कपिलवस्तु- तराईका थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमियाबाट जिल्लाको वाणगङ्गा नगरपालिकामा तीनजना बिरामी फेला परेका छन्।
कपिलवस्तुको वाणगङ्गा नगरपलिकामा थारु समुदायको जनसङ्ख्या बढी छ।
कुल जनसङ्ख्याको करिब ४५ प्रतिशत थारु समुदायको बसोवास रहेको नगरपालिकाको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा एक/एकजना गरी ३ जना सिकलसेल एनिमियाका बिरामी रहेको नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण घिमिरेले बताएका छन्।
सिकलसेल एनिमिया कोषमार्फत् सन्तानमा सर्ने रोग हो।
एनिमिया जीवाणु रहेका पुरुष र महिलाबीच विवाह भएमा उनीहरुले जन्माउने सन्तान यस रोगबाट सङ्क्रमित हुने चिकित्सक बताउँछन्।
वाणगङ्गा नगरपलिकाले गत आर्थिक वर्षमा सिकलसेल एनिमिया रोग नियन्त्रणका लागि ३ लाखको हाराहारीमा बजेट छुट्ट्याइएको थियो। रासस