काठमाडौं - नेपाल चिकित्सक संघ (एनएमए) को जारी निर्वाचनमा अध्यक्ष पदतर्फ प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ। पछिल्लो मतगणनाअनुसार डा. मङ्गल रावल अग्रस्थानमा कायम रहँदा उनका मुख्य प्रतिस्पर्धी डा. बद्री रिजालले मतान्तर घटाउँदै कडा टक्कर दिएका छन्।
८२१ मत गणना सकिँदा डा. रावलले ३९५ मत (४८.४१ प्रतिशत) प्राप्त गरेका छन् भने डा. रिजाल ३३३ मत (४०.८१ प्रतिशत) सहित दोस्रो स्थानमा छन्। यसअघि रहेको मतान्तरलाई उल्लेखनीय रूपमा घटाउँदै डा. रिजालले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएका हुन्। डा. नारायण प्रसाद भुसाल भने ८८ मत (१०.७८ प्रतिशत) सहित तेस्रो स्थानमा छन्।
मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम कस्तो आउने भन्नेबारे उत्सुकता बढेको छ। अध्यक्षसहित अन्य पदहरूमा पनि कडा प्रतिस्पर्धा देखिएको छ भने केही पदमा मतान्तर निकै न्यून रहँदा परिणाम अन्तिम चरणसम्म अनिश्चित देखिएको छ।
अध्यक्ष – १ सिट
डा. मङ्गल रावल — ३९५ (४८.४१%) ✅ अग्रस्थान
डा. बद्री रिजाल — ३३३ (४०.८१%)
डा. नारायण प्रसाद भुसाल — ८८ (१०.७८%)
वरिष्ठ उपाध्यक्ष – १ सिट
डा. किर्तिपाल सुवेदी — ३२५ (४१.६७%) ✅ अग्रस्थान
डा. संजीव तिवारी — ३२४ (४१.५४%)
डा. अजय कुमार मिश्र — १३१ (१६.७९%)
महासचिव – १ सिट
डा. कालु सिंह खत्री — ३०२ (३८.५७%) ✅ अग्रस्थान
डा. बिश्वराज दवाडी — २९२ (३७.२९%)
डा. अमृत भुसाल — १८९ (२४.१४%)
उपाध्यक्ष (प्रदेश संयोजक)
कोशी प्रदेश
डा. रोशन खड्का — ३१९ (४६.५७%) ✅
डा. टंका प्रसाद बराकोटी — २७२ (३९.७१%)
डा. हरि शंकर कार्की — ९४ (१३.७२%)
मधेश प्रदेश
डा. अमित रञ्जन मिश्र — ३४८ (५०.८०%) ✅
डा. उदय नारायण सिंह — २२७ (३३.१४%)
डा. मोहम्मद अनामुल हक — ११० (१६.०६%)
बागमती प्रदेश
डा. सुवास भट्टराई — २६७ (३७.२४%) ✅
डा. अरुण शाही — २४९ (३४.७३%)
डा. अकानन्द सिंह — १०४ (१४.५०%)
डा. रुबश नाथ योगी — ९७ (१३.५३%)
गण्डकी प्रदेश
डा. यज्ञराज सिग्देल — ३५३ (५३.५७%) ✅
डा. नवराज लाम्दारी — ३०६ (४६.४३%)
लुम्बिनी प्रदेश
डा. सन्तोष पोखरेल — ३३६ (४४.३३%) ✅
डा. नन्दा कुमार गुरुङ — २८७ (३७.८६%)
डा. लक्ष्मण शर्मा — १३५ (१७.८१%)
कर्णाली प्रदेश
डा. रबिन खड्का — २९० (४१.२५%) ✅
डा. सरोज गिरी — २८५ (४०.५४%)
डा. अनुप मंगल समाल — १२८ (१८.२१%)
सुदूरपश्चिम प्रदेश
डा. प्रमोद जोशी — ३९४ (५५.१०%) ✅
डा. निरज अर्याल — ३२१ (४४.९०%)
कोषाध्यक्ष – १ सिट
डा. संयुक्ता आचार्य — ३५३ (४९.८६%) ✅
डा. चाँदनी जैसवाल — २५१ (३५.४५%)
डा. विनोद कुमार महसेठ — १०४ (१४.६९%)
सह–सचिव – १ सिट
डा. हुलास अग्रवाल — ४२३ (५७.३९%) ✅
डा. राम जीवन प्रसाद — १६५ (२२.३९%)
डा. सन्तोष अधिकारी — १४९ (२०.२२%)
सह–कोषाध्यक्ष – १ सिट
डा. तेज्सु सिंह मल्ल — ३९२ (५४.६७%) ✅
डा. सुवास गुरुङ — २३८ (३३.१९%)
डा. राजकुमार दंगल — ८७ (१२.१३%)
सदस्य – ६ सिट
डा. हिमलाल भण्डारी — ३९१ (४७.६२%)
डा. अरुण उप्रेती — ३७० (४५.०७%)
डा. शेषराज घिमिरे — ३३९ (४१.२९%)
डा. अमित झा — ३२२ (३९.२२%)
डा. सुष्मित काफ्ले — ३०० (३६.५४%)
डा. पल्पसा श्रेष्ठ — २७९ (३३.९८%)
डा. राकेश शाह — २६७ (३२.५२%)
डा. बिना श्रेष्ठ — २५७ (३१.३०%)
डा. सुमेध मिश्र — २४९ (३०.३३%)
डा. निराजन तामाङ — २२७ (२७.६५%)