काठमाडौं— देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराइने भएको छ।
सरकारले आज सार्वजनिक गरेको नीति तथा कार्यक्रममा महिनावारी भएका समयमा आवश्यक पर्ने सेनेटरी प्याड निशुल्क उपलब्ध गराइने उल्लेख छ।
नेपालमा महिनाबारी भएको समयमा धेरै छात्रा विद्यालय जादैँनन्। विद्यालयमा महिनावारी हुदाँ हुने विभिन्न समस्या र लाजका कारण बिचमै पढाइ पनि छाड्ने गरेको अवस्था छ।
सरकारले यो व्यवस्था लागू गर्न सकेमा धेरै छात्रालाई विद्यालय जान प्रोत्साहन मिल्ने देखिन्छ। तर, यसको सुरुवात र निरन्तरता भने चुनौतिपूर्ण छ। पछिल्लो समय केही विद्यालयले पनि विद्यालयमा सेटेनटी प्याड उपलब्ध गराउने अभ्यास सुरु गरेका छन्।