काठमाडौं- मेडिकल जाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका आरोपित किशोर काठमाडौंको टोखावाट पक्राउ परेका छन्।
जबरजस्ती करणी आरोपमा पक्राउ परेका पदम श्रेष्ठलाई प्रहरीले बालाजुबाट नुवाकोटतर्फ जाँदै गरेको अवस्थामा टोखाबाट पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा रहेका १६ वर्षीय किशोर श्रेष्ठ मंगलबार वीर अस्पतालबाट फरार भएका थिए। जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका थिए।
उनीसहित २ जना किशोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेका अर्का व्यक्ति भने प्रहरी हिरासतमै छन्।