काठमाडौँ– नर्सहरूका विभिन्न माग राखि अनसन बसिरहेकी पोखराकी नर्स जिता बरालको माग सम्बोधन नभएको भन्दै उनका समर्थक बुधबार (भोली) देखि रिले अनसन बस्ने भएका छन् ।
अनसनको १३ दिन पुग्दा सम्म पनि उनका माग सुनुवाई नभएपछि उनका समर्थकहरु नेपाल नर्सिङ संघमा बिहान ९ बजे देखी ५ बजेसम्म रिले अनसन बस्ने भएका हुन । नर्सको हकहितको लागी भन्दै बराल १३ दिनदेखि आमरण अनसन बसिरहेकी छिन् ।
नर्स सीमा विश्वकर्माले नर्सहरुको हक हितको लागी अनसन बराल अनसन बसिरहेपनि नर्सको अभिभावक संस्था नेपाल नर्सिङ संघले माग सुनुवाई नगरेको आरोप लगाइन्
उनले भनिन्,‘ वार्ताबाट समस्या समाधान गर्नुपर्नेमा संघका पदाधिकारी स्वास्थ्य मन्त्रालयमा मान्छे नभएको बाहाना गर्दै भागिरहेका छन् । त्यसैले हामी बाध्य भएर रिले अनसन गर्न बाध्य भयाँै ।’
बरालले राखेका ५ बुँदे माग
नेपालमा ८५ हजार नर्सिङ जनशक्ति उत्पादन गरी अव्यवस्थित नर्सिङ सेवालाई विश्व स्वास्थ्य संगठनको नीतिअनुसार नेपाल सरकारले अविलम्ब लागू गर्नुपर्ने ।
नेपालमा नर्सहरूलाई उत्पादन गर्ने, उच्च शिक्षासमेतमा भएको हक विभेदलाई हटाई अरु जनशक्तिसरहको शैक्षिक सुविधा, अवसर, तालिम प्रादन गर्नुपर्ने ।नर्सलाई भोकोपेट काम गराई मानसिक, सामाजिक र संवेगात्मक शोषणसहित चरम आर्थिक शोषणको अन्य गरिनुपर्ने ।
नर्सको उत्पादनको योजना र उत्पादित जनशक्तिलाई उचित व्यवस्थापन गरी सम्मानजनक सेवा गर्ने सुरक्षासहितको वातावरण सिर्जना गराउने र शैक्षिक कार्यक्रम र नर्सिङ सेवाको गुणस्तरीयतामा कुनै पनि सम्झौता नगर्ने ।
प्रत्यारोपण केन्द्रकी नर्स डिक्की शेर्पाले तोडिन अनसन
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी नर्स डिक्की शेर्पाले मंगलवार अनसन तोडेकी छन् । गत आइतवार अस्पताल प्रशासन र शेर्पाबीच १० बुँदे सहमति भएको थियो ।
उनले सहमति पश्चात् जुस पिएर १० दिनको अनसन तोडेकी थिइन । तर भोली पल्ट आफुलाई जवरजस्ती अनसन तोडाएको आरोप लगाउँदै अनसन जारी रहेको बताइएकी थिइन ।
पहिलेको १० बुदेँ सहमति परिमार्जन गरि ११ बुँदे सहमति गरेपछि उनीले हिजो मंगलबार आफैले हस्ताक्षण गरि अनसन तोड्न सहमत भएकी थिइन ।
सहमति पछि अनसन तोडिएको र आन्दोलन स्थगित भएको आन्दोलनरत नर्सहरुले बताएका छन् । उनीहरुले सहमति अनुसार माग सम्बोधन पुनः आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।