काठमाडौं— नेपालमा गत आर्थिक वर्षमा औलोका एक हजार १ सय ८७ बिरामी फेला परेका छन्।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले विश्व औलो दिवस पारेर उक्त तथ्यांक सार्वजनिक गरेको हो।
सरकारले सन् २०२२ सम्ममा औलो शुन्यमा झार्ने लक्ष्य लिएको छ। तर, पछिल्लो दुई वर्षको तथ्यांक अनुसार भने नेपालमा औलाका बिरामी झन् बढ्दै गएको देखाएको छ। महाशाखाका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०७२/७३ मा नेपालमा ९ सय ९१ जना औलोका बिरामी भेटिएका थिए। त्यस्तै २०७३/७४ मा १ हजार १ सय २८ जना बिरामी भेटिएका थिए । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा यो संख्या बढेर १ हजार १ सय ८७ मा पुगेको हो।
गत वर्ष सूदुरपश्चिम प्रदेशको कैलालीमा सबैभन्दा धेरै २ सय ५७ जना र कर्णाली प्रदेशको मुगुमा २ सय २९ जना औलोका बिरामी देखिएका थिए । यो वर्ष सुदुरपश्चिम प्रदेशमा ५ सय ८६ मा औले भेटिएको छ भने कर्णाली प्रदेशका २ सय १० जनामा भेटिएको छ।
एक वर्षको अवधिमा कुन प्रदेशमा कति बिरामी भेटिए
