामा दिए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले?
कार्यकारी निर्देशक काफ्लेले बीमा कार्यक्रमको सुधारभन्दा पनि सरकारले नै असफल बनाउन लागेको भन्दै हल्ला गर्दै हिँडेको, सुधारका प्रयासमा काम नगरेको, अस्पतालहरुलाई भुक्तानीका विषयमा अनावश्यक दुख दिने गरेको लगायतका विषयमा स्पष्टीकरण सोध्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दियो।
आइतबार, माघ ४, २०८२
‘राधा क्यान्सर सचेतना तथा हिंसा विरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार’ का लागि आवेदन आह्वान
फाउण्डेसनले स्वर्गीय पत्रकार राधा बस्यालको जन्म जयन्तीमा हरेक वर्ष आवेदन परेका पत्रकारमध्ये एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आइरहेको छ।
आइतबार, माघ ४, २०८२
आज रातिदेखि निर्वाचन आचारसंहिता लागू हुने
उम्मेदवारी मनोनयनको मिति माघ ६ गते तोकिएको छ। यसअघि नै निर्वाचन आचारसंहिता २०८२ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहिता प्रभावकारी रूपमा लागू गर्न आइतबार आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री तथा मन्त्रीहरूसँग छलफलसमेत गरेका थिए।
आइतबार, माघ ४, २०८२
नर्सहरूको सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस’को अडिसन भोलिदेखि
‘सशक्त महिला, सबल राष्ट्र’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो स्वास्थ्य पेसासँग सम्बन्धित नेपालकै एकमात्र सामाजिक सौन्दर्य प्रतियोगिता हो। प्रतियोगितामा १७ देखि २८ वर्ष उमेर समूहका नर्स तथा नर्सिङ अध्ययनरत युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। इच्छुक सहभागीका लागि ‘खल्ती’ एपमा आवेदन फारम उपलब्ध गराइएको छ।
आइतबार, माघ ४, २०८२
वीर अस्पतालको आकस्मिक कक्ष ५५ शय्यामा विस्तार, तीन महिनाभित्र ७५ शय्या पुग्ने
शय्या क्षमताको विस्तारसँगै बिरामीले सहज रुपमा सेवा पाउने अवस्था आएको र आकस्मिक कक्षमा शय्या नपाएर फर्कनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राध्यापक डा भुपेन्द्र बस्नेतले बताए।
आइतबार, माघ ४, २०८२
अनसनरत स्वास्थ्यकर्मीको माग सम्बोधनका लागि तीन सदस्यीय वार्ता समिति गठन
समितिमा मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, महाशाखा प्रमुख डा भीम प्रसाद सापकोटा र अस्पताल नर्सिङ प्रशासक नुजन शर्मा रहेका छन्।
आइतबार, माघ ४, २०८२
सोनाम ल्होसारमा भरतपुर अस्पतालको ओपिडी/ओटी सेवा आधा दिन खुल्ला रहने
अस्पतालले एक सूचना जारी गरी माघ ५ गते परेको सोनाम ल्होसारको दिन ओपिडी/ओटी सेवा दिउँसो १ बजेसम्म खुल्ला रहने जनाएको हो।
आइतबार, माघ ४, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
मन्त्री स्तरीय निर्णयबाट डा पौडेल समितिको अध्यक्षमा नियुक्त भएका हुन्।
आइतबार, माघ ४, २०८२
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
स्वास्थ्य बीमा कार्यक्रम संकटमा परिरहेका बेला डा काफ्लेको पदबाट राजीनामा आएको हो।
आइतबार, माघ ४, २०८२
नेशनल बाथरोग सेन्टरको ‘बाथरोग जागरण अभियान’ सुरु, कुटुम्बसँग स्वास्थ्यका लागि संगीतमा सहकार्य
भौतिक विज्ञान क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै त्रिभुवन विश्वविद्यालयमा ४३ वर्ष सेवा अनुभव भएकी भौतिक विज्ञान विषयकी प्राध्यापक तथा पाटन संयुक्त क्याम्पसकी पूर्व क्याम्पस प्रमुख प्राध्यापक जयश्री मल्ल अमात्यलाई उक्त अवार्ड प्रदान गरिएको हो। त्यसैगरी गणित विज्ञानमा नेपाली महिला संस्थाकी पूर्व अध्यक्ष प्राध्यापक धनकुमारी थापालाई पनि अवार्ड प्रदान गरिएको छ।
