काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रशासनतर्फका स्वास्थ्य सचिव रामप्रसाद थपलियाले आज पदबहाली गरेका छन्।
कर्णाली प्रदेशका प्रमुख सचिव रहेका थपलियालाई मन्त्रीपरिषद्को वैशाख २ गतेको बैठकले स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
भने स्वास्थ्यका सचिव चन्द्रकुमार घिमिरेलाई महिला बालबालिका समाजकल्याण तथा ज्येष्ठनागरिक मन्त्रालयमा सार्ने निर्णय गरेको थियो।
पदबहालीपछि कर्मचारीलाई सम्बोधन गर्दै सचिव थपलियाले सबैलाई मिलाएर सहकार्य गर्दै अघि बढ्ने बताए।
स्वास्थ्य समुहका सचिव डा पुष्पा चौधरी, महाशाखा प्रमुख र स्वास्थ्य मन्त्रालयका कर्मचारीले उनलाई स्वागत गरेका थिए।
उनले आफुलाई जिल्लामा बसेर प्रशासनीक काम गरेको अनुभव भएपनि स्वास्थ्य क्षेत्र प्राविधिकले कम अनुभव नभएकोले सबैको सहयोग चाहिने बताए।
‘सबैसँग सहकार्यका साथ अघि बढ्न सबै महाशाखा प्रमुखलगायत सबै कर्मचारीको सहयोग आवश्यक पर्छ,’ उनले भने।