काठमाडौं- नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दा सहकोषाध्यक्ष पदमा डा. तेजसु सिंह मल्लले आफ्नो जित सुनिश्चित गरेका छन्।
कुल ७ हजार १०२ मत खसेकोमा हालसम्म ६ हजार ५१५ मत गणना भइसकेको छ। पछिल्लो परिणाम अनुसार डा. तेजसुले आफ्ना निकटतम प्रतिस्पर्धी डा. सुवास गुरुङभन्दा ८७६ मतको फराकिलो अग्रता लिएका छन्।
निर्वाचन समितिले अब मात्र ५८७ मत गन्न बाँकी रहेको जनाएको छ। डा. तेजसुले कायम गरेको ८७६ मतको अग्रता बाँकी रहेको मत ५८७ भन्दा धेरै भएकाले उनले मतगणना नसकिँदै जित निकालेका हुन्।
पछिल्लो मत विवरण:
डा. तेजसु सिंह मल्ल: २,९९८ मत
डा. सुवास गुरुङ: २,१२२ मत
. राज कुमार दंगाल: ७७९ मत