आइतबार, माघ ४, २०८२
एनएमए निर्वाचन : तोकिएको समयभित्र उम्मेदवार बन्न चाहेका सबैको मनोनयन कायम
शनिबार, माघ ३, २०८२
नेपाल फार्मेसी संघ सिरहा शाखाको अध्यक्षमा आर्यन साह निर्वाचित
मधेश प्रदेश कार्यसमिति अन्तर्गतको सिरहा शाखाको आज भएको भेलाले साहको अध्यक्षतामा नौ नयाँ कार्य समिति गठन गरेको छ।
शनिबार, माघ ३, २०८२
छैटौँ एपोन फुटसल प्रतियोगिताको उपाधि एशियन फर्मास्युटिकल्सलाई
एशियनले क्वेस्ट फर्मास्युटिकल्सलाई ६/२ को गोल अन्तरले पराजित गरेको हो।
शनिबार, माघ ३, २०८२
स्वास्थ्यकर्मीहरुको माग सम्बोधन हुनुपर्छ : नेपाल चिकित्सक संघ
संघले प्रेस विज्ञप्ति जारी गरी स्वास्थ्यकर्मीहरुले उठाएका मागहरुप्रति सरकारले बेवास्ता गरेको भन्दै उचित सम्बोधन गर्न माग गरेको हो।
शनिबार, माघ ३, २०८२
डिस्फेजिया: समयमै चिनौँ, स्वालोइङ थेरापीमार्फत सुरक्षित निलाइ सुनिश्चित गरौँ
धेरैलाई थाहा नहुन सक्छ, निल्ने प्रक्रिया पनि बोल्ने प्रक्रियाजस्तै जटिल स्नायु–मांसपेशी समन्वयमा आधारित हुन्छ। यही जटिल प्रणालीको मूल्याङ्कन र उपचार गर्ने विशेष स्वास्थ्यकर्मीलाई स्वालोइङ थेरापीका विशेषज्ञ (स्पिच एन्ड ल्याङ्ग्वेज प्याथोलोजिस्ट – एसएलपी) भनिन्छ। डिस्फेजियाको पहिचान, उपचार तथा सुरक्षित निलाइ सुनिश्चित गर्न यी विशेषज्ञहरू अग्रपङ्क्तिमा काम गर्छन्।
शनिबार, माघ ३, २०८२
संकटमा स्वास्थ्य बीमा कार्यक्रम : भुक्तानी नपाएपछि बन्द गर्दै अस्पतालहरु
बीमा बोर्डले भुक्तानी दिन नसक्दा अस्पतालहरुले धमाधम स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न सुरु गरिसकेका छन्। र, केही तयारीमा छन्।
शनिबार, माघ ३, २०८२
स्वास्थ्य व्यवसायी परिषद् विवाद : आधिकारिक धारणा र सरोकारवालाहरूको मत संकलन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयका अनुसार पेशागत समूहहरूले परिषद् ऐन संशोधनको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् भने यस विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समेत विभिन्न प्रतिक्रिया सार्वजनिक भइरहेका छन्। यस्तो अवस्थामा नीतिगत स्पष्टता आवश्यक देखिएको मन्त्रालयको ठहर छ।
शुक्रबार, माघ २, २०८२
पाँच स्वास्थ्य संगठनको आमरण अनसन दोस्रो दिन पनि जारी
हालसम्म पनि सरकारी तर्फबाट माग सुनुवाईका लागि कुनै प्रतिक्रिया नआएको उनीहरुले बताएका छन्।
शुक्रबार, माघ २, २०८२
बेलायतका सबैभन्दा कम उमेरका डिमेन्सिया बिरामीको २४ वर्षमै निधन
सामान्यतया ४५ देखि ६५ वर्ष उमेरपछि देखिने डिमेन्सिया आन्द्रेलाई भने अत्यन्तै कम उमेरमै देखिएको थियो। सन् २०२२ मा उनको व्यवहार, बोली र स्मरणशक्तिमा परिवर्तन देखिन थालेपछि परीक्षण गर्दा मस्तिष्कको तीव्र क्षय भएको पत्ता लागेको थियो। एमआरआई परीक्षणमा उनको मस्तिष्क ७० वर्षको वृद्धजस्तै देखिएको चिकित्सकहरूले बताएका थिए।
शुक्रबार, माघ २, २०८२
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
स्थानीय चिकित्सक भएको नाताले, ओपीडी बाहेक पनि बाहिरी सल्लाहका लागि हरेक दिन धेरैजसो अभिभावकहरू आफ्ना नानीबाबुहरूलाई साधारण ज्वरो, खोकी, पखाला भयो भन्दै भेट्न आउनुहुन्छ वा फोन/म्यासेजमार्फत सल्लाह माग्नुहुन्छ। धेरैजसोमा एउटा समान पृष्ठभूमि देखिन्छ :
