काठमाडौं- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा उपत्यका बाहिरको मतगणना सम्पन्न भएसँगै शीर्ष पदहरूमा कडा प्रतिस्पर्धा देखिएको छ। हालसम्म ४,१६७ मत गणना भइसकेको छ, अब काठमाडौं उपत्यकाको २८५८ मत गणना हुनेछ।
अध्यक्ष पदमा डा. मङ्गल रावल अग्रस्थानमा रहे पनि डा. बद्री रिजालसँगको मतान्तर निकै झिनो छ। डा रावलले १,८५९ मत (४५.१३%) प्राप्त गरेका छन् भने डा रिजालले १,७८३ मत (४३.२९%) ल्याएका छन्। डा. नारायण प्रसाद भुसाल ४७७ मतसहित तेस्रो स्थानमा छन्। यो प्रतिस्पर्धाले अन्तिम परिणाममा कुनै पनि मोड आउन सक्ने संकेत गरेको छ।
वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी १,६२८ मतसहित अग्रस्थानमा छन् भने डा. किर्तिपाल सुबेदी १,३९६ मतका साथ पछ्याइरहेका छन्।
महासचिव पदमा पनि कडा भिडन्त देखिएको छ, जहाँ डा. कालु सिंह खत्री (१,५१६) र डा. विश्वराज दवाडी (१,४९८) बीच अत्यन्त न्यून मतान्तर छ।
प्रदेश उपाध्यक्षतर्फ कर्णाली प्रदेशमा डा. रबिन खड्का र डा. सरोज गिरीबीच कडा प्रतिस्पर्धा कायम छ। अन्य प्रदेशहरूमा भने टीम बद्रीका उम्मेदवारले अग्रता केही फराकिलो बनाएका छन्।
कोषाध्यक्ष, सह–सचिव र सह–कोषाध्यक्ष पदहरूमा अग्रस्थानमा रहेका उम्मेदवारहरूले उल्लेखनीय मतान्तर बनाएका छन्। विशेष गरी सहहासचिव पदमा डा. हुलास अग्रवालले २,१२३ (५५.२१%) मतको स्पष्ट अग्रता लिएका छन्। उनलाई डा राम जीवन प्रसादले १,०४० (२७.०५%) मतसहित पछ्याएका छन्।
कोषाध्यक्षमा डा. संयुक्त आचार्य १,६९४ (४६.२२%) मतसहित अग्रस्थानमा छन्। त्यसैगरी डा. चाँदनी जैसवाल १,३११ मतसहित पछ्याइरहेकी छिन्। सह-कोषाध्यक्षमा डा. तेज्सु सिंह मल्ल १,८३८ (४८.९५%) मतसहित अघि छन् भने उनलाई डा. सुभाष गुरुङले १,४२३ (३७.९०%) मतसहित पछ्याइरहेका छन्।
सदस्य पदका लागि भने शीर्ष ६ स्थानमा पर्ने प्रतिस्पर्धा झनै रोचक बनेको छ। हालसम्म डा. अमित झा, डा. राकेश शाह, डा. सुष्मित काफ्ले, डा. हिमलाल भण्डारी, डा. शेषराज घिमिरे र डा. अरुण उप्रेती अग्रस्थानमा रहेका छन्।
निर्वाचन समितिका अनुसार अब उपत्यकाको मतगणना बाँकी रहेको छ, जसले अन्तिम नतिजामा निर्णायक भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतिस्पर्धी उम्मेदवारहरूबीचको झिनो मतान्तरका कारण अन्तिम परिणामका लागि सबैको चासो बढेको छ।
अध्यक्ष
डा. मङ्गल रावल — १,८५९ (४५.१३%) ✅ अग्रस्थान
डा. बद्री रिजाल — १,७८३ (४३.२९%)
