काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा कोषाध्यक्ष पदमा डा. संयुक्त आचार्यले जित सुनिश्चित गरेका छन्।
कुल ७ हजार १०२ मत खसेकोमा हालसम्म ६ हजार २६५ मत गणना भइसकेको छ। पछिल्लो प्राप्त मत परिणाम अनुसार डा. संयुक्तले आफ्ना निकटतम प्रतिस्पर्धी डा. चाँदनी जैसवालभन्दा ९२१ मतको स्पष्ट अग्रता लिएका छन्।
निर्वाचन समितिले अब मात्र ८३७ मत गन्न बाँकी रहेको जनाएको छ। डा. संयुक्तले निकटतम प्रतिस्पर्धीसँग कायम गरेको ९२१ मतको अग्रता बाँकी रहेको मत ८३७ भन्दा धेरै भएकाले उनले औपचारिक घोषणा हुनु अगावै जित निकालेका हुन्।
डा आचार्य टिम बद्रीबाट चुनावमा होमिएका थिए।
पछिल्लो मत परिणाम:
डा. संयुक्त आचार्य: २,७८० मत (५०.३२%)
डा. चाँदनी जैसवाल: १,८५९ मत (३३.६५%)
डा. विनोद कुमार महसेठ: ८८६ मत (१६.०४%)