धरान- धरास्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका इन्टर्न डाक्टरहरु आन्दोलनमा उत्रिएका छन्। तलब वृद्धिको माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
यसअघिको आन्दोलनका क्रममा प्रतिष्ठानका डिनको संयोजकत्वमा समिति बनेपछि उनीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए। तर, उक्त समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रक्रिया अगाडि नबढेपछि उनीहरु पुनः आन्दोलनमा उत्रिएका हुन्।
इन्टर्न डाक्टर संर्घष समितिले उक्त समितिको सिफारिस अनुसार सेवा सुविधाको माग धबार राख्दै ¥याली गरेका हुन्। उनीहरुले १० गतेसम्म माग पुरा गर्न अल्टिमेटम पनि दिएका छन्।
१० गतेभित्र पनि माग पुरा नभए १२ गतेदेखि सम्पूर्ण सेवा बहिष्कार गर्ने कार्यक्रम तय भएको संघर्ष समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।