काठमाडौं– त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालकी मिर्गौला रोग विशेषज्ञ डा दिव्यासिंह शाह विश्व मिर्गौला संगठनको दक्षिण एसिया उपाध्यक्षमा निर्वाचित भएकी छिन्।
संगठनको विशेष कमिटीले दक्षिण एसियाका तीन जना सदस्यलाई निर्वाचनका लागि मनोनयन गरेको थियो । डा शाह पाकिस्तान र बंगलादेशका प्रतिद्वन्द्वीलाई पराजित गर्दै उपाध्यक्ष पदमा निर्वाचन भएकी हुन्।
गत मार्च १ देखि ३० गतेसम्म संगठनका सदस्यहरुले अनलाइनमार्फत मतदान गरेका थिए।
गत अप्रिल ११ देखि १५ सम्म अस्ट्रेलियाको मेलर्वनमा भएको वल्र्ड कंग्रेस अफ नेफ्रोलोजी कार्यक्रममा मतदानको परिणाम घोषणा गरिएको डा शाहले जानकारी दिइन्।