काठमाडौं - नेपाल चिकित्सक संघको निर्वाचन अन्तर्गत काठमाडौं उपत्यका बाहिरको मतगणना सकिएको छ। पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष पदमा डा. मंगल रावलले अग्रता लिइरहेका छन्। काठमाडौं उपत्यका बाहिरका विभिन्न मतदान केन्द्रहरूबाट खसेको कुल ४,२४२ मत गणना भइसक्दा डा. रावलले १,८९५ मत प्राप्त गरेका छन्।
उनलाई डा. बद्री रिजालले १,८१७ मतका साथ कडा प्रतिस्पर्धा दिइरहेका छन्। अध्यक्षका अर्का उम्मेदवार डा. नारायण प्रसाद भुसालले ४८२ मत प्राप्त गरेका छन्।
उपत्यका बाहिरको गणना सकिएसँगै अब काठमाडौं उपत्यकाको मत गणना सुरु हुने तयारीमा छ।
वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडीले अग्रता लिएका छन्। महासचिव पदमा डा. दवाडी र डा. कालु सिंह खत्रीबीच निकै प्रतिस्पर्धा देखिएको छ, जहाँ उहाँहरूबीच मात्र ४ मतको अन्तर छ।
कसको कति मत?
अध्यक्ष
डा. मंगल रावल १,८९५
डा. बद्री रिजाल १,८१७
डा. नारायण प्रसाद भुसाल ४८२
वरिष्ठ उपाध्यक्ष
डा. सञ्जीव तिवारी १,६६५
डा. कीर्तिपाल सुवेदी १,४०८
डा. अजय कुमार मिश्रा ९६९
महासचिव
डा. विश्व राज दवाडी १,५३७
डा. कालु सिंह खत्री १,५३३
डा. अमृत भुसाल ९८३
कोषाध्यक्ष
डा. संयुक्त आचार्य १,७३७
डा. चाँदनी जैसवाल १,३२८
डा. बिनोद कुमार महसेठ ६७३
सह-सचिव
डा. हुलास अग्रवाल २,१७६
डा. राम जीवन प्रसाद १,०५३
डा. सन्तोष अधिकारी ६८८
सह-कोषाध्यक्ष
डा. तेन्जु सिंह मल्ल १,८८१
डा. सुभाष गुरुङ १,४४१
डा. राज कुमार दंगाल ५०१
उपाध्यक्ष (कोशी प्रदेश)
डा. रोशन खड्का १,८२२
डा. टंक प्रसाद बराकोटी १,३४४
डा. हरि शंकर कार्की ५३४
उपाध्यक्ष (मधेश प्रदेश)
डा. अमित रंजन मिश्रा १,८९७
डा. उदय नारायण सिंह १,३०२
डा. मोहम्मद अनामुल हक ५५०
उपाध्यक्ष (बागमती प्रदेश)
डा. सुवास भट्टराई १,४६८
डा. अरुण शाही १,१६२
डा. आकानन्द सिंह ८३६
डा. रुबस नाथ योगी ३९९
उपाध्यक्ष (गण्डकी प्रदेश)
डा. यज्ञराज सिग्देल १,९२८
डा. नवराज लम्दारी १,६६६
उपाध्यक्ष (लुम्बिनी प्रदेश)
डा. नन्दा कुमारी गुरुङ १,७०४
डा. सन्तोष पोखरेल १,४०७
डा. लक्ष्मण शर्मा ६६४
उपाध्यक्ष (कर्णाली प्रदेश)
डा. रबिन खड्का १,५०४
डा. सरोज गिरी १,४८१
डा. अनुप मंगल समाल ६५९
उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)
डा. प्रमोद जोशी १,९६८
डा. निरज अर्याल १,६४५
सदस्यहरू
डा. अमित झा १,८७४
डा. राकेश शाह १,७५७
डा. सुस्मित काफ्ले १,५९१
डा. हिमलाल भण्डारी १,५३५
डा. शेषराज घिमिरे १,५२७
डा. अरुण उप्रेती १,४८४
डा. पलपासा श्रेष्ठ १,४६७
डा. सुमेध मिश्रा १,३३५
डा. विना श्रेष्ठ १,२९९
डा. आरती शाह १,०८१
डा. परशु राम घिमिरे १,००९
डा. दिक्षा बोहरा १,००४
डा. विजय कुमार शाह ९९३
डा. जीवन क्षेत्री ९८४
डा. निरन्जन तामाङ ९५५
डा. जेवना अन्सारी ९१२
डा. गणेश चौधरी ८२३
डा. भवानी शिल्पकार ४२३