काठमाडौं - संगठनको जारी निर्वाचनमा झन्डै ६ हजार मत गणना सम्पन्न हुँदा अध्यक्ष पदमा डा. बद्री रिजाल अग्रस्थानमा देखिएका छन्। उनले २,६६९ मत (४५.३०%) प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा. मंगल रावलले २,५०७ मत (४२.५५%) पाएका छन्। हालसम्मको परिणाम अनुसार डा. रिजाल १६२ मतले अघि रहेका छन्। डा. नारायण प्रसाद भुसाल ७१६ मत (१२.१५%) सहित तेस्रो स्थानमा छन्।
वरिष्ठ उपाध्यक्ष पदमा डा. संजीव तिवारी २,४९२ मत (४३.८२%) सहित अग्रस्थानमा छन्। डा. किर्तीपाल सुबेदी १,९५४ मत (३४.३६%) र डा. अजय कुमार मिश्र १,२४१ मत (२१.८२%) सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
महासचिव पदमा डा. विश्वराज दवाडी २,२५९ मत (३९.५५%) सहित अगाडि छन् भने डा. कालु सिंह खत्री २,०७१ मत (३६.२६%) सहित पछ्याइरहेका छन्। डा. अमृत भुसाल १,३८२ मत (२४.१९%) सहित तेस्रो स्थानमा छन्।
प्रदेशगत उपाध्यक्षतर्फ कोशी प्रदेशमा डा. रोशन खड्का, मधेश प्रदेशमा डा. अमित रञ्जन मिश्र, बागमती प्रदेशमा डा. सुभाष भट्टराई, गण्डकी प्रदेशमा डा. यज्ञराज सिग्देल, लुम्बिनी प्रदेशमा डा. नन्दा कुमारी गुरुङ, कर्णाली प्रदेशमा डा. रबिन खड्का र सुदूरपश्चिम प्रदेशमा डा. प्रमोद जोशी अग्रस्थानमा रहेका छन्।
कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य, सहसचिवमा डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसु सिंह मल्ल अग्रस्थानमा देखिएका छन्।
सदस्य पदतर्फ ६ जना चयन हुने व्यवस्था अनुसार डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. सुष्मित काफ्ले, डा. शेषराज घिमिरे र डा. बिना श्रेष्ठ हालसम्म अग्रस्थानमा रहेका छन्।
हालसम्म कुल ५,९६५ मतपत्र गणना भइसकेको छ भने केही मत बदर भएका छन्। मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।