काठमाडौं - नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन अन्तर्गत उपाध्यक्ष तथा प्रदेश संयोजकहरूको मतगणनामा टिम बद्री समूहका धेरै उम्मेदवारहरूले बलियो अग्रता कायम गरेका छन्। कुल ७ हजार १०२ मत खसेकोमा हालसम्म ६ हजार २६५ मत गणना भइसकेको छ।
पछिल्लो मत परिणाम अनुसार कोशी प्रदेशमा डा. रोशन खड्का, मधेशमा डा. अमित रञ्जन मिश्र र बागमतीमा डा. सुवास भट्टराईले अग्रता लिइरहेका छन्। उनीहरु तिनै जना टिम बद्रीका उम्मेदवार हुन्। त्यसैगरी गण्डकीमा डा. यज्ञराज सिग्देल, लुम्बिनीमा डा. नन्दा कुमारी गुरुङ, कर्णालीमा डा. रबिन खड्का र सुदूरपश्चिममा डा. प्रमोद जोशी अगाडि छन्। सिग्देल र खड्का टिम मंगलका उम्मेदवार हुन् भने गुरुङ र जोशी टिम बद्रीका उम्मेदवार हुन्।
उपाध्यक्ष तथा प्रदेश संयोजकहरु कसको मत कति?
१. उपाध्यक्ष (कोशी प्रदेश संयोजक)
डा. रोशन खड्का: २,६४८ मत (अग्रता)
डा. टंक प्रसाद बराकोटी: १,९९४ मत
डा. हरी शंकर कार्की: ७७६ मत
२. उपाध्यक्ष (मधेश प्रदेश संयोजक)
डा. अमित रञ्जन मिश्र: २,७४७ मत (अग्रता)
डा. उदय नारायण सिंह: १,८५६ मत
डा. मोहम्मद इनामुल हक: ८३७ मत
३. उपाध्यक्ष (बागमती प्रदेश संयोजक)
डा. सुवास भट्टराई: २,११६ मत (अग्रता)
डा. अरुण शाही: १,९३१ मत
डा. अकानन्द सिंह: १,१०१ मत
डा. रुवास नाथ योगी: ५९३ मत
४. उपाध्यक्ष (गण्डकी प्रदेश संयोजक)
डा. यज्ञ राज सिग्देल: २,७५३ मत (अग्रता)
डा. नवराज लम्दारी: २,४८४ मत
५. उपाध्यक्ष (लुम्बिनी प्रदेश संयोजक)
डा. नन्दा कुमारी गुरुङ: २,५५४ मत (अग्रता)
डा. सन्तोष पोखरेल: २,००७ मत
डा. लक्ष्मण शर्मा: ९९६ मत
६. उपाध्यक्ष (कर्णाली प्रदेश संयोजक)
डा. रबिन खड्का: २,२१५ मत (अग्रता)
डा. सरोज गिरी: २,०७४ मत
डा. अनुप मंगल समाल: १,०७८ मत
७. उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश संयोजक)
डा. प्रमोद जोशी: ३,०३७ मत (अग्रता)
डा. निरज अर्याल: २,३३३ मत