भैरहवा– रुपन्देहीस्थित एसियन फर्मास्युटिकल्स प्रालिमा भिषण आगलागी भएको छ। औषधि उद्योगको नयाँ भवनमा आगलागी भएको हो।
आगलागीबाट उत्पादन गरेर बजार पठाउन लागिएका औषधि जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट ४० देखि ५० करोडजतिको क्षति भएको अनुमान गरिएको छ।
कम्पनीका मार्केटिङ म्यानेजर दीपेश प्रधानका अनुसार आगलागी नियन्त्रण गर्न वारुणयन्त्र बोलाइएको छ। आगो निभाउने प्रयास भइरहेको उनले जानकारी दिए।