शुक्रबार, माघ २, २०८२
पूर्वी-एसियाली क्षेत्रीय मेडिकल विद्यार्थी सम्मेलन नेपालमा सुरु
उद्घाटन समारोहमा वक्ता तथा अतिथिहरूले मानसिक स्वास्थ्य र समग्र सुस्वस्थताको महत्वबारे आफ्ना धारणा राखेका थिए। आम्सा नेपालकी अध्यक्ष सुस्मिता खतिवडाका अनुसार सम्मेलनको दोस्रो दिन (जनवरी १६) शैक्षिक गतिविधिहरू सञ्चालन गरिनेछन्। यसअन्तर्गत रिसर्च प्रतिस्पर्धा, पोस्टर प्रस्तुतीकरण प्रतियोगिता तथा चित्रकला प्रतियोगिता आयोजना गरिनेछ। विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. केदारले मानसिक स्वास्थ्यसम्बन्धी विषयमा विशेष प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ। साथै मानसिक स्वास्थ्य प्राथमिक उपचार, नृत्य–आधारित थेरापी तथा मनोवैज्ञानिक प्राथमिक उपचारसम्बन्धी कार्यशालाहरू क्रमशः गणेश अमगाइँ, डा. अञ्जला रेग्मी र डा. प्रकृति प्रधानले सञ्चालन गर्नेछन्।
शुक्रबार, माघ २, २०८२
आयुर्वेदसँग सम्बन्धित कुनै पनि भ्रामक प्रचार प्रसार नगर्न निर्देशन
परिषद्मा दर्ता भएका वा नभएका कुनै पनि व्यक्ति वा संस्थाले यस्तो कार्य गरेको पाइएमा प्रचलित ऐन, नियम बमोजिम कारबाही हुने चेतावनी दिइएको छ।
शुक्रबार, माघ २, २०८२
प्रभावकारी बन्न सकेन सरकारको ‘पेन प्याकेज’ कार्यक्रम
उक्त कार्यक्रमलाई प्रभावकारी तथा व्यवस्थित बनाउन स्थानीय तहलाई जवाफदेही बनाउने, नसर्ने रोगलाई स्पष्ट बजेट विनियोजन गर्ने, नसर्ने रोगको तथ्यांकीय व्यवस्थापन गर्नुपर्ने उनले बताईन्।
शुक्रबार, माघ २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन स्थगित
निर्वाचन समितिबाट अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रम सम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने संघले जनाएको छ।
शुक्रबार, माघ २, २०८२
नवजात शिशुलाई जन्मेको एक घण्टा भित्रै आमाको दूध अमृत पिलाउनु बराबर
शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरूसँग लड्ने तथा गर्भभन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दूधमा हुन्छ । शिशुको पेटको आकार बढेसँगै आमाको दूधको मात्रा पनि बढ्दै जान्छ । जब शिशु विस्तारै अन्य खाना खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दूध पनि क्रमशः घट्दै जान्छ । त्यसैले आमाको दूध शिशुको लागि प्रकृतिको उपयुक्त योजना र अमूल्य उपहार हो । आमाको दूधजस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाइँदैन । आमाको दूध अमृत समान हो ।
शुक्रबार, माघ २, २०८२
आपतकालिन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा
नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो।
बिहीबार, माघ १, २०८२
माग सुनुवाई नभएको भन्दै पाँच संगठनको तर्फबाट गोपाल उपाध्यायले सुरु गरे आमरण अनसन
पाँच वटा स्वास्थ्य संगठनको संयुक्त संघर्ष समिति तर्फबाट उपाध्यायको नेतृत्वमा आजदेखि काठमाडौंको सिफल चौरबाट आमरण अनसन सुरु भएको हो।
बिहीबार, माघ १, २०८२
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा
योगलाई नागरिकको जीवन पद्धती बनाउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विशेष प्राथमिकताका साथ सेवा विस्तार गरिरहेको महानिर्देशक डा यादवको दाबी छ।
बिहीबार, माघ १, २०८२
Previous
54
55
56
57
58
Next
सर्च गर्नुहोस्
×
Search