डा. नारायण प्रसाद भुसाल — ४७७ (११.५८%)
🔹 वरिष्ठ उपाध्यक्ष
डा. सञ्जीव तिवारी — १,६२८ (४०.९८%) ✅ अग्रस्थान
डा. किर्तिपाल सुबेदी — १,३९६ (३५.१४%)
डा. अजय कुमार मिश्र — ९४९ (२३.८९%)महासचिव
डा. कालु सिंह खत्री — १,५१६ (३८.०९%) ✅ अग्रस्थान
डा. विश्वराज दवाडी — १,४९८ (३७.६४%)
डा. अमृत भुसाल — ९६६ (२४.२७%)
🌐 प्रदेश उपाध्यक्षहरू
🔸 कोशी प्रदेश
डा. रोशन खड्का — १,७६५ (४८.६९%) ✅
डा. टंक प्रसाद बराकोटी — १,३३३ (३६.७७%)
डा. हरि शंकर कार्की — ५२७ (१४.५४%)
🔸 मधेश प्रदेश
डा. अमित रञ्जन मिश्र — १,८५९ (५०.५०%) ✅
डा. उदय नारायण सिंह — १,२८२ (३४.८३%)
डा. मोहम्मद अनामुल हक — ५४० (१४.६७%)
🔸 बागमती प्रदेश
डा. सुभाष भट्टराई — १,४२८ (३७.६३%) ✅
डा. अरुण शाही — १,१५५ (३०.४३%)
डा. अकानन्द सिंह — ८१५ (२१.४८%)
डा. रुबाश नाथ योगी — ३९७ (१०.४६%)
🔸 गण्डकी प्रदेश
डा. यज्ञराज सिग्देल — १,९०३ (५३.९४%) ✅
डा. नवराज लाम्दारी — १,६२५ (४६.०६%)
🔸 लुम्बिनी प्रदेश
डा. नन्दा कुमारी गुरुङ — १,६६४ (४४.८८%) ✅
डा. सन्तोष पोखरेल — १,३९४ (३७.५९%)
डा. लक्ष्मण शर्मा — ६५० (१७.५३%)
🔸 कर्णाली प्रदेश
डा. रबिन खड्का — १,४८७ (४१.५८%) ✅
डा. सरोज गिरी — १,४५२ (४०.६०%)
डा. अनुप मंगल सामल — ६३७ (१७.८१%)
🔸 सुदूरपश्चिम प्रदेश
डा. प्रमोद जोशी — १,९२० (५४.१३%) ✅
डा. निरज अर्याल — १,६२७ (४५.८७%)
🔹 कोषाध्यक्ष
डा. संयुक्ता आचार्य — १,६९४ (४६.२२%) ✅
डा. चाँदनी जैसवाल — १,३११ (३५.७७%)
डा. बिनोद कुमार महसेठ — ६६० (१८.०१%)
🔹 सह–सचिव
डा. हुलास अग्रवाल — २,१२३ (५५.२१%) ✅
डा. राम जीवन प्रसाद — १,०४० (२७.०५%)
डा. सन्तोष अधिकारी — ६८२ (१७.७४%)
🔹 सह–कोषाध्यक्ष
डा. तेज्सु सिंह मल्ल — १,८३८ (४८.९५%) ✅
डा. सुभाष गुरुङ — १,४२३ (३७.९०%)
डा. राज कुमार दंगल — ४९४ (१३.१६%)
👥 सदस्यहरू (छ जना चयन हुने)
✅ शीर्ष ६ (निर्वाचित हुने अवस्थामा)
डा. अमित झा — १,८५२
डा. राकेश शाह — १,७१५
डा. सुष्मित काफ्ले — १,५६२
डा. हिमलाल भण्डारी — १,५०८
डा. शेषराज घिमिरे — १,५०६
डा. अरुण उप्रेती — १,४७१
❌ अन्य
डा. पाल्पसा श्रेष्ठ — १,४३१
डा. सुमेध मिश्र — १,३०२
डा. बिनाश्रेष्ठ — १,२६३
डा. आरती शाह — १,०४१
डा. दिक्ष्या बोहरा — ९८६
डा. परशुराम घिमिरे — ९८१
डा. विजय कुमार शाह — ९७८
डा. जीवन क्षेत्री — ९५४
डा. निराजन तामाङ — ९४४
डा. जेबाना अन्सारी — ८९९
डा. गणेश चौधरी — ८०७
डा. भवानी शिल्पकार — ४१५