काठमाडौं – २०७२ को भूकम्पका कारण क्षतिग्रस्त वीर अस्पताल र थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका नयाँ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
जापानी सहयोग नियोग (जाइका)ले यी दुवै अस्पतालका लागि अत्याधुनिक भवन बनाइदिएको हो। भवन निर्माण सकेर अबको एक महिनाभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्य रहेको स्वास्थ्य मन्त्रालयका प्रमुख पूर्वाधार सल्लाहकार सुनिल खड्काले जानकारी दिए।

जाइकाले भवन निर्माणसँगै अस्पतालमा आवश्यक उपकरणहरु, शैया र आवश्यक अन्य सामाग्रीहरु समेत उपलब्ध गराउने छ।
भूकम्पका कारण वीर अस्पतालको नयाँ आइसियु भवन, मेडिकल रेकर्ड शाखा रहेको भवन र फोहोर मैला व्यवस्थापन केन्द्रको भवनमा क्षति पुगेको थियो।
.jpg)
त्यसैगरी, प्रसुति गृहको २ सय ६० शैया रहेको भवनमा भूकम्पले क्षति पु¥याएको थियो। अस्पतालले उक्त भवनका सेवा अन्य भवनमा सारेर मुस्किलले सेवा प्रदान गरिरहेकोमा अब नयाँ भवनबाट सेवा दिनेछ।
.jpg)
प्रसूति गृहको नयाँ भवनमा २४ शैयाको आकस्मिक कक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी रुम, नर्सको निगरानीमा हुने बर्थिङ सेन्टर, दुई ओटा शल्यक्रिया कक्ष, पोष्ट अपरेटिभ वार्ड, १२ शैयाको आमाहरुका लागि आइसियु, ४० शैयाको बच्चाको आइसियु रहने छन्।
.jpg)
.jpg)
वीरको नयाँ भवन ९२ शैयाको हुनेछ । उक्त भवनमा मुटु, मृगौला र पेट रोग विभागहरु हुनेछन्। त्यसैगरी अस्पतालको उक्त भवनमा अप्रेसन थियटर, भेन्टिलेटर सहितको आइसियु कक्ष समेत राखिनेछ।
.jpg)
दुवै अस्पतालका भवन पुरानै मौलिकता झल्कने गरी बनाइएको छ।
भिडियो :