काठमाडौं– नेपाल नर्सिङ संघमा धर्ना दिइरहेका सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सलाई प्रहरीले प्रक्राउ गरेको छ।
प्रक्राउ परेका ६ जना नर्सलाई दरबारमार्गस्थित महानगरीय प्रहरी प्रभागमा राखिएको छ।
प्रत्यारोपण केन्द्रका नर्सहरु पुराना कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने जस्ता माग राख्दै वैशाख ११ गतेबाट आन्दोलनमा छन्।
नर्सहरुको अन्दोलनमा संघले साथ दिनुपर्ने भन्दै उनीहरुले आइतबारदेखि संघको कार्यालय लाजिम्पाटमा धर्ना दिइरहेका छन्।
पक्राउ पर्नेहरुमा विक्की शेर्पा, सजना धौला, मुना श्रेष्ठ, जेनी लामा, प्रविना कार्की र रविता छितेखु छन्।
संघले व्यावसायिक रुपमा आवाज उठाउनुभन्दा राजनीतिक रुपमा भूमिका निर्वाह गरी प्रहरी दमन गर्न लगाएको नर्सहरुले आरोप लगाएका छन्।