काठमाडौं — नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनमा १,००१ मत गणना सकिँदा अध्यक्ष पदमा डा. मङ्गल रावल अग्रस्थानमा रहेका छन् भने उनका प्रतिस्पर्धी डा. बद्री रिजाल नजिकिँदै पछ्याइरहेका छन्।
पछिल्लो मत परिणामअनुसार डा. रावलले ४६५ मत (४६.७३ प्रतिशत) प्राप्त गरेका छन्। डा. रिजालले ४०९ मत (४१.११ प्रतिशत) ल्याउँदै मतान्तर घटाउने क्रममा छन्। तेस्रो स्थानमा रहेका डा. नारायण प्रसाद भुसालले १२१ मत (१२.१६ प्रतिशत) पाएका छन्।
वरिष्ठ उपाध्यक्षतर्फ कडा प्रतिस्पर्धा देखिएको छ। डा. किर्तिपाल सुवेदी ३९८ मतसहित अग्रस्थानमा रहँदा डा. संजीव तिवारी ३७८ मतसहित झिनो अन्तरमा पछ्याइरहेका छन्। महासचिव पदमा डा. कालु सिंह खत्री ३६५ मतसहित अगाडि छन् भने डा. बिश्वराज दवाडी ३३५ मतसहित दोस्रो स्थानमा छन्।
प्रदेश संयोजकतर्फ अधिकांश क्षेत्रमा टिम बद्रीका उम्मेदवारको अग्रता कायम रहेको देखिन्छ।
कोषाध्यक्ष पदमा डा. संयुक्ता आचार्य अगाडि रहँदा सह–सचिवमा डा. हुलास अग्रवाल र सह–कोषाध्यक्षमा डा. तेज्सु सिंह मल्लले स्पष्ट अग्रता कायम गरेका छन्।
सदस्य पदतर्फ डा. हिमलाल भण्डारी, डा. अरुण उप्रेती, डा. शेषराज घिमिरेलगायत उम्मेदवारहरू शीर्ष स्थानमा छन्। कुल ६ सदस्य चयन हुने व्यवस्था रहेको छ।
मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ। प्रतिस्पर्धा अधिकांश पदमा कडा देखिएकाले अन्तिम परिणामसम्म रोचकता कायम रहने देखिएको छ।
गणना भएका मत: १,००१
**अध्यक्ष – १ सिट**
1. डा. मङ्गल रावल — ४६५ (४६.७३%) ✅
2. डा. बद्री रिजाल — ४०९ (४१.११%)
3. डा. नारायण प्रसाद भुसाल — १२१ (१२.१६%)
**वरिष्ठ उपाध्यक्ष – १ सिट**
1. डा. किर्तिपाल सुवेदी — ३९८ (४१.८५%) ✅
2. डा. संजीव तिवारी — ३७८ (३९.७५%)
3. डा. अजय कुमार मिश्र — १७५ (१८.४०%)
**महासचिव – १ सिट**
1. डा. कालु सिंह खत्री — ३६५ (३९.३७%) ✅
2. डा. बिश्वराज दवाडी — ३३५ (३६.१४%)
3. डा. अमृत भुसाल — २२७ (२४.४९%)
उपाध्यक्ष (प्रदेश संयोजक)**
**कोशी प्रदेश**
1. डा. रोशन खड्का — ३७५ (४४.७०%) ✅
2. डा. टंका प्रसाद बराकोटी — ३३५ (३९.९३%)
3. डा. हरि शंकर कार्की — १२९ (१५.३८%)
**मधेश प्रदेश**
1. डा. अमित रञ्जन मिश्र — ४०९ (४८.६९%) ✅
2. डा. उदय नारायण सिंह — २८७ (३४.१७%)
3. डा. मोहम्मद अनामुल हक — १४४ (१७.१४%)
**बागमती प्रदेश**
1. डा. सुवास भट्टराई — ३३१ (३७.६६%) ✅
2. डा. अरुण शाही — २९६ (३३.६७%)
3. डा. अकानन्द सिंह — १३७ (१५.५९%)
4. डा. रुबाश नाथ योगी — ११५ (१३.०८%)
**गण्डकी प्रदेश**
1. डा. यज्ञराज सिग्देल — ४३६ (५४.०९%) ✅
2. डा. नवराज लाम्दारी — ३७० (४५.९१%)
**लुम्बिनी प्रदेश**
1. डा. सन्तोष पोखरेल — ४४४ (४७.५४%) ✅
2. डा. नन्दा कुमार गुरुङ — ३१३ (३३.५१%)
3. डा. लक्ष्मण शर्मा — १७७ (१८.९५%)
**कर्णाली प्रदेश**
1. डा. रबिन खड्का — ३४९ (४२.०५%) ✅
2. डा. सरोज गिरी — ३२५ (३९.१६%)
3. डा. अनुप मंगल समाल — १५६ (१८.८०%)
**सुदूरपश्चिम प्रदेश**
1. डा. प्रमोद जोशी — ४५५ (५४.३६%) ✅
2. डा. निरज अर्याल — ३८२ (४५.६४%)
**कोषाध्यक्ष – १ सिट**
1. डा. संयुक्ता आचार्य — ४०७ (४८.६३%) ✅
2. डा. चाँदनी जैसवाल — २९७ (३५.४८%)
3. डा. विनोद कुमार महसेठ — १३३ (१५.८९%)
**सह–सचिव – १ सिट**
1. डा. हुलास अग्रवाल — ४८५ (५५.३०%) ✅
2. डा. राम जीवन प्रसाद — १९९ (२२.६९%)
3. डा. सन्तोष अधिकारी — १९३ (२२.०१%)
सह–कोषाध्यक्ष – १ सिट**
1. डा. तेज्सु सिंह मल्ल — ४४२ (५२.१२%) ✅
2. डा. सुवास गुरुङ — २९२ (३४.४३%)
3. डा. राजकुमार दंगल — ११४ (१३.४४%)
सदस्य – शीर्ष १०**
1. डा. हिमलाल भण्डारी — ४८८ (४८.७५%)
2. डा. अरुण उप्रेती — ४२६ (४२.५६%)
3. डा. शेषराज घिमिरे — ४०५ (४०.४६%)
4. डा. अमित झा — ३६९ (३६.८६%)
5. डा. सुष्मित काफ्ले — ३४७ (३४.६७%)
6. डा. पल्पसा श्रेष्ठ — ३३१ (३३.०७%)
7. डा. निराजन तामाङ — ३०१ (३०.०७%)
8. डा. राकेश शाह — २९६ (२९.५७%)
9. डा. बिना श्रेष्ठ — २९० (२८.९७%)
10. डा. सुमेध मिश्र — २८५ (२८.४७%)