काठमाडौं — नेपाल मेडिकल एसोसिएसन (एनएमए) को जारी निर्वाचनमा मतगणना जारी रहँदा अध्यक्ष पदमा डा. बद्री रिजाल झिनो अन्तरले अग्रस्थानमा देखिएका छन्। हालसम्मको मतपरिणामअनुसार उनले २,०२६ मत (४४.१५%) प्राप्त गर्दै डा. मंगल रावललाई मात्र २ मतले पछि पारेका छन्। रावलले २,०२४ मत (४४.११%) पाएका छन् भने डा. नारायण प्रसाद भुसाल ५३९ मत (११.७५%) सहित तेस्रो स्थानमा छन्।
कुल ४,६४२ मत गणना हुँदा ४,५८९ मत वैध र ५३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ।
यस्तै, वरिष्ठ उपाध्यक्ष पदमा डा. सञ्जीव तिवारी १,८५९ मत (४२.०५%) सहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिस्पर्धी डा. किर्तीपाल सुबेदीले १,५३१ मत (३४.६३%) प्राप्त गरेका छन् भने डा. अजय कुमार मिश्र १,०३१ मत (२३.३२%) सहित तेस्रो स्थानमा छन्।
महासचिव पदतर्फ डा. विश्वराज दवाडी १,६९६ मत (३८.४६%) सहित अघि छन्। उनलाई डा. कालु सिंह खत्रीले १,६४२ मत (३७.२३%) सहित पछ्याइरहेका छन् भने डा. अमृत भुसाल १,०७२ मत (२४.३१%) सहित तेस्रो स्थानमा छन्।
प्रदेश उपाध्यक्ष (कोशी प्रदेश संयोजक)
डा. रोशन खड्का — १,९९४ मत (४९.२७%)
डा. टंक प्रसाद बराकोटी — १,४६४ मत (३६.१७%)
डा. हरिशंकर कार्की — ५८९ मत (१४.५५%)
प्रदेश उपाध्यक्ष (मधेश प्रदेश संयोजक)
डा. अमित रञ्जन मिश्र — २,०७९ मत (५०.७८%)
डा. उदय नारायण सिंह — १,४०५ मत (३४.३२%)
डा. मोहम्मद अनामुल हक — ६१० मत (१४.९०%)
प्रदेश उपाध्यक्ष (बागमती प्रदेश संयोजक)
डा. सुभाष भट्टराई — १,५९० मत (३७.५५%)
डा. अरुण शाही — १,३१६ मत (३१.०८%)
डा. एकानन्द सिंह — ८८६ मत (२०.९३%)
डा. रुबश नाथ योगी — ४४२ मत (१०.४४%)
प्रदेश उपाध्यक्ष (गण्डकी प्रदेश संयोजक)
डा. यज्ञराज सिग्देल — २,०७८ मत (५२.९६%)
डा. नवराज लम्दारी— १,८४६ मत (४७.०४%)
प्रदेश उपाध्यक्ष (लुम्बिनी प्रदेश संयोजक)
डा. नन्दा कुमारी गुरुङ — १,८८१ मत (४५.४५%)
डा. सन्तोष पोखरेल — १,५२४ मत (३६.८२%)
डा. लक्ष्मण शर्मा — ७३४ मत (१७.७३%)
प्रदेश उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक)
डा. रबिन खड्का — १,६३९ मत (४१.१०%)
डा. सरोज गिरी — १,६०५ मत (४०.२५%)
डा. अनुप मंगल सामल — ७४४ मत (१८.६६%)
प्रदेश उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश संयोजक)
डा. प्रमोद जोशी — २,२०१ मत (५५.४१%)
डा. निरज अर्याल — १,७७१ मत (४४.५९%)
कोषाध्यक्ष
डा. संयुक्त आचार्य — १,९५८ मत (४७.६७%)
डा. चाँदनी जैसवाल — १,४३४ मत (३४.९२%)
डा. विनोद कुमार महासेठ — ७१५ मत (१७.४१%)
सह–सचिव
डा. हुलास अग्रवाल — २,३६४ मत (५५.२६%)
डा. राम जीवन प्रसाद — १,११५ मत (२६.०६%)
डा. सन्तोष अधिकारी — ७९९ मत (१८.६८%)
सह–कोषाध्यक्ष
डा. तेजसु सिंह मल्ल — २,०७६ मत (४९.४८%)
डा. सुभाष गुरुङ — १,५६० मत (३७.१८%)
डा. राज कुमार दंगाल — ५६० मत (१३.३५%)
सदस्य (६ जना चयन हुने)
डा. अमित झा — १,९८८ मत
डा. राकेश शाह — १,८९४ मत
डा. सुष्मित काफ्ले — १,७२६ मत
डा. शेषराज घिमिरे — १,६६३ मत
डा. पाल्पसा श्रेष्ठ — १,६४७ मत
डा. हिमलाल भण्डारी — १,६४६ मत
डा. अरुण उप्रेती — १,६०७ मत
डा. बिना श्रेष्ठ — १,४७७ मत
डा. सुमेध मिश्र — १,४६२ मत
डा. आरती शाह — १,१५४ मत
डा. परशुराम घिमिरे — १,१०७ मत
डा. दीक्षा बोहरा — १,०८७ मत
डा. विजय कुमार शाह — १,०५७ मत
डा. निराजन तामाङ — १,०५० मत
डा. जीवन क्षेत्री — १,०४७ मत
डा. जेबाना अन्सारी — १,००९ मत
डा. गणेश चौधरी — ८७९ मत
डा. भवानी शिल्पकार — ४९९ मत