काठमाडौं— सरकारले पाठेघरको मुखको क्यान्सर (सर्भाइकल) रोकथामका लागि सर्भाइकलविरुद्ध खोप कार्यान्वयनमा ल्याउने भएको छ।
सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा हरेक प्रदेशको एक जिल्ला तोकि ७ जिल्लाबाट खोप लगाउने व्यवस्था गर्ने जनाएको छ।
हाल चितवनमा यो कार्यक्रम पाइलटिङका रुपमा चलिरहेको छ।
महिनावारी नभएका ९ देखि १३ वर्ष उमेरसम्मका किशोरीहरुलाई सर्भाइकल क्यान्सरविरुद्धको खोप लगाइन्छ।
साथै, सरकारले महिलाहरुमा बढ्दो स्तन र सर्भाइकल क्यान्सरजस्ता रोगको शीघ्र पहिचानको लागि निःशुल्क परीक्षण गरिने जनाएको छ। त्यसका लागि एक प्रदेशमा एक शिविर गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
जसले क्यान्सरको शिघ्र पहिचान हुने र छिटो उपचार भई क्यान्सर रोकथाममा सहयोग पुग्ने सरकारको अपेक्षा छ।