काठमाडौं- भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको मागमा ऐक्यवद्धता जनाउँदै आमरण अनसन बसिरहेका दुई नर्सको स्वास्थ्य अवस्था बिग्रदै गएको छ।
प्रत्यारोपण केन्द्रमै अनसरत दिक्की शेर्पाको गत शनिबार अस्पतालकै आकस्मिक वार्डमा भर्ना गरिएको थियो। उनको प्रेसर अस्थिर भएकाले ग्लुकोज दिइरहेको अस्पतालमा कार्यरत नर्स मीना खरभुजाले जानकारी दिइन्।
त्यसैगरी, लाजिम्पाटस्थित नर्सिङ संघको भवनमा अनसन बसिरहेकी पोखराकी नर्स जिता बरालको स्वास्थ्यमा पनि समस्या आएकाले आइतबार विपी स्मृति अस्पतालमा भर्ना गरिएको थियो। एक्कासी वान्ता भएपछि अस्पताल लगिएको थियो। उनलाई आज (सोमबार) दिउसो १ बजे डिस्चार्ज गरिएको छ।
कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा हुने सम्मेलनमा कर्मचारीहरुलाई नै सहभागी हुने मौका दिनुपर्ने लगायतका माग राख्दै नर्सहरु आन्दोलनमा छन्।
पटक पटक आन्दोलन गर्दा पनि समस्या समाधान नर्सिङ संघ र अस्पताल प्रशासनले पहल नगरेको भन्दै गत शुक्रबारबाट संघ र अस्पतालमा एकै साथ आमरण सुरु गरेका थिए।
नभएपछि उनीहरुले प्रत्यारोपण केन्द्र र नेपाल नर्सिङ संघमा माग पुरा गर्न धर्नासमेत दिएका थिए।
अनशन बसेको ४ दिन बितिसक्दा पनि समेत वार्ताको लागि पहल सुरु भएको छैन। आफ्ना माग पुरा नभएसम्म नहट्ने नर्सहरुको अडान छ।