काठमाडौं - नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन अन्तर्गत वरिष्ठ उपाध्यक्ष पदमा डा. सन्जिब तिवारी विजयी भएका छन्। मतगणनाको अन्तिम चरणमा आइपुग्दा उनले आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा सुरक्षित अग्रता कायम गर्दै जित सुनिश्चित गरेका हुन्।
कुल ७ हजार १०२ मत खसेकोमा हालसम्म ६ हजार ५१५ मत गणना भइसकेको छ। पछिल्लो मत परिणाम अनुसार डा. सन्जिबले २ हजार ७५२ मत (४४.३७%) प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी डा. कीर्तिपाल सुवेदीले २ हजार १२७ मत (३४.३०%) पाएका छन्।
डा. सन्जिब आफ्ना प्रतिस्पर्धी डा. सुवेदीभन्दा ६२५ मतले अगाडि छन्। अब गणना गर्न बाँकी मत ५८७ मात्र रहेकाले डा. सन्जिबले मतगणना सकिनु अगावै जित निश्चित गरेका हुन्। डा तिवारी टिम बद्रीका उम्मेदवार हुन्।
वरिष्ठ उपाध्यक्षको मत विवरण:
डा. सन्जिब तिवारी: २,७५२ मत
डा. कीर्तिपाल सुवेदी: २,१२७ मत
डा. अजय कुमार मिश्र: १,३२३ मत (२१.३३%)