काठमाडौं– नेपाल नर्सिङ संघले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई परीक्षा स्थगित गर्न आग्रह गरेको छ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ९६ जना स्टार्फ नर्सलाई स्थायी पदपूर्ति गर्न वैशाख १३ गते दरखास्त आह्वान गरेको थियो।
आज विज्ञप्ति निकाल्र्दै संघले आमरण अनसनमा रहेका नर्सहरुको स्वास्थ्य स्थिति अत्यन्तै नाजुक भएकोले यस संवेदनशील परिस्थतिलाई मध्यनजर गर्दै अनसनरत नर्सहरुको जीवन रक्षाका लागि उक्त परीक्षा हाललाई स्थगित गर्न केन्द्रलाई आग्रह गरेको हो।
विज्ञप्तिमा केन्द्रको नियमवलीमा स्वास्थ्य ऐनअनुसार अबिलम्व संशोधन गरी उठान गरिएका जायज मागहरु यथाशीघ्र कार्यान्वयन गर्ना आग्रह गरिएको छ।