पोखरा- गण्डकी मेडिकल कलेजले बढी शुल्क लिएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका हुन्।
अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग विद्यार्थीको छ।
काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम रहेपनि विद्यार्थीले ५५ लाखभन्दा बढी शुल्क तिर्नु परेको विद्यार्थीको गुनासो छ।
सन् २०१५ देखियताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै आन्दोलन गर्दै आएका छन्।
कलेज प्रशासनले भने सरकारले तोकेको शुल्क नै लिँदै आएको जिकिर गरेको छ। हरेक वर्ष शुल्क तयार हुने भएकाले ३ वर्षअघिको शुल्क अहिले लागू नहुने र कानूनअनुसार नै शुल्क लिएको जिकिर कलेज प्रशासनको छ।
भिडियो