काठमाडाैं- नेपाल चिकित्सक संघले कोशी अञ्चल अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा विमल अग्रवालको उपचारका क्रममा निधन भएको भन्दै दुख व्यक्त गरेको छ ।
मुट्को एन्जियोग्राफी गर्ने क्रममा मस्तिष्कघात भएपछि गम्भिर बनेका डा अग्रवालको उपचारकै क्रममा विराटनगरकै नोवल मेडिकल कलेजको शिक्षण अस्पतालमा हिजो मंगलबार राति निधन भएको हो । अग्रवाललाई उपचारका लागि गत वैशाख २४ गते अस्पताल भर्ना गरिएको थियो ।
नेपाल चिकित्सक संघका महासचिव डा लोचन कार्कीले आज प्रेस विज्ञप्ति जारी गर्दै डा अग्रवालले नेपालको स्वास्थ्य सेवामा पु¥याएको योगदान अतुलनीय भएको र सदैव स्मणरनीय रहने उल्लेख गरेका छन् ।
‘नेपाल चिकित्सक सघंका आजीवन सदस्य तथा कोशी शाखाका कोषाध्यक्ष गुमाउनु परेकोमा अपुरणीय क्षति पुगेको छ,’ महासचिव कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । संघले स्वर्गीय अग्रवालको आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।