काठमाडौं- नेपाल मेडिकल एसोसिएसन (एनएमए) को निर्वाचन अन्तर्गत हालसम्म ६४८ मत गणना हुँदा विभिन्न पदहरूमा प्रतिस्पर्धीबीच प्रतिष्पर्धा देखिएको छ। अधिकांश पदमा स्पष्ट अग्रता देखिए पनि केहीमा मतान्तर निकै झिनो रहेको छ।
अध्यक्ष पदमा डा. मङ्गल रावल ३२८ मत (५०.८५%) सहित अग्रस्थानमा छन्। उनलाई पछ्याउँदै डा. बद्री रिजालले २५४ मत (३९.३८%) प्राप्त गरेका छन् भने डा. नारायण प्रसाद भुसालले ६३ मत (९.७७%) ल्याएका छन्।
वरिष्ठ उपाध्यक्षमा डा. संजीव तिवारी २७४ मत (४३.९८%) सहित अगाडि छन्। डा. किर्तिपाल सुवेदी २५३ मत (४०.६१%) सहित नजिकै छन् भने डा. अजय कुमार मिश्रले ९६ मत (१५.४१%) पाएका छन्।
महासचिव पदमा प्रतिस्पर्धा अत्यन्तै कडा देखिएको छ। डा. बिश्वराज दवाडी २३८ मत (३८.१४%) सहित अग्रस्थानमा छन् भने डा. कालु सिंह खत्री २३५ मत (३७.६६%) सहित नजिकै छन्। डा. अमृत भुसालले १५१ मत (२४.२०%) प्राप्त गरेका छन्।
प्रदेश अनुसार उपाध्यक्ष
कोशी प्रदेश
डा. रोशन खड्का — २७५ (४९.५५%)
डा. टंका प्रसाद बराकोटी — २११ (३८.०२%)
डा. हरि शंकर कार्की — ६९ (१२.४३%)
मधेश प्रदेश
डा. अमित रञ्जन मिश्र — २९३ (५३.४७%)
डा. उदय नारायण सिंह — १६८ (३०.६६%)
डा. मोहम्मद अनामुल हक — ८७ (१५.८८%)
बागमती प्रदेश
डा. सुवास भट्टराई — २०७ (३६.००%)
डा. अरुण शाही — २०५ (३५.६५%)
डा. रुबाश नाथ योगी — ८४ (१४.६१%)
डा. अकानन्द सिंह — ७९ (१३.७४%)
गण्डकी प्रदेश
डा. यज्ञराज सिग्देल — २७९ (५१.९६%)
डा. नवराज लाम्दारी — २५८ (४८.०४%)
लुम्बिनी प्रदेश
डा. नन्दा कुमारी गुरुङ — २७४ (४६.६८%)
डा. सन्तोष पोखरेल — २१८ (३७.१४%)
डा. लक्ष्मण शर्मा — ९५ (१६.१८%)
कर्णाली प्रदेश
डा. सरोज गिरी — २४२ (४२.४६%)
डा. रबिन खड्का — २२३ (३९.१२%)
डा. अनुप मंगल समाल — १०५ (१८.४२%)
सुदूरपश्चिम प्रदेश
डा. प्रमोद जोशी — ३३२ (५६.७५%)
डा. निरज अर्याल — २५३ (४३.२५%)
अन्य पदहरूको अवस्था
कोषाध्यक्ष (१ सिट)
डा. संयुक्ता आचार्य — २८८ (५०.६२%)
डा. चाँदनी जैसवाल — १९८ (३४.८०%)
डा. विनोद कुमार महसेठ — ८३ (१४.५९%)
सह–सचिव (१ सिट)
डा. हुलास अग्रवाल — ३५१ (५९.६९%)
डा. राम जीवन प्रसाद — १२७ (२१.६०%)
डा. सन्तोष अधिकारी — ११० (१८.७१%)
सह–कोषाध्यक्ष (१ सिट)
डा. तेज्सु सिंह मल्ल — ३१८ (५५.११%)
डा. सुवास गुरुङ — १९० (३२.९३%)
डा. राजकुमार दंगल — ६९ (११.९६%)
सदस्य (६ सिट – अग्रस्थान)
डा. अरुण उप्रेती — ३०६
डा. हिमलाल भण्डारी — २७३
डा. अमित झा — २६९
डा. शेषराज घिमिरे — २५५
डा. सुष्मित काफ्ले — २